मान्छे, प्रकृति र भेगन (बिरौंला सङ्ग्रह) किताबमा एक विहंगम दृष्टि


साउन २७, २०७८, बुधबार | विहान ०७:५६ बजे | 50


मान्छे, प्रकृति र भेगन (बिरौंला सङ्ग्रह) किताबमा एक विहंगम दृष्टि

डा. इन्दुल के. सी.
“प्रकृति र मानव–अस्तित्वलाई सहज ढङ्गले निरन्तरता दिन टेवा पुग्ने काममा सचेत बनौं र अरुलाई पनि सचेत बनाऔं । दीर्घायु, समृद्धि, विकास र शान्तिका लागि कृत्रिमतालाई प्राथमिकता नदिई प्रकृतिप्रेमी बनेर अगाडि बढौं । कृत्रिमतालाई मात्रै अँगालेर प्रकृतितर्फ नफर्किने हो भने हाम्रो अस्तित्व यति सुन्दर पृथ्वीबाट सदाका लागि मेटिन सक्छ ।” यस भनाइ पुस्तकका लेखक श्री साधुराम गिरीज्यूको हो । यो पुस्तक नेपाली साहित्य क्षेत्रमा लेखकको पहिलो पाइला हो । यस किताबलाई श्री दामोदर घिमिरेज्यूले सम्पादन गर्नुभएको हो ।
    काभ्रे जिल्ला निवासी श्री साधुराम गिरीज्यूले लेख्नु भएको यो मान्छे, प्रकृति र भेगन नामको (बिरौंला सङ्ग्रह) नामक पुस्तक नेपाली साहित्य क्षेत्रमा एउटा विशिष्ट प्रकारको पुस्तक हो । यो पुस्तक शब्द यात्रा प्रकाशन बनेपाको १२२ औं प्रकाशन पुष्पको रुपमा पाठक समक्ष आइपुगेको छ । साहित्यको ठूलो बगैंचामा यो एउटा सुन्दर फुलझैं फुलेको छ । जम्मा ८६ पृष्ठको यस भित्र पहिलो भागमा ४ वटा कविताहरु दोश्रो भागमा २ वटा संस्मरण सम्बन्धि निबन्धहरु र तेश्रो भागमा ६ वटा नेपाली भाषाको साथै २ वटा अङ्ग्रेजी भाषामा लेखिएका लेखरु समावेश छन् ।
    यस किताबमा श्री भरत जंगम, डा. इन्टुल के.सी. प्रशिक्षक तथा विश्लेषक ः मानव अधिकारका अभियन्ता श्री राजु सरकार, नवजीवन परोपकार समाज नेपालका अध्यक्ष श्री दुर्गानाथ दाहाल, प्रा. डा. मोहन खरेल तथा अध्यात्म गुरु श्री ब्रह्म श्री मित्रज्यू समेत ६ जना महानुभावहरुले आ–आफ्नो भाषा शैलिमा लेखकको कार्यलाई दिनुभएका शुभकामना मन्तव्यहरु समावेश गरिएका छन् । शब्द यात्रा प्रकाशनका अध्यक्ष श्री हरि मञ्जुश्रीले आफ्नो प्रकाशकीयमा लेख्नुभएको छ “मान्छे, प्रकृति र भेगन” पुस्तकका रचनाकार साधुराम गिरीका कविता, संस्मरण र लेखहरुको त्रिआयामिक सङ्ग्रह हो । त्यसैले यसलाई विरौंला सङ्ग्रह नाम दिइएको छ । यस सङ्ग्रहमा रचनाकारका विविध विचारहरु, भावहरु र दृष्टिकोणहरु मुखरित भएका छन् । विशेषत मानव जीवनले अँगाल्नुपर्ने सकारात्मक पक्षहरुको चर्चा यस सङ्ग्रहका रचनाहरुमा गरिएको छ” यस किताबको आवरण सज्जा ई. रोशन मञ्जुश्री अधिकारीज्यूले तयार गरेको यो सुन्दर हरियाली प्रकृतिको चित्र छ ।
किताबमा रहेका साहित्यिक रचनाबारे
    पुस्तकमा रहेका कविताहरुमध्ये पहिलो कविता “यसरी नै उदाउन सकुँ म” हो । बालकवि साधुराम गिरी कक्षा आठमा अध्ययन गर्दा रचिएको रहेछ । स्कुले विद्यार्थीको अवस्थामा रचिएको यो कवितामा भविष्यमा आफ्नो जीवन एउटा आदर्शवान् देशभक्त बन्न सकौं भन्ने आकांक्षायुक्त भावले पूर्ण छ । दोश्रो कविता “वाह जिन्दगी !”मा कवि लेख्नुहुन्छ – “खाली हात जन्मेको खाली हातमै बिलाउनुपर्ने सपना पो रहेछ जिन्दगी” भन्ने साश्वत उद्गार अभिव्यक्त भएको छ । आफ्नो जन्मस्थानको यादमा रचिएको “मेरो प्यारो खर्कडाँडा” मा आफ्नो गाउँको माया जीवन भर राख्ने भाव पोखिएको छ । “प्रकृतिप्रेमी भेगन” शीर्षकको कवितामा कवि भन्नुहुन्छ, “मानिसले स्वास लिन स्वास फाल्न प्रकृति नै चाहिन्छ । अनि मानिस भेगन बन्न सकेमा झनै राम्रो पुण्य यसै पाइन्छ” भन्ने सन्देश दिनुभएको छ ।
लेखकको एउटा गहन विचार
“पशुवधशालामा अत्यन्तै घृणित र नारकीय दृश्य देख्दा ती निरिह पशुको हत्या गर्ने मानव ? की दानव हो ? को कार्या र पशु भक्षक निर्दयी मानवदेखि जोकोहीलाई पनि घृणा लागेर आउँछ । एक्काइसौं शताब्दीका चेतनशील मानवको वास्तविकता यही हो ? लाज लाग्नुपर्ने हो साँच्चै विवेकशील मानव हो भने । यति सुन्दर देशलाई कहिलेसम्म यिनीहरुलाई नरक बनाउन दिइरहने हो ? एउटा गहन प्रश्न खडा भएको छ । व्यवसाय नै गर्ने हो भने निरीह प्राणीमाथि किन यस्तो क्रूर अन्याय र अत्याचार ?”
किताबको तेश्रो भाग लेख खण्डमा रहेका केही लेखहरु सम्बन्धमा – मानव धर्म र आजको आवश्यकता शीर्षकको लेखमा लेखक भन्नुहुन्छ, “.............. आ–आफ्नो धर्म र संस्कृतिको पहिचान मानव–समाज रहुन्जेल अजम्बरी बनोस् त्यो पनि सम्पूर्ण मानव हितका लागि काल्पनिक, अदृश्य र अफिमरुपी धर्मभन्दा २१ औं शताब्दीका लागि सुहाँउदो एक मात्र मानव धर्मको विकास नै आजको आवश्यकता र समय सान्दर्भिक हुन्छ । न्यम अचभबतभम गक बलम धभ अचभबतभ चभष्निष्यलक अर्थात् ईश्वरले हामीलाई बनायो र हामीले धर्मलाई बनायौं ” भन्ने एउटा मनन्योग्य भनाई किताबमा समावेश भएको छ । कृतिम नबनौं प्रकृतिप्रेमी बनौं लखेमा – “बेलैमा सचेत भई आधुनिकताभन्दा प्रकृतितर्फ फर्कन आफूलगायत सम्पूर्ण प्रकृतिप्रेमीहरुलाई प्रेरित गरौं र प्रण गरौं कि आजैबाट अनावश्यक कृतिमतालाई त्यागेर प्रकृतितर्फ फर्कौं । त्यसका लागि सुरु आफैंबाट आजैदेखि गरौं ।”
भेगन खाना
    माछा, मासु, अण्डा मात्र होइन पशुपन्छीको कुनैपनि उत्पादनको अंश भेगनमा हुँदैन । यो भनेको विशुद्ध शाकाहारी भोजन, विरुवामा वा वनस्पतिमा आधारित खाना हो ।
    मानिसले स्वस्थ जीवनयापन गर्नका लागि शाकाहारी भेगन हुनपर्दछ र यो असल जीवनशैलीको आधार पनि हो । भनिन्छ शाकाहारीभन्दा पनि विशुद्ध खानेकुरा भनेको भेगन हो । भेगन डाइट लिनुका विभिन्न फाइदा छन् । यस्तो भोजनले मन र शरीरलाई शान्त र स्फूर्त तुल्याउँछ । भेगन डाइटको सेवनले शरीरको तौल सन्तुलित राख्नुका साथै शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्व पनि प्राप्त गर्न सकिन्छ । भेगन डाइट वा भेगन भोजन मात्र गर्ने हो भने मुटुरोग, उच्च रक्तचाप, कब्जियत तथा क्यान्सरजस्ता रोगको जोखिम पनि कम हुने गर्दछ । भेगन डाइटले पाचन क्रिया पनि दुरुस्त रहेने भएकाले पनि भेगन डाइट हामी सबैका लागि एक राम्रो विकल्प हुन सक्छ ।
    लेखकले भोजनलाई तामसिक भोजन, राजसिक भोजन र सात्विक भोजन गरी ३ भागमा विभक्त गर्नुभएको छ । जसमध्ये यहाँ सात्विक भोजनको बारे लेखक भन्नुहुन्छ, “सात्विकको अर्थ निर्मल वा शुद्ध तत्व हो ।  सबैभन्दा शुद्ध आहार चेतनायुक्त आध्यात्मिक र स्वस्थ जीवनका लागि शरीरलाई पोषित गर्छ र शान्तिपूर्ण स्थितिमा राख्छ । आयुर्वेदका अनुसार शारीरिक बल, राम्रो मन, राम्रो स्वास्थ्य र दीर्घायुका लागि यो भोजन सर्वोत्कृष्ट हो । यसले मनलाई शान्त र शुद्ध पार्छ, जसले गर्दा मनले आफ्नो अधिकतम सामथ्र्य देखाउन सक्छ । यसले साँचो स्वास्थ्य, शान्त मन जसले समुचित शरीरलाई नियन्त्रण गर्न सक्छ, सन्तुलित शक्तिको बहने (मन र शरीरबीच) सुनिश्चित गर्दछ । यो भोजन शान्त, शुद्ध, स्थिर र चिन्तनशील जीवन व्यतीत गर्न चाहनेहरुका लागि श्रेष्ठ हो । यो भोजनमा धेरै योगी, ऋषि, साधुसन्यासी, आध्यात्मिक गुरुहरुको आहार पर्छ । फलफूल र तरकारी खानाले चुम्बकीय शक्ति विकास गर्न मद्दत पु¥याउने विश्वास राखिन्छ ।” म स्वयम् योग तथा प्राकृतिक चिकित्सा (वैकल्पिक उपचार) र योगसँग सम्बन्धित डाक्टरको नाताले लेखकको उल्लेखित भनाईप्रति पूर्ण सहमत छु ।
    यस किताबको मूल सन्देशको रुपमा जस्तो खाना त्यस्तै विचार हुने भएकोले पूर्ण साकाहारी अर्थात भेगन हुनु भई लेखक स्वयम् कसरी किन साकाहारी र पछि भेगन ९ख्भनबल० बन्न पुग्यो भन्ने चर्चा गरिएको छ ।
    यो किताब पढ्न योग्य एवम् संग्रहनिय भएकोले चाहने व्यक्तिहरुले लेखक वा शब्दयात्रा प्रकाशनमा सम्पर्क राख्नुहोला ।
                    
साधुराम गिरी, लेखक            शब्दयात्रा प्रकाशन
धुलिखेल–४, काभ्रे            अक्षरधाम, बनेपा–६, काभ्रे
९८५१०८१८३८            ०११–४१५२१४


Comments

ताजा खबर