रोपाई खोकनाको
असार २१, २०७७, आइतबार | विहान ०६:०० बजे | 25
कुमार लघु
रोपाई खोकानाको क्या मजा लस्कर
असारको रोपाईमा तलिन किसान युवायुवतीहरू
गर्नु पर्छ रोपाई मृत्यलाई छोडेर आफ्नो खल्लामा
अग्रजको जनमानसमा कथन थियो यो कुरामा
खोकना किसानको अन्न उत्पादन गर्ने थलो
सरकारले के गर्छ ? किसानको हित रोपाई रोकेर
किसान रोपाई गर्न तलिन,शसस्त्र प्रहरी रोकेर
यो गलत कार्य तुरून्त वन्दगर रोपाई रोप्न देऊ
धान रोप्नु किसानको कर्तव्य जहान वच्चा पाल्न
देसको उत्पादनमा आशिक परिवर्तन ल्याउन
संसारमा धान रोप्न सहयोग गर्छन नेपालमा रोकेर ?
नेपालमा सरकार किसानलाई तिएर ग्याँस छोडछन्
सरकार किसानलाई लाठ्ठीले ढाडमा थोक्छन्
थोकन वन्दगर स्वतन्त्र रूपमा खेती गर्न देऊ
कति फरक चीनको र नेपालको कम्युनिष्ट सरकार
वाटो आवश्यक छ उत्पादन गर्न नहुने ठाउँमा
जहाँ अन्न उत्पादन हुन्छ त्यता वाटो वनाउनु होईन
उत्पादन क्षेत्रमा रोपवे,केवलकार चलाउनु पर्छ यो सोच खोई ?
छातीमा रगत नभएका सरकार आसेपासेले के देखेको
खोकनामा वाजागाजा सहित नाचेर रमाएका वुद्विजीवीको सयौ मत धान रोप्नु राम्रो विचार
किसानलाई खेती गराउन दिन पर्नेमा राम्रो मत
नेपालका कयौं वुद्दिजीवीहरू किसानलाई खेती गराउने पक्षमा उभिएको
सरकार देसमा किसान विरोधी खेमामा किन
देस कृषिप्रधान रे आखिर किसान विरोधी सरकार
जातले पेलेको स्पष्ट अब किसान एक हौंऔं
खोकनाका मात्र होईन देसको किसान एक होऔँ
यो तालले कृषि प्रधान देस रहला?किसान विरोधी
खवरदार किसानलाई कृषि थलो आफ्नै देऊ
किसान विरोधी कु कार्य नगर होसियार
किसानलाई दमन गर्न वन्दगर
यो किसानको आवाज
खोकनालाई अन्नउत्पादन कृषिथलो धोषणागर
शसस्त्र प्रहरी(अत्याचार तुरून्त वन्दगर ,
यता कृषि भनाउँदा कृषि मन्त्रिको ध्यान खोई?
उत्पादक किसानलाई देसभर मलको वन्दोवस्त गर
किसानको छातीमा कुल्चेर वुट्ट वजार्न नखोज
छातीमा रगत छ कि छैन सोच आफूले के गर्दैछौं
किसान वन्दुकको टिएर ग्याँसले हत्नेवाला छैन
अधिकार प्रयोग गरि धान रोपाई गर्नेछन्
यो किसानको थाल लुट्ने सरकार मुर्दावाद
गाँस,वाँस र खेती लुट्ने सरकार खोकना ठाउँ छोड्
धानको विऊ खोस्ने सरकार किसान मारा सरकार
खेत खन्ने किसानको ट्याकटर खोस्नेले सोच
थुईक लाज पचाई किन हस्तक्षेप गर्छाै ?
देस र किसानको हित गर्छु भनी गएको सरकार
तिम्रो दानविय नीति जनताले नापी सके सचि जाऊ
देसको सिमामा रक्षा गर्न शसस्त्र प्रहरी खटाऊ
तिम्रो काम काम कुरो एकातिर कुम्लो वोकि खोकनातिर भयो
सोच त दिमाग ठिक ठाउँमा छ र हेर !
जनताको सहयोग रक्षार्थ खट्नु पर्नेले जनता कुत्ने ?
अन्याय भयो किसानलाई खेती गर्ने अधिकार देऊ
शसस्त्रले किसान सरकारको हो भने रोपाईमा साथ देऊ
नत्र के को कम्युनिषट सराकारको शसस्त्र प्रहरी ?
किसानको अन्न उत्पादन गर्न नदिएको सराप लग्नेछ
वेलैमा सोच किसानलाई दमन होईन सहयोग गर
देस र किसानको हित र सोचेर वुझेर निर्णय लेऊ