स्वामी विवेकानंद ः केही प्रसङ्गहरु
साउन २२, २०७८, शुक्रबार | विहान ०३:३२ बजे | 30
सनिल सापकोटा
स्वामी विवेकानंदको बारेमा प्रायः सबैलाई थाहा नै छ होला। त्यसैले उनको बारेमा म धेरै लेख्दिन । उनले २३ बर्षको उमेरमा सन्यास लिएका थिए र ३९ बर्ष उमेरको जवानीमा नै यो दुनियाँ बाट बिदा लिए । मलाई लाग्छ यस्तो अल्प आयुमा चर्चित र बिश्व बिख्यात हुने धेरै कम महापुरुषहरु यो दुनियाँ छन।
तेईस बर्षकै उमेरको जवान अवस्थामा उनले राम कृष्ण परमहंस सङ सन्यास लिंदा मानिसहरु उनलाइ “ स्वामीजी अभावका सन्यासी हुन कि स्वभावका “ भनी प्रश्न गरि कानेखुशी गर्दै उनलाइ उडाउथे अरे। हुन पनि उनको परिवार लाई पछिल्लो समयमा ठुलो आर्थिक संकट परेको थियो। हुनत पहिले उनी मध्यम वर्गिय परिवारका थिए । उनको पिताजी कलकत्तामा कानुन पेशागतमा थिए। पारिवारिक झगडा , मुद्दा मामला र पिताको मृत्यु पछी उनको आर्थिक अवस्था अत्यन्तै खराव भयो। परिवार लाई हेरचाह गर्नु पर्ने र पाल्नु पर्ने दाइत्व उनको काँधमा जिम्मेवारी आयो। पिताको मृत्युु हुँदाको बखत उनको उमेर २१ बर्षको थियो। आर्थिक संकटकै कारण एउटा स्कुलमा उनले मस्टरीको जागिर खाए। त्यहाँ स्कुलको सेक्रेटरी संग कुनै बिषयमा वाद बिबाद हुँदा स्कुलको सेक्रेटरीले उनलाई पढाउनै आउदैन भनी बिद्यार्थी लाई उचालेर स्कुल बाट निकाल्न लगाए। अचम्मको कुरा यहाँ के छ भने , यस्तो प्रखर विद्वान जसलाई आज एउटा उपदेशक र शिक्षकको रुपमा दुनियाँले चिन्छ, उनले पनि कुनैबेला अयोग्य ठहर भइ पहुँचवाला सङ बिवाद हुँदा मास्टरीको नोकरी बाट हात धुनु परेको थियो। त्यसपछि आर्थिक अभावको कारणले नै उनले फेरि एउटा जमिनदार काहाँ पनि नोकरी गर्नु प¥यो।
एकपटक तेह्रदिने दाजूभाइ सङ अंश मुद्दा चल्दा अदालतको कठघरामा न्यायाधिशले सोधपुछ गर्ने क्रममा उनी सङ “ तिमी के गर्छौ भन्दा, उनले म बेकार छु भनी जवाफ दिदा न्यायाधीशले पुनः प्रश्न गरे ।
“ सुनिन्छ , तिमी सन्यासी भयौ रे ? कुनै फकिरको चेला भयौ रे ? राम कृष्ण आश्रमको लागि चन्दा उठाउदै हिंड्छौ रे ? के हो ? “ उनले त्यो बेला न्यायाधीश लाई “ चेला भनेको के हो थाहा छैन , तर म चन्दा उठाउने काम चाहिँ गर्दिन “ भनी न्यायाधीश लाई जवाफ दिएका थिए अरे।
त्यस्तै एकपटक उनको बैनीले आत्महत्या गरि मरेको बेलाको समाचार पाउदा उनी त्यो बेला खुव रोएका थिए अरे। कसैले उनलाई त्यो बेला सन्यासी पनि काहीं रुन्छन, तिमी लाई शोभा दिदैन भनी भनेर सम्झाउदा – “ म सन्यासी हुँ त के भो , आफ्नो हृदय लाई नै बिसर्जन गरुँ “ भनी भनेका थिए अरे।
उनी आफ्नो आमालाइ खुव माया गर्थे। उनी जहाँ भए पनि त्यो बेला आमा लाई रु १००÷= रजिस्ट्रि गरेर पठाउथे। सन्यासी हुँदा पनि आमाको , परिवारको खोज खबर र चिन्ता लिइ रहन्थे अरे। उनको कुनै बिदेशी केटी सङ प्रेम जस्तो थियो पनि भनिन्छ । बिदेशमा त्यो केटी उनको भाषण सुनेर “ फ्यान “ भएकि थिइ अरे। त्यो केटीले उनलाइ बेला बेलामा बिदेश बाट आर्थिक सहायता पनि गर्थी अरे। उनी पनि त्यो कन्या कुमारी केटी लाई बरम्बार पत्र लेखी रहन्थे भन्ने मैले कतै पढेको छु ।
त्यो केटी नाम मलाइ अहिले आएन। त्यस्ले पछी सम्म बिहे न गरेर बसेकी थिइ अरे।
धेरै के लेखुँ । उनको बारेमा लेख्ने कुरा थुप्रै छन। लामो हुन्छ । कुनैबेला लेखुँला फेरि। अत्यमा , हाम्रो हिन्दु मान्यतामा एउटा सन्यासी कस्तो हुनु पर्छ भन्ने कुराको जुन छवी हामीले बनाएका हुन्छौं, त्यो छवी कुनै पनि सन्यासीमा शायद पाइदैन होला जस्तो मलाइ लाग्छ । धन्यवाद !