डिप्रेसनः कारण र निवारण
साउन २३, २०७८, शनिबार | विहान ०५:४९ बजे | 15
सुनील सापकोटा
डिप्रेसन बारे केही मैले बुझेको कुराहरुको छोटो् चर्चा गर्दैछु । हुनत म यस्को विशेषज्ञ होइन। जे जति बुझेको छु , सोही लेख्दै छु। अन्यथा न लिइ दिन हुन समेत अनुरोध गर्दछु । थाहा न हुने लाई जानकारी होस भन्ने मेरो कुरा हो।
कारणहरु ः
डिप्रेसन जुन उमेरमा पनि हुन सक्छ। केटाकेटीहरुमा डिप्रेसन हुने मुख्य दुई कारण हुन्छन् । “ चाइल्ड सेक्स अब्यूज “ र पढाईमा परफारमेन्स को अत्यधिक मानसिक दवाव तथा केटाकेटीमा घटेको कुनै “ स्ट्रेसफुल “ घटना । आमा बाबू द्वारा केटाकेटीको लगातार उपेक्षा गर्नु । पिटाइ खानु । केटाकेटीले आमा बाबू बाट माया न पाउनु । आमा बाबू बिचको झैँ झगडा, मारपिट र तनावको स्थिति । केटाकेटी अबस्थामामा नै अभिभावकको मृत्युु हुनु। स्कूलमा शिक्षक अथवा आफू भन्दा सिनियर क्लासको केटाहरु बाट मानसिक असर पर्ने दुव्र्यवहारहरु आदि । यी कुराहरुले सम्झनाले वा “फ्लैश ब्याक“ ले ठूलो हुँदा सम्म पनि तपाईं हामी लाई डिप्रेसनमा लान सक्छ । यस्ता घटनाहरुले मानसिक बिकाशमा असर गर्न सक्छ । किशोर अवस्थामा चाहिँ एक्लोपना “आइडेंन्टि क्राइसिस“ हेट्रो सेक्सुअल जेंडर रोल्स “ फिट नहुनु वा त्यस घटनाले पारेको मानसिक तनाव , पढाईको तनाव , प्रेममा ब्रेक् अप , शारीरिक असक्षमता । म कमजोर छु , कुरुप र न राम्रो देखिन्छु भन्ने हिन भावना लिनेहरु पनि डिप्रेसनमा जान सक्छन् । फैमली हिस्ट्रि ।
युवा अवस्थामा चाहिँ बेरोजगारी, व्यापक प्रतिस्पर्धा , अरुको धेरै कर्जा तिर्न न सक्नु , प्रेमको असफलता ,कुनै अपराध बोध बाट भय ग्रस्तको स्थिती , नोकरी छुटने वा छुटेको पिर । पैसाको अभाव । बेइज्जतीहरु सहन गर्न न सक्नु। रोगहरु लाग्दा भय ग्रस्त रहनु। सेक्सुअल हेरेसमेन्ट । प्रियजनको मृत्युुको मानसिक आधात । जातिगत शोषण , मजाक र तानावानाको मानसिक तनाव । वैवाहिक सम्बन्धमा दरार। छोराछोरीको असामयिक निधन । अत्यधिक रक्सी , चुरोट , अन्य नशाहरुको सेवन । अनिन्द्रा । ब्यापारमा घाटा आदि इत्यादी।
महिलाहरुमा चाहिँ पुरुषहरुको तुलनामा उनिहरुको जस्तै र अलि अलग किसिमको पनि हुन्छ । हाम्रो नेपाली समाजमा महिला भएर बाँच्नुमा पग पगमा कुनै पनि बेला डिप्रेसन हुन सक्छ । महिलामा यो माथिको मैले उल्लेख गरेका कारणहरु बाहेक अरु थप कारणहरुमा एक्सिडेन्ट् , बलात्कार , सेक्सुअल अब्यूज , मोटापा , लोग्ने सङ कुरा न मिल्नु । रातदिन लोग्ने सङ मारपिट र झगडा, डिभोर्स। छोराछोरीको मृत्युु । समयमा नै यौन सम्बन्ध र बिवाह नहुनु। सासू, ससुरा ,नन्द आमाजू आदीले हेप्नु र शासन गर्नु । ।छोराछोरी समयमा पाउन न सक्नु , वा बाँझो रहनु । समाजमा अरु भन्दा म राम्री छैन भन्ने हिन भावना हुनु। छोराको तुलनामा घरमा बाबुआमा र दाजू भाइको कठोर अनुशासनमा छोरी मात्र बस्नु । महावारीको गडबड , शारीरिक कमजोरी । आफ्नो मनको कुरा शेयर गर्न न पाउनु आदि। हिजोआज त महिलाहरु आफ्नै घरमा र गाउँमा पनि सुरक्षित देखिदैन । आफ्नै परिवारका भित्रका ब्यक्तिहरु र नजिकका नातेदारहरु समेत बाट केही महिलाहरु बलात्कार भइ , यौन दुव्र्यवहारको चपेटामा परि रहेको कुरा दिनहुँ मिडियाहरु बाट आइ रहेछ ।
निवारण ः
डिप्रेसनमा शारीरिक बलियोपना या कमजोरीपनामा यस्को कुनै सम्बन्ध छैन । यो एउटा दिमागको बिरामी हो। ब्रेनमा रसायनिक असन्तुलनले गर्दा यो बिरामी हुन्छ । तनावमा हुने रोग हो। येस्को इलाज छ । डराउनु पर्दैन। लाज पनि मान्नु पर्दैन । सबै लाई मानसिक तनाव हुँदा हुने रोग हो। यो रोग लाई समाजमा बेइज्जती हुन्छ भनेर लुकाएर राख्ने हो भने यस्ले विभिन्न दुर्घटनाहरु निम्त्याउँन सक्छ । यो डिप्रेसन पनि धेरै किसिमको हुन्छ । यस्को लक्षणहरु देखिन बित्तिकै मानसिक डाक्तर कहाँ गएर इलाज गराउनु राम्रो हो। झार फुक , धामी , झाक्री ,तान्त्रिक र आयुर्वेदिक दवाइहरुको चक्करमा फस्नु हुँदैन। समय खेर फाल्नु हुँदैन । किनभने समयमा नै साइक्याट्रिक वा मानसिक डाक्तर बाट रोगीको इलाज हुन सकेन भने रोगीले आत्महत्या गर्ने खतरा हुन्छ । धन्यवाद