कक्षा ११ विशेष ः किन भर्ना नहुने आदर्श मावि लायकूमा ?


साउन २०, २०७८, बुधबार | दिउँसो ०२:४३ बजे | 35


कक्षा ११ विशेष ः किन भर्ना नहुने आदर्श मावि लायकूमा ?

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिमा रहेको आदर्श मावि चिनाइरहनुपर्ने स्कुल होइन । उत्कृष्ट नतिजाका कारण यो स्कुल स्थानीय क्षेत्रमा मात्रै होइन, देशभरि नै परिचित छ ।
जिल्लाकै पुरानो स्कुलको रुपमा रहेको यो स्कुलमा उतिबेला एसएसली टपरको गणणा हुँंदा टपटेनभित्र पर्न सफल नगरकै एउटै मात्रै सरकारी स्कुल हो । २०६० सालको एसएलसीमा यस विद्यालयमा अध्ययन गरेका प्रदीप श्रेष्ठ नेपालभरिबाट सामुदायिक विद्यालयतर्फ दोश्रो स्थान ल्याउन सफल भएका थिए । यसबाहेक नगरका निजी तथा आवासीय विद्यालयहरुले पनि टप टेनभित्र पर्न सफल भएका छन् ।
जसरी ससाना कक्षादेखि कक्षा १० सम्मको पढाई राम्रो छ, त्यसरी यहाँंको कक्षा ११ र १२ को पढाई पनि उत्कृष्ट छ ।

[[img6]]
के के संकायको पढाई हुन्छ ?
मध्यपुर थिमि नगरपालिका वडा नं ४ लायकु मध्यपुर थिमिमा रहेको यहाँं कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा र कानुनका पढाईहरु हुन्छन् । यी सवै कक्षाहरु यहाँं विहान मात्रै सञ्चालन हुन्छन् । दिउँंसो चाहि ससाना कक्षादेखि कक्षा १० सम्मका पढाई हुन्छन् ।
कक्षा ११ मा व्यवस्थापनतर्फ एकाउन्टेन्सी, इकोनोमिक्स, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, विजनेश स्टडिज आदिको पढाई हुन्छ भने मानविकीतर्फ मुख्य विषयहरुमा इगलिश, गणित, नेपाली, सोसियोलोजी, आमसञ्चार, कम्प्युटर साइन्स आदि पढाई हुन्छ । साथै शिक्षातर्फ इगलिश, गणित, नेपाली, जनसंख्या, कम्प्युटर साइन्सलगायतका विषयहरुको पढाई हुन्छ ।
[[img3]]
कस्तो छ शुल्क ?
तुलनात्मक रुपमा यहाँंको शुल्क कम छ । कम शुल्कमै यहाँं गुणस्तरीय पढाई भइरहेको छ । किनकि यहाँंका सम्पूर्ण शिक्षकशिक्षिकाहरु अनुभबी छन् । कलेजले छात्रबृति पनि प्रदान गरिरहेको छ । ३.६ वा त्यो भन्दा माथि जीपीए ल्याएकाहरुका लागि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै ३.२ वा सो भन्दा माथि जीपीए ल्याउन सफल विद्यार्थीका लागि शतप्रतिशत भर्ना निशुल्क र टयुशन शुल्क आधा मात्रै लिने गरेको छ । २.८ वा सो भन्दा माथि जीपीए ल्याएकाहरुका लागि भर्नामा ८० प्रतिशत छुट, २.४ वा सो भन्दा माथि जीपीए ल्याएकाहरुका लागि भर्नामा ६० प्रतिशत र २ वा सो भन्दा माथि जीपीए ल्याएकाहरुका लागि भनामा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।  
[[img4]]
यस्ता छन् विशेषताहरु
दक्ष, तालिम प्राप्त तथा अनुभबी शिक्षकहरु
इमेल, इन्टरनेटसहितको अलग्गै कम्प्युटर प्रयोगशाला
इलाइब्रेरी, मल्टिमिडियामा आधारित क्लास रुम
नियमित परियोजना कार्य, स्थलगत भ्रमण तथा अनुसन्धान विधि
जेहेन्दार विद्यार्थीका लागि छात्रबृति
नियमित रुपमा अभिभावक भेला, छलफल एवं परामर्श
नियमित रुपमा विज्ञबाट मोटिभेसनल कक्षा
– विद्यालय नर्सको व्यवस्था ,
– CTEVT को ईभेन्ट परियोजना अन्तर्गत वृत्ति मार्ग निर्देशन तालिम सञ्चालन हुँदै आएको
– कक्षा १–५ सम्म अंग्रेजी माध्यममा र पठनपाठन र कक्षा ६–१० सम्म अंग्रेजी र नेपाली माध्यममा अलग सेक्सनमा पठनपाठन हुँदै आएको

जिल्लाकै पुरानो स्कुल
२०२१ सालमा स्थापित यो स्कुल जिल्लाकै पुरानो स्कुलको रुपमा रहेको छ । यसकारण यहाँंका सम्पूर्ण शिक्षकशिक्षिकाहरु अनुभबी रहेका हुन् । यसकारण यहाँंको पढाई उत्कृष्ट रहेको बताउँंछन् स्कुलका प्रिन्सिपल बुद्धिकुमार घो ।

फाेटाेमा हेर्नुहाेस्...

कक्षा ११ विशेष ः किन भर्ना नहुने आदर्श मावि लायकूमा ?
कक्षा ११ विशेष ः किन भर्ना नहुने आदर्श मावि लायकूमा ?
कक्षा ११ विशेष ः किन भर्ना नहुने आदर्श मावि लायकूमा ?

Comments