एभरेष्ट स्कुलका पाँंच जना विद्यार्थीले ल्याए चार जीपीए


साउन २३, २०७८, शनिबार | दिउँसो ०३:३९ बजे | 15


एभरेष्ट स्कुलका पाँंच जना विद्यार्थीले ल्याए चार जीपीए

भक्तपुर । भक्तपुरको एउटा स्कुलका पाँंच जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । जिल्लास्थि एभरेष्ट इगलिश स्कुलका पाँंच जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका हुन् ।
स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले कुल एक सय २२ जना विद्यार्थी एसईईमा सामेल भएकोमा पाँंच जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको जनाए । गतवर्ष पनि स्कुलका ६ जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको स्मरण उनले गरे ।
स्कुलले हालसम्म दुई पटक यसअघि बोर्ड टच (बोर्डको व्यवस्था हुँंदा) गर्न सफल भएको थियो । २०५७ सालमा स्कुलकी रमिला शिल्पकार छात्रातर्फ बोर्ड फष्ट भएकी थिइन् भने २०५९ सालमा स्कुलकै जितेन्द्रधर प्रधानांग वोर्ड सेकेण्ड हुन सफल भएका थिए । स्कुलले २०५२ सालदेखि एसएलसी (हाल एसईई) परीक्षामा सामेल हुन थालेको हो ।  


Comments