राम कृष्ण प्रजापति

युवा भन्नाले वीर, साहसीक, कर्मयोद्धा, जवान, सु–विचार, सु–कर्म र अनुशासित एवं चेतनशील नागरिक हो । युवा अवस्था जोश जागर र उमंगले भरिएको हुन्छ । यस्ता युवाहरुलाई तहसनहस पार्ने पू“जीवादीहरुको घृणित हतियार लागु पदार्थ, वेश्यावृति र जुवा–ता“सले युवाहरुको जीवन कमजोर पार्ने रोग तथा यौन रोगले ग्रस्त पार्ने र काम, शिक्षा, व्यापार, सामाजिक कार्यमा असक्षम बनाई दिन्छ साथै अनैतिक कार्यमा सहभागी गराउ“छ । यी समाजमा हानी पु¥याउने विकृति विरुद्ध युवा वर्गलाई सचेत पारी युवाहरुको शारीरिक तथा बौद्धिक विकासको लागि खेलकुद अथवा अनुशासन मितत्रा र विकासको लािग खेलकुद संचालन गरी युवाहरुलाई सक्षम योग्य बनाई युवा जगतलाई खेलमा लगाई अनुशासित, लगनशील, धैर्यवान र शोषित पीडित वर्गका पक्षमा संघर्षशील गराउनु आजको आवश्यकता हो ।
बक्सिङ खेल युवाहरुको मनपर्ने र लोकप्रिय खेल भएकोले युवा पिढींको जीवनको लागि बक्सिङ खेलको चर्चा गनु राम्रो देखिन्छ । देशमा खेलको स्तर त्यस देशको नागरिकको शारीरिक र मानसिक रुपमा राम्रो हुनलाई संकेट गर्दछ । सामान्य नियम स्वस्थ शरिरसंग मात्र स्वस्थ दिमाग हुन्छ । त्यसैले खेलले गर्दा स्वस्थ शरीर विकास भई दिमाग स्वच्छ र स्वस्थ रहन्छ ।
बक्सिङले हामीलाई योग्य बनाउने मात्र होइन बरु थप कुराहरु जान्ने, ज्ञान र बस्तुहरुको बारेमा सिकाउने हुन्छ । यसले उज्वल भविष्य प्रदान गर्दछ । शारीरिक शक्ति र मानशिक पूmर्ति थप्छ । मौका र साहसले नेतृत्व वा प्रोत्साहन दिन्छ र असफलता विनाको राम्रो विजय पाउ“छ । यसले राम्रो मात्र हाईन शक्तिको विकास हुन्छ । यस कार्य र यसको योग्यताको लागि बहादुर जनताको आवश्यकता पर्दछ ।
बक्सिङ एउटा संसार भर पुरानो धेरै प्रख्यात र बैज्ञानिक खेल हो । यस खेलमा अनुशासन र नियम कडा हुन्छ । बक्सिङ खेलले राम्रो खेलाडीहरुलाई आफ्नो संकल्प, शाहस, अपरिवर्तननशील स्वभाव र चरित्रको बारेमा धेरै ज्ञान दिन्छ । यसले दिमाग, नशा, मासंपेशी बीच संयोजनको कार्य विकास गर्ने मात्र होइन, शरीरिक कार्य क्षमता, स्फूर्ति र स्पिड(क्उभभम) पनि विकास गर्छ । जुन प्रविविम्बको एउता तिक्ष्ण गुण हुन्छ, यसले तपाईंलाई आत्मारक्षा गर्न र अरुले हिर्काउ“दा नम्र बन्न सिकाउ“छ ।
बक्सिङमा लचकताको भूमिकाः–
लचकता भनेको शरीरको विभिन्न भागहरुको जोर्नीहरुको चाल हो । अर्को शब्दमा भन्ने हो भन्ने तपाईंको पाखुरा घा“टी(गर्धन) आदी भागहरुको चाल नै लचकता हो । बक्सिङ(मुक्का) प्रहार गर्न पाखुरा, घा“टी र गर्धनको लचकताले ठूलो भूमिका खेल्छ । रुस(ग्क्क्च्)मा भएको बैज्ञानिक खोजबाट यो पत्ता लागेको छ कि पाखुरा फैलावटको चालले २४.१२ प्रतिशत शक्ति दिन्छ । गर्धनसंगको सामानुपातिक चालले ३७.४२ प्रतिशत र पछाडिको खुट्टा उचाल्दा ३८.४६ प्रतिशत शक्ति दिन्छ । तसर्थ यो थाहा हुन्छ कि बक्सिङ रिङमा शरीरको सम्पूर्ण भागको र जोर्नीहरुको लचकता अति आवश्यक हुन्छ र यस्तो लचकता भएपछि मात्र बक्सिङ तालिम लाभदायक हुन्छ । शरीरको लचकतामा प्रकृतिले नै निश्चितता ल्याएको हुन्छ र हाम्रो लचकता हाम्रो शरीरको बनावत मै भर पर्छ । प्रत्येक जोर्नीहरुको लचकता फरक फरक हुन्छ र हाम्रो शरीरको वनावट पनि लचकताको उपज हो । हाम्रो कम्मरले पुरा जतापनि धुमाउन मिल्छ भने कुहिनो निश्चित रुपमा तल र माथि कब्जा जस्तै मात्र हुन्छ ।
बास्तवमा लचकता भनेको मसल र तन्तुहरुलाई तन्काउने र यसरी लामो र कुखुलो पार्ने भने बुझिन्छ । यसो गर्दा हाम्रो शरीरका भागहरुको चालमा सहजता आउ“छ र तालिम गर्दा वा खेल्दा हाम्रा हात खुट्टा, पाखुरा, कम्मर सहज रुपमा चल्छन् र चोटपटक हुनबाट जोगिन्छ । धेरै लचकता पनि वेफाईदा हुन्छ किनभने यदि तन्तुहरु धेरै तन्कियो भने तन्किएको अवस्थामा नै रहन्छ र ति तन्तुहरुको जोर्नी कमजोर हुन्छन् । यस्तो स्थिति हटाउन तन्तु तन्काउने र साथै तन्तु बलियो पार्ने अभ्यास दुबै गर्दै जानु पर्छ ।
रुस(ग्क्क्च्)मा गरिएको रिसर्च अनुसार लचकता र तात्नको लागि(ध्बचm गउ) विस्तारै दौड्नु पुरानो तरिका हो । सरल र आरमदायि पाइला चालेर एक माइल वा सो भन्दा बढी दौड्दा शरीरका माशंपेशीहरुलाई तन्कन र तात्न मद्दत पुग्दछ । यसबाट स्वास प्रस्वास बढ्छ, शरीरको तापक्रम विस्तारै बढ्छ । यो शरीर तताउने परम्परागत विधि हो ।
आमेच्यर(ब्mबतगचभ) बक्सिङ एउटा चलायमान खेल हो जसमा हातखुट्टा, आ“खा, हात र कुमको चालमा राम्रो समायोजनको जरुरत पर्दछ । त्यसकारण सफलता प्राप्त गर्नको लागि लचकताको ठूलो महत्व छ । संयोजनमा टाइमिङ र मासंपेशीको चाल सहभागी हुन्छ । त्यसकारण विभिन्न जोर्नीहरुको लचकताले चाललाई महत्व दिनु पर्छ ।
लचकताको कसरत
पूर्ण लचकता प्राप्त गर्नको लागि निम्न प्रक्रियाहरु अपनाउनु पर्दछ ः– १) साधारण कसरत, २) तन्काई, ३) तताउनु, ४)तालिमको तयारी, ५) सेलाउनु र तन्काउन
यसरी ओलम्कि बक्सिङमा सुरुमा अमेरिका बेलायतले प्रभुत्व जमाइृ राखे पनि पहिलो विश्व युद्ध पश्चात इटाली नजिक आयो । दोश्रोमा अमेरिकाका साथमा नया“ देशहरुको केहि नम्बरले ठूलो सम्मान जितेका थियो । रिड्डमा क्रान्तिकारी हातहरुले मात्र प्रभुत्व कायम राख्छ । सानो देशहरुले जस्तै मेक्सिको, चेकोस्लोभाकिया, भेनेजुयला, उत्तर कोरिया, रुमानिया, हंगेरी र क्युवाले गोल्डमेडलहरु जितेका थियो । नया“ बर्षहरुमा क्युवा बक्सिङको एउता प्रभावकारी प्रभावशाली देश त्यसपछि अमेरिका, रुस, जर्मन, क्यानाडा र उत्तर कोरिया हो । यो प्रमाणित गर्छ कि बक्सिङमा सधै प्रभुत्वमा धमण्ड गर्न सक्ने देश हुदै“न र जसले सधैं प्रविधिको पूर्ण ज्ञान प्राप्त गर्छ, विश्व ओलम्पिकमा गोल्डमेडल जित्ने मौका सधैं उसैको हुन्छ ।

...

All Comments.......


Please Login/Register To Comments