कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई सूचना
साउन २५, २०७८, सोमबार | विहान ११:४३ बजे | 35
सर्वसाधारण जनताका छोराछोरीहरूलाई सुलभ रूपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने, शैक्षिक गुणस्तरमा एकरूपता कायम गर्ने, प्रवेश परीक्षा एवं आन्तरिक परीक्षाका सम्पूर्ण कार्यहरू सम्पन्न गर्ने उद्देश्यले कक्षा ११–१२ स्तरीय संयुक्त परीक्षा समिति, भक्तपुरको स्थापना वि.सं. २०६१ सालमा भएको थियो । हाल यस परीक्षा समितिमा वागीश्वरी मावि,
बासु मावि, आदर्श आजाद मावि, देवी मावि, दोलागिरी मावि र जोरपाटी मावि संलग्न छन् । यस परीक्षा समितिकोे वार्षिक शैक्षिक कार्य तालिका सम्पूर्ण सदस्य विद्यालयहरूमा लागू हुनेछ ।
२. फाराम बुझाउने अन्तिम मिति : २०७८ साउन २९ गते, शुक्रबार, सॉझ ५ बजेसम्म
३. फाराममा संलग्न हुनुपर्ने : हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति, एस.ई.ई.को ग्रेडशिट (हाललाई इन्टरनेटबाट डाउनलोड गरेको), चारित्रिक प्रमाणपत्रको फोटोकपी १÷१ प्रति
४. प्रवेश परीक्षा केन्द्र : आवेदन फाराम बुझाएको विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिनेछ ।
५. प्रवेश परीक्षा मिति तथा समय : २०७८ साउन ३० गते, शनिबार (विहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म)
(आवश्यकताअनुसार थप प्रवेश परीक्षा लिन सकिनेछ ।)
६.परीक्षा दिनुपर्ने विषयहरू
अ) विज्ञान समूह : अङ्ग्रेजी, गणित, विज्ञान
आ) व्यवस्थापन समूह : अङ्ग्रेजी, गणित, लेखा
इ) मानविकी समूह : अङ्ग्रेजी, नेपाली, जेनरिक (सामाजिक÷स्वा.ज.वा)
ई) शिक्षाशास्त्र समूह : अङ्ग्रेजी, नेपाली, जेनरिक (सामाजिक÷स्वा.ज.वा)
७. प्रवेश परीक्षाको नतिजा प्रकाशन : २०७८ साउन ३२ गते, सोमबार बिहान १०ः०० बजे
८. अन्तर्वार्ता : लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूको अन्तर्वार्ता २०७८ भाद्र १ गते, मङ्गलबार बिहान ७ बजेदेखि सम्बन्धित माविहरूमा सञ्चालन हुनेछ ।
९. भर्ना हुने अन्तिम मिति : प्रथम सूचीमा नामावली प्रकाशित परीक्षार्थीहरूकोे लागि २०७८ भाद्र ९ गते, बुधबारसम्म ।
१०. कक्षा सञ्चालन : २०७८ भाद्र १३ गते, आइतबार
११. अनलाईन माध्यमबाट पनि भर्ना प्रक्रिया सञ्चालन गर्न सकिनेछ ।
१२. शुल्क विवरणः
अ) आवेदन फाराम रु.२५।– तथा प्रवेश परीक्षा शुल्क रु.१००।–
- कम्प्युटर शुल्क, होटल म्यानेज्मेन्ट शुल्क, ट्राभल एण्ड टुरिज्म शुल्क,सम्बन्धित विद्यालयले निर्धारण गरेबमोजिम हुनेछ ।
- गरीब तथा जेहनदार विद्यार्थीहरुलाई उचित छात्रवृत्ति दिइनेछ ।
- विद्यालयमा बुझाएको धरौटी रकमबाहेक अन्य रकम फिर्ता दिइने छैन ।
१४. विद्यार्थीहरूले पालन गर्नुपर्ने आधारभूत नियमहरू :
क) कक्षामा नियमित उपस्थित हुनुपर्नेछ ।
ख) विद्यालयबाट लिइने सबै परीक्षाहरूमा अनिवार्य उपस्थित भई परीक्षा दिनुपर्नेछ ।
ग) राष्ट्रिय परीक्षा बोर्डबाट लिइने बोर्ड परीक्षामा सामेल हुन विद्यालयबाट लिइने आन्तरिक परीक्षा उत्तीर्ण भई विद्यालयद्वारा निर्धारित आचारसंहिता पालना गर्नुपर्नेछ ।
घ) विद्यालयबाट स्वीकृत यूनिफर्ममा विद्यालय आउनुपर्नेछ ।
नोटः
- विद्यालयमा बुझाएको रकम फिर्ता हुनेछैन ।
- उच्च जिपिए उत्कृष्ट एवं जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
माध्यमिक (कक्षा ११–१२) स्तरीय, संयुक्त परीक्षा समिति, भक्तपुर
[[img4]]