कुकुर र मालिक बीचको सम्बन्ध


साउन १८, २०७८, सोमबार | विहान ११:०० बजे | 70


कुकुर र मालिक बीचको सम्बन्ध

कुकुरले तपाईंलाई प्रत्येक दिन, म बाचुन्जेलसम्म मलाई माया र राम्रो व्यवहार गर्नुहोस भन्ने सोच्छ । म तपाईको सबैभन्दा राम्रो साथी बन्न सक्छु । मलाई स्वतन्त्रपूर्वक खेल्न र डुल्न दिनुहोस भन्ने सोच्छ । यदि मलाई बाँध्नै परे, खान र डुल्न व्यवधान नहुने किसिमले बाँध्नुहोस भन्ने सोच्छ ।

कुकुर र मालिक बीचको सम्बन्ध
कुकुर र मालिक बीचको विषेश सम्बन्ध दुवै पक्षको आपसी विश्वासको आधारमा विकसित हुन्छ । यो बन्धनको शुरुवात कुकुर घरमा प्रवेश गराएको क्षण देखि शुरु भई बाँचुन्जेल रहन्छ । कुकुर ÷मालिकको सम्बन्धको शुरुवात गर्ने उत्तम समय छाउरा जन्मेको ८ देखि १२ हप्ता भित्र हुन्छ । यो समय छाउरालाई आमाबाट छुटाइ मानिसहरुसँग घुलमिल गराउने पनि उत्तम समय हो । छाउरालाई ८ हप्ताको समय नभइ आमाबाट छुटाउनु हुँदैन । यदि छुटायो भने छाउराले आमाबाट प्राप्त गर्ने धेरै शिक्षाबाट बञ्चित हुन्छ र स्वस्थ्य हुदैन ।

कुकुर पाल्नुभन्दा पहिले तपाईले के बिचार गर्नुपर्छ ?
१. के मसँग प्रशस्त समय छ ? मान्छेजस्तै कुकुरहरु पनि समय र रेखदेख चाहन्छन ।
२. के मसँग प्रशस्त ठाउँ छ ? हरेक कुकुरलाई व्यायामको लागि प्रशस्त ठाउँको आवश्यकता पर्दछ ।
३. के मसँग प्रशस्त पैसा छ ? कुकुरहरुको हेरचाह मह“गो हुन्छ । कुकुर पाल्नु भन्दा पहिले सोंच्नुहोस ।
 
त्यसको साथ साथै कुन कुकुर मेरो परिवारको लागि उपयुक्त हुन्छ भन्ने कुरा पनि त्यतिकै महत्वपुर्ण हुन्छ । धेरै मान्छेहरु महँगो कुकुर लिन चाहन्छन् । स्थानीय कुकुरहरु ९mष्हभम(दचभभमरयिअब०ि राम्रो बन्न सक्छन् – स्थानिय कुकुरका गुणहरु धेरै चलाख र सुरक्षात्मक, साधारणतया स्वस्थ र राम्रोसँग स्थानीय अवस्थामा घुलमिल हुन सक्छन् । नेपाली हुनुमा र नेपाली कुकुर पाल्नुमा गर्व गर्नुहोस् ।

कुकुर  पाल्दा हामीले विचार गर्नुपर्ने कुराहरु ?
१. खाना
- प्रोटिन, कार्बोहाइड्रेट, खनिज र भिटामिन (जस्तै मासु, भात, सागसब्जी सबै मिश्रण गरी पकाइएको) सहितको सन्तुलित भोजन । यदि तपाईले अण्डा र चिजहरु खानामा थप गरेमा कुकुरहरु स्वस्थ हुन्छन् ।
 [[img2]]
- माछा र कुखुराको साना हड्डीहरु कुकुरका लागि हानिकारक हुन सक्छन् ।
- छाउरा छाउरीहरु (६–८ हप्ताभन्दा बढीका) लाई दिनको ४–६ पटक खानाको आवश्यकता पर्दछ । ती प्रत्येक खानाको परिमाणमा वृद्धि गर्दै ८ महिनामा क्रमशः दिनको दुईपटक खाना खुवाउने गर्नुपर्छ ।
- खानाको लागि कचौराहरु छुट्याउनुहोस् । कचौराहरु दिनदिनै पखाल्नुहोस् ।
- कुकुरलाई चौबिसै घण्टा पानी उपलब्ध गराउनुपर्छ । पानीको कचौराहरु सधैं सफा गर्ने र पानी सधैं फेर्ने गर्नुपर्दछ (कचौरामा बा“की रहेको पानीमा माथिबाट थप्ने मात्र गर्नुहुँदैन) ।

२. अन्य
ड्ड    नाम – तपाईको कुकुरको नाम राख्नुहोस् र विशेषतः तालिममा नाम प्रयोग गर्नुहोस् जसले गर्दा कुकुरले भनेको मान्ने गर्छ ।
- वासस्थान – जाडोमा आरामदायी, तातो र सुख्खा अनि गर्मीमा छायाँ र हावादार । अनावश्यक ब्याक्टेरीया र परजीवीबाट कुकुरलाई बचाउन खोर हप्ता हप्ता दिनमा सफा गर्ने गर्नुहोस् ।
-  खेल्न÷व्ययाम – कुकुरलाई खेल्न अत्यन्त आवश्यक छ । तिनीहरुलाई खेलौना (बल, पुराना पेटी आदि तर निल्न सक्ने खालका भने होइन) दिनुहोस् । तपाईको कुकुरलाई दिनको २ पटक ३०–६० मिनेटको लागि हिडाउनुहोस् ।
- तलिम – तपाईको आदेश (जस्तै बस्न, आउन आदि) मान्ने बनाउन कुकुरलाई तालिम दिनुहोस् । कुकुरले भनेको नमानेमा ठूलो आवाजमा कराउने, गाली गर्ने वा हिर्काउने नगर्नुहोस् । कुकुरले तपाईलाई खुशी र गर्विलो देख्न चाहन्छ । रिसाएको देखेमा उ पनि डराएर रिसाउन सक्छ ।
- पेटी कुकुरको गर्दनमा बाँध्ने पेटीमा तपाईको ठेगाना र फोन नं. लेख्नुहोस् वा सानो ट्याग झुण्ड्याइ दिनुहोस् । पेटी अत्यन्त कसिलो नबनाउनुहोस् । बाँधेको पेटीमा तपाईको तीनवटा औंला छिर्नेगरी खुकुलो बनाउनुहोस् ।
- पेटीको डोरी ९भिबकज० कुकुर हिडाउँदा वा तालिममा लैजादा पेटी र डोरी लगाईदिनु होस् । घाँटीमा र गर्दनमा दबाब नपार्न बिचार गर्नु पर्छ ।

परजीवी विरुद्ध उपचार
नेपालमा प्रायजसो घरपालुवा जनावरहरुमा किर्ना, उपिंया, जुकाजस्ता आन्तरिक र बाह्य परजीवीबाट ग्रसित हुन्छन् । तपाईको कुकुरलाई डाक्टरको सल्लाह अनुसार आन्तरिक किराको औषधी दिई जुकाबाट हुने सम्भावित संक्रमणबाट मुक्त पार्नुहोस् र आफुपनि बच्नुहोस् । नेपालमा पशु चिकित्सकहरुले छाउरा÷छाउरीका लागि र ठूला कुकुरहरुको लागि फरक ट्याबलेट प्रयोग गर्न सल्लाह दिन्छन् । यदि तपाईले आफ्नो कुकुरमा उपिँया र किर्ना देखेमा उपिँया मार्ने औषधी प्रयोग गर्नुहोस् । किर्ना, उपिंया र जुकाको औषधी पशु चिकीत्सकको सल्लाह मा खुवाउनु वेस हुन्छ ।


खोप ९ख्बअअष्लभ० कुकुरको जीवन जोखिममा पर्ने रोगहरुबाट बचाउन निरन्तर खोपको आवश्यक पर्दछ । तपाईको पशु चिकित्सकले तपाईलाई खोप कार्ड, तालिका र मितिहरु उपलब्ध गराउ“छन् ।


कुकुरको उमेर खोपको प्रकार
३० दिन   Deworming ४५– ६० दिन सम्म    ६ मध्ये १ DHPPiL (Distemper, Para-virus, Hepatitis, Leptosporasis, Para-influenza) Corona, त्यसको २१ दिन पछी    DHPPiL Booster,  Corona Booster, ३ महिना    Anti-Rabies२१ दिन पछी Anti-Rabies Booster

फाेटाेमा हेर्नुहाेस्...

कुकुर र मालिक बीचको सम्बन्ध
कुकुर र मालिक बीचको सम्बन्ध

Comments

ताजा खबर