विद्यार्थीहरुको रोजाइमा ख्वप कलेज


साउन ११, २०७८, सोमबार | विहान १०:५७ बजे | 70


विद्यार्थीहरुको रोजाइमा ख्वप कलेज

वि.सं. २०५८ सालमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने, समाजलाई वुद्घिजिवीकरण गर्ने, शिक्षालाई उत्पादन श्रमक्षेत्रसग मिलाउने, २१ औं शताब्दीका चुनौतीहरु सामना गर्न सक्ने योग्य जनशक्ति तयार गर्ने उद्देश्यका साथ ख्वप कलेजको स्थापना भएको हो ।


वि.सं. २०५८ सालमा स्थापना भएको यस कलेजमा २०६२ सालदेखि वातावरण विज्ञान र एमबीएसका कक्षाहरु संचालनमा आयो भने २०६४ सालमा एमए अंग्रेजी र २०६५ सालमा एमए अर्थशास्त्रका कक्षाहरु संचालनमा आएको हो ।
[[img2]]
कलेजको मूख्य विशेषता भनेको यसको शान्त शैक्षिक वातावरण युक्त कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, अनि सबै कार्यक्रमहरुमा उत्कृष्ट नतिजा नै हो । यस कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरु बैंक वित्तिय संस्था लगायत अन्य संस्थाहरुमा उच्च तहमा कार्यरत रहेका छन् । नियमित कक्षा, अनुभवि प्राध्यापक तथा सहृदयी कर्मचारी भएको यस कलेजबाट त्रिविको २०६९ र २०७३ सालको एमविएस (MBS) तहको परीक्षामा क्रमशः छात्रा सन्तोषी रिमाल र छात्र अभिषेक राज खनालले त्रिवि सर्वाेकृष्ट सहित स्वर्णपदक प्राप्त गर्न सफल भए ।
[[img3]]
त्रिविको २०६९ सालको एमविएस (MBS) तहको त्रिवि सर्वाेकृष्ट सहित स्वर्णपदक प्राप्त गर्न सफल छात्रा सन्तोषी रिमाल

एमएससी (MSc) वातावरण विज्ञानमा नियमित रुपमा सत प्रतिशत नतिजा ल्याउन सफल छ भने एमए (MA) अंग्रेजी, एमए (MA) अर्थशास्त्र, एमविएस (MBS)तहको परीक्षाका नतिजा पनि उत्कृष्ट छ । कलेजले अध्ययन अध्यापनको अलावा विद्यार्थीहरुको पूर्ण व्यक्तित्व विकासको लागि पनि समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । अतिरिक्त कृयाकलप, शैक्षिक प्रर्दशनी, सेमिनार, Case Study आदि कार्यहरु नियमित रुपमा भइरहेको छ ।
[[img4]]
त्रिविको २०७३ सालको एमविएस (MBS) तहको त्रिवि सर्वाेकृष्ट सहित स्वर्णपदक प्राप्त गर्न सफल छात्र अभिषेक राज खनाल

भक्तपुर नगरपालिकाद्वारा संचालित यस कलेजमा हाल एमबीएस (MBS), एमए (MA) अंगे्रजी, एमए ( MA) अर्थशास्त्र तथा एमएससी  (MSc) वातावरण विज्ञान को लागि भर्नाको लागि प्रवेश परीक्षा फाराम खुलेको जानकारी गराइन्छ ।

फाेटाेमा हेर्नुहाेस्...

विद्यार्थीहरुको रोजाइमा ख्वप कलेज
विद्यार्थीहरुको रोजाइमा ख्वप कलेज
विद्यार्थीहरुको रोजाइमा ख्वप कलेज

Comments