सुनिल सापकोटा


यो कोरोनाकालमा विगत केहि महिना देखि बिशेष गरि मेरा दुई जाना ज्ञानी मित्रहरु सङ भौतिकवाद र अध्यात्मवाद अन्तर्गतका बिबिध विषयहरुमा मेसेन्जर बाट मेरो निकै कुराकानी हुने गर्छ । यसै क्रममा अहिले हाम्रो सामु बिश्वभरी समस्याको रुपमा  देखापरेको कोरोनाको भयावह स्थिती के हो ? यो इश्वरीय घटना हो कि परिस्थितिको उपज ?  यी कुराहरु पनि वहाँहरु सङ हुने गर्छ । अरु  विभिन्न विषयहरुमा पनि मेरो  कुराहरु हुने गर्छ ।

यहि कुरा लाई बिचार गरेर हेर्दा बिगतका कैयौं दशकहरुमा दार्शनिकहरु पनि  दुई खेमा मा बिभाजित भएको देख्छु ।
एउटा खेमा “ बिश्व  चेतनाको उपज हो  “ भनेर  मान्ने –  प्रत्ययवादी (आइडियलिज्म)  र अर्को “ चेतना लाई भौतिक बिश्वको या  प्रकृतिको उपज मान्ने “ –  भौतिकवादी । जबसम्म समाजमा बैज्ञानिक दृस्टिकोणको बिकाश भएको थिएन, तबसम्म  भौतिकवादीको महत्व थिएन । उनिहरुको कुरा कसैले पनि सुन्दैनन थिए , मान्दैनन्  पनि थिए। तर आज भौतिकवादीहरुको  पनि कुरा सुन्नु पर्छ , उनिहरुको पनि आज ठूलो महत्व छ , भन्ने मलाइ लाग्छ।

अचेल म कतिपय ठाउंँमा हिन्दू धर्म,संस्कृति वा परम्पराको रक्षाको नाउँमा बैज्ञानिकहरुले यो ठिक छैन भनी कतिपय कुराहरु  प्रमाणित भइ  बे– ठिक हो भन्दा पनि यो त अंग्रेजÞहरुको चाल हो । हाम्रो पूर्वीय वैदिक धर्म दर्शन र संस्कृति लाई  समाप्त गर्ने बिचारधारा हो भनी, शिर न पुच्छरको बे – तुकको तर्कहरु छेडि बहस गरेको देख्छु।अनि मलाइ उदेक लाग्छ ।
मलाइ लाग्छ , दर्शनले तपाइँ  सङ प्रश्न गर्न पाउनु पर्छ । त्यस्मा प्रश्न गर्न पाउनु पर्छ कि तपाइँ  परिस्थितिहरु लाई समाजको उपज मान्नु हुन्छ कि भाग्यको उपज ? तपाइँ आफ्नो र समाजको समस्याहरुको समाधान यहि जगतमा खोज्नु हुन्छ कि,  पारलौकिक जगतमा ? दर्शन समय सापेक्ष हुनु पर्छ भन्ने मलाइ लाग्छ । समस्याहरुको समाधान यहि जगतमा  खोज्नु पर्छ ।

अन्त्यमा ,  दर्शनको  केन्द्र बिन्दु यहि  होला भन्ने मलाई लाग्छ ।  यहि प्रश्नहरुमा मेरो बिचारहरु अचेल केन्द्रीत भएको छ । मलाइ  अचेल मस्तिष्कको सत्ता नै ठूलो हो भन्ने लाग्न थालेको छ ।
...

All Comments.......


Please Login/Register To Comments