- Post Date 2021-08-10 14:31:38

डा. इन्दुल के. सी
श्री योगाचार्य उद्धवप्रसाद भट्टराईज्यूले आफु लेखक एवं संकलक भइ प्रकाशन गर्नुभएको किताब पढ्ने सु अवसर मैले पाएँ । हृदयस्पर्शी, महानतम् अनुभूति, विशिष्टतम् साधना, आत्मज्ञानपरक, ज्ञानबद्र्धक आध्यात्मिक विचार प्रेरक, भक्तिरस पूर्ण एवं रहस्यमय ज्ञान– विज्ञानले ओतप्रोत भएको जीवन उपयोगी नेपाली भाषामा लेखिएको यो पुस्तक पढ्ने र यसमा रहेका अमूल्य ज्ञान र सीप आफ्ना जीवनमा अवलम्बन गर्नुहुने सबैको जीवन धन्य हुनेछ भन्ने मलाई लाग्छ ।
लेखक श्री उद्धव प्रसाद भट्टराईज्यूका आर्थिक, सामाजिक, आध्यात्मिक, शैक्षिक, राजनैतिक, प्रसिद्ध माहात्माहरूको जीवनी तथा सन्देश र चारित्रिक चेतना सम्बन्धी लेख रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भै रहेको हँुदा धेरै पाठकहरूमा वहाँ परिचित व्यक्ति हुनुहुन्छ ।
भारतको जम्बु काश्मिरमा जन्मनु भएका स्वामी १००८ सच्चिदानन्द विशुद्धदेव (पूर्णचन्द्र शर्मा) दिल्ली विश्वविद्यालयबाट भौतिक शास्त्र, राजनीतिक शास्त्र र दर्शन शास्त्रसमेतमा तीन विषयहरूमा स्नातकोत्तर गर्नु भएका साथै वेद, वेदान्त शास्त्र, पुराण, योग, मनोविज्ञान र आयुर्वेद शास्त्रको प्रचूर ज्ञान वहाँले हासिल गर्नुभएको थियो । वहाँले मानसरोवर कैलाश पर्वत नजिकै रहेको गन्धमादन पर्वतमा बीस वर्षसम्म कठोर तपस्या गर्नुभएको थियो । वहाँ चारित्रिक चेतना र आध्यात्मिक ज्ञान प्रसारको शिलशिलामा विश्वका सयौं मुलुकहरूको यात्रा गरिसकेपछि सन् १९८३ मा नेपाल आउनुभयो । नेपालमा वहाँको बसाइ विगत १८ वर्षमा दाङ जिल्लाको वेलझुण्डी, काठमाडौं स्वयम्भूको गीता मन्दिर, लाल दरबार तथा काभ्रे जिल्लाको जनागालस्थित हंसदा आश्रममा रहनु भएको थियो । वहाँले नेपालमा चरित्र निर्माण संघको स्थापना, चरित्र विज्ञान किताब लेखी प्रकाशित गर्नुभयो । नेपालमा हजाराँै शिष्यहरूलाई चरित्र योग–ध्यान– ध्यान आदिको शिक्षा दिनुका साथै सयौँ जनालाई दीक्षा प्रदान गर्नुभयो । स्वामी विशुद्धदेवका शिष्यहरूमा तत्कालीन दरबारका उच्च पदमा रहेका शाही परिवार, राणा परिवारका व्यक्तिहरू, निजामति, सैनिक, बहालवाला तथा भूतपूर्व कर्मचारीहरू, प्रोफेसर, लेखक बुद्धिजिवी तथा सयौँ महिला र सज्जनहरूले वहाँसँग प्रत्यक्ष साक्षात्कार गरी दिव्य चारित्रिक ज्ञान हासिल गरेका थिए । यसै क्रममा उक्त किताबका लेखक श्री उद्धवप्रसाद भट्टराई र यो लेखका लेखक स्वयम्ले पनि वहाँबाट शिक्षा प्राप्त गर्नुको साथै दिक्षित हुने सौभाग्य पाएका थियौँ ।
यहाँ चर्चा गर्न लागेको उक्त पुस्तकमा २६८ पृष्ठ छन् र यसको आकर्षक आवरण कला श्री माधवप्रसाद भट्टराईज्यूले तयार गरिएको स्वामी विशुद्धदेवज्यूको रंगीन चित्रले सजिएको छ । यो पुस्तक ५ भागमा विभक्त छन् । प्रथम भागमा सनातन चारित्रिक पुरुष श्री १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूसँग साक्षात्कार भएका स्वर्णिम ज्ञान र अनुभूतिहरू अन्तर्गत विभिन्न ७ वटा लेखहरू छन् । दोस्रो भागमा वैदिक ऋषिहरूको विचरण स्थल–हिमालय क्षेत्रको सामान्य परिचय अन्तर्गत ५ वटा लेखहरू छन् । तेस्रो भागमा स्वर्णिम साधना एमव् चिन्तन अन्तर्गत २४ वटा लेखहरू छन् । चौथौं भागमा श्रीमद् भागवत् महापुराणसँग सम्बन्धित केहि दिव्य ज्ञानमय कथा अन्तर्गत ५ वटा लेखहरू छन् । पाँचौ भागमा केहि दिव्य महापुरुषहरूको संक्षिप्त जीवन कथा अन्तर्गत ५ वटा लेखहरू छन् । यसरी यस किताबमा जम्मा ४३ वटा साहै्र गहकिला लेखहरू रहेका छन् । यो किताब तयार गर्न लेखकले सन्दर्भ सामग्रीको रूपमा ३८ वटा विभिन्न पाठ्य सामग्रीहरूको फेहरिस्त पनि उल्लेख गर्नुभएको छ ।
यो किताबका बारे विशिष्ट ३ जना माहानुभावहरूको उद्गार
ज्ञ। तत्कालीन राज परिषद् स्थायी समितिका सदस्य डा. स्वामी प्रपन्नाचार्यज्यूले आफ्ना शुभकामना मन्तव्यमा लेख्नुभएको छ — “.......मेरा अनन्य मित्र स्वामी विशुद्धदेवजीलाई अंगालेर उद्धवप्रसाद भट्टराईजीले स्वामीजीको बारेमा एउटा परिच्छेद नै पूरा लेखेर स्वामीजीको धेरै ऐतिहासिक कुरा प्रष्ट पार्नुभएको छ । यो अत्यावश्यक काम थियो । जो उद्धवजीले पूरा गर्नुभएको छ ।”
द्द। शङ्कराचार्य मठ, देवपतन पशुपतिका डा. स्वामी रामानन्द गिरीजीको शुभ सम्मतिमा लेख्नुभएको छ — “...... यस ग्रन्थमा योगाचार्यज्यूले गागरमा सागर भरेझँै जीवनका लागि अत्यन्त उपयोगी अमूल्य रत्नहरूको सङ्ग्रह गर्नुभएको छ । यो ग्रन्थमा के छैन ? सद्गुरुको लक्षण यस ग्रन्थमा छ भने सत्शिष्यको लक्षण पनि त यसमा छ ।”
घ। राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूले आफ्नो मन्तव्यमा लेख्नुभएको छ —“.......महर्षि विशुद्धदेव एवम् दिव्य साधना–सूत्र” नामक पुस्तकका प्रणेता – योगाचार्य उद्धवप्रसाद भट्टराईज्यूले महर्षिको जीवन चरित्रलाई उनले सरल शैलीमा लेखेका छन् र स्थिति गत्यात्मक दर्शनलाई पनि रोचक शैलिमा लेखेका छन् ।
अन्त्यमा
मस्तिष्कमा समझ्दारी ! काँधमा जिम्मेवारी !! हृदयमा इमान्दारी भन्ने स्वामी विशुद्धदेवज्यूको महानवाणीलाई आत्मसाथ गरी लेखकले लेखेका यस किताबमा रहेका सबै लेखहरू रोचक छन् र ज्ञानवद्र्धक छन् । मानव जीवनमा चरित्रको ठूलो महàव रहन्छ । सबै मानिसहरू चरित्रवान हुन सके यो धर्ती नै स्वर्ग हुनेछ । चरित्रवान हुनुका साथै मानिसहरूलाई सही शिक्षा दीक्षा प्राप्त हुन जरुरी छ । यसरी नै मानिसहरू निरोगी हुनु पनि अत्यावश्यक छ । यसका लागि अति महàवपूर्ण कुराहरू — योग संस्कृति, आध्यात्मिक साधना, योग साधना, अष्टाङ्ग योग (यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान, निर्माण वा समाधिका बारे पनि यस किताबमा विषदरूपमा चर्चा गरिएको पाइन्छ । अर्काे यस किताबको विशेषताको रूपमा श्रीमद् भागवत् महापुराण महात्म्य, ऋषि गुरु दत्तात्रय, भगवान् श्री कृष्ण, सन्त तुलसी दास, माहात्मा गौत्तम बुद्ध र शिवपुरी बाबाको बारे पनि समुचित चर्चा गरिएको छ । यस किताबको बारे अझ बढी बुझ्न चाहनु हुने महानुभावहरूले लेखक श्री योगाचार्य, लेखक उद्धव भट्टराईज्यूलाई (फोन नं. ९८४१३४५०६९) मा र यस लेखका लेखक डा. इन्दुल के.सी. भक्तपुर — (९८४१३३४११३) लाई सम्पर्क राख्न सक्नुहुनेछ ।
धन्यवाद !
...
All Comments.......
Please Login/Register To Comments