के हो नाग पंचमी ?


साउन २९, २०७८, शुक्रबार | विहान ०६:२३ बजे | 10


के हो नाग पंचमी ?

सुनिल सापकोटा         
सर्प , साँप वा नाग जे भने पनि यस्को  सम्बन्ध हामी मनुष्य जाती संग बडो बिचित्रको छ । साँप हाम्रो शत्रु होइन। यस्ले बिनाकारण डस्दैन । यस्को नजिक  गइयो भने अथवा यसलाइ कुल्चियो भने मात्र यस्ले मनिस देखि डराएर आफ्नो प्रतिरक्षा   गर्न टोक्छ । साँपले डसेर मर्ने मानिसहरुको संख्या भन्दा साधारण रुघाखोकीले मृत्यु हुने मानिसहरुको संख्या  यो दुनियाँमा बढी छ । नब्बे प्रतिशत साँप बिषालु हुँदैन । भारत बर्षमा  प्राचीनकाल देखिनै हिन्दूहरु प्रकृति पूजक भएकोले हो या साँपको फाइदा बुझेर होला  बर्षमा एक पल्ट नाग पंचमीको दिन  यस्को पर्व मनाउने चलन छ ।  भनिन्छ कि यस्ले बाताबरणमा भएको विषालु हावा लाई  ग्रहण गर्छ र वातावरण सफा  पार्नमा सहयोग  पुर्याउछ।  अनि  किसानहरुको खेतको मुसाहरु बाट रक्षा  पनि गर्छ । एक अनुसन्धान अनुसार साँपले  मानिस लाई डस्दा यस्को विष चढेर मर्ने भन्दा आत्तिएर , डराएर “  हार्ट फेल “ भएर मृत्यु हुनेको संख्या धेरै रहेछ ।
कतै सुनेको थिए साँपको पनि गोत्र हुन्छ भनेर। साँपको जुन जुन गोत्रहरु हुन्छन् ती सबै गोत्रहरु हिन्दूहरुको पनि गोत्रहरु हुन अरे। त्यसैले  हिन्दू धर्म शास्त्रमा सर्प लाई न मार्नु भनिएको छ। भगवान शिवको गला देखि लिएर भगवान बिष्णुको शैया सम्म हामीले सर्प लाई स्थान दिएका छौं ।
 पहिले मलाइ साँप देखि खुब डर लाग्थ्यो  । साथिहरुले मलाई जिस्क्याउथे पनि,  कति साँप देखि त्रसित भएको भनेर । तर अचेल मलाई साँप भन्दा  बढी मान्छेहरु  सङ डर लाग्न थालेको छ । साँपले त उसलाई कुल्चियो भने मात्र डस्छ , तर मान्छेले त आफ्नो स्वार्थ सिद्धी र ईष्र्या  प्रतिशोधको लागि बारम्बार अरु लाई डसी रहेका हुन्छन् ।
अचेल हाम्रा  कतिपय आधुनिक युवा पुस्ता हामीहरुले नाग पंचमीका दिन घरमा नागहरुको पोस्टर टाँसेको देखेर  मन मनै हाँस्दा पनि हुन। तर “ इकोलोजिकल ब्यालेन्स “ को  लागि हाम्रा हिन्दू  पूर्वजले हामी लाई  साँपको मनुष्य  जिवनमा कति महत्व  रहेको छ  भन्ने एउटा सन्देश  पर्वको रुपमा दिएको  पनि होला जस्तो मलाइ लाग्छ ।

अन्त्यमा , नाग पंचमीको सबैमा  हार्दिक शुभकामना ।



Comments

ताजा खबर