यज्ञबहादुर कार्की
कहिले हामी हाँस्दछौ कहिले हामी रुन्छौ । प्रकृतिको नियम हो यो । राजनीति पनि कार्यकर्ताहरुमा यही देखिन्छ । बास्तवमा देश र जनताको माया भन्दा पनि आफ्ना निहित स्वार्थले गर्दा यस्तो भएको मान्दा हुन्छ । त्यसैले कुन सरकार आँउदा को खुसी हुने र अनि को आँउदा को दुःखी हुने  ? तर आम साधारणलाई भने कौवालाई वेल पाकेर हर्ष न विस्मात भने झै नै छ ।
यतिखेर सत्तामा दुई तिहाईको सरकार परिवन्ध र परिवेशलाई फेस गर्ने जुक्तिको कमिले गर्दा सत्ता बाहिरन पुगिसकेको छ । अहिले देश निक्कै अप्ठ्यारो परिस्थितिबाट गुज्रदै गइरहेको छ । वास्तवमा बहुमतीय सरकार बनेर सत्ता संचालनमा गइसकेपछि गठवन्धनसंग पार्टी एकीकरण भै  बहुमतीय सरकार अन्य दलसंगको सहमतिमा पुगी दुई तिहाईको सरकार समेत बनाउन सफल भएको थियो । तर आज आएर त्यो सरकार गिरिसकेको छ ।
बास्तवमा बिगत एक बर्षपूर्वदेखि नै सरकारको रवैया उदेकलाग्दो र असोभनीय बन्दै गइरहेकै थियो । जनताका जायजेथा र जयनसमेत सरक्षित थिएनन । सरकार आफै कानुनको मर्यादा भङ्ग गर्ने अनौठौ खेलमा थियो । कानुनी राज्य र सुशासनको डिङ्ग हाक्ने द्धैद्ध चरित्रको थियो भनिदिदा कुनै अतियुक्ती हुदैन ।
लोकतन्त्रका मान्यता र त्यसका  सामान्य भन्दा सामान्य सिद्धान्तको परिपालना नगर्ने उसको चारित्रिक रुपरेखा विगतमा जताततै सुन्न र अनुभुित जनताले गरिरहेकै हुन । जनताको सम्पति संम्वन्धी अधिकारको प्रचुर मात्रामा अतिक्रमण गरी बिकाशका नारा दिने र आफ्ना आसेपासेलाई  पोस्ने उसका क्रियाकलाप निश्चय नै जनताको चित्त दुखाईको बिषय थियोे  त्यसैले भ्रष्टाचार झ्याङ्गिएर चारैतर्फ लहराले जेलीदा पनि उसकै वकालतमा सरकार रहेको सर्वत्र नै चर्चा भैरह्यो । मुलुर मुलुकवासीका जिउ, धन सुरक्षामा रहनु पर्दछ भन्ने ख्याल नराखी सरकार चलिरह्यो । त्यसैले तत्कालीन सरकारका विषयमा बग्रेल्ती सवालहरु पनि उठे । तैपनि अल्पमतको सरकार मात्र नरही गैरकानुनी रुपले सत्तामा सरकार रहिरहदा कानुनी तवरले नै छिनोफानो गरिने रुपमा श्री सर्बोच्च अदालतको ढोका घच्चयाउनेका पक्षमा अदालतबाट आदेश आई तदनुकुल अब कंग्रेसले सरकार बनाउने सुअवशर पाएको छ । तर जहाँसम्म लाग्छ, नेपाली कंग्रेसको पनि जनताप्रतिको जवाफदेहितामा शून्यपन नै हुनेछ । बिगतमा कंग्रेसले यो मुलकको धेरै पटक सत्ता संचन गर्ने अबसर जनताले भोटका माध्यमबाट दिएकै हुन । वास्तवमा कम्युनिस्ट कठोर प्रबृतिका त हुन नै, आफ्ना सेनावेनालाई खुवाउन भने माहिर नै हुन । तर कंग्रेसमा भने पुजीवादी धारणाका कारणले हुदा चल्ने कारण अर्कै छ । त्यो नै कंग्रेसको बिडम्वना हो । जो यहाँ प्रसंग उठाई हाल्नु हत्तार गरेको हुनेछ ।
हैरौ आगामी चुनावले कस्तो सचेतता जागृत गरी निर्णयमा जानेछ । कंग्रेस को बुद्धिमत्तापूर्ण कार्य हेर्न बाकी नै छ । अहिले जनताको मन जिती आगामी निर्वाचनमा ठूलो बहुमत आफ्नो पक्षमा लैजाने अबशर पनि हो भने अर्कोतर्फ रहेको बचश्व पनि समाप्त हुने जोखिमयुक्त्त समय पनि हो ।
सरसर्ती हेर्दा कंग्रेस अहिले आगोको लपेटामा नै छ । कारण देश सर्वत्र कठिन अबस्थामा नै गुज्रिएको अबस्थामा नै देखिन्छ । यस अबस्थाले गर्दा उ कति सफलतामा जान सक्छ एकिन गरी भबिस्यबाणी गर्न सकिदैन । सरकार सफल हुन किनकि व्युरोक्रेसी पनि ठुलो हात हुन्छ । तर नेपालमा वेसारे व्युरोक्रेसिको बिश्वाश नै छैन । र जनतालाई दुःख दिनमा उनीहरु माहिर छन ।
सानो उदारहण प्रस्तुत गर्न चाहान्छु । भक्तपुर भुमिसुधार जसका प्रमुख अहिलेको अबस्थामा  मालपोत प्रमुख नै रहेका देखिन्छन । उनी मालपोतमा जति कार्यव्यस्त रहन्छन् त्यति भुमिसुधार कार्यालयमा रहेका पाइदैन । मुस्किलले झुक्किएर त्यहा उनलाइ भेटन सकिन्छ । भेटनासाथ हजारौं समास्याले अड्किएका कामका ओईरो लागिहाल्दछ ।
यसै शिलसिलमा म एक किसानको समस्या लिएर भेटन गएँ । धैरै दिनको प्रयासपछि मैले उनलाई कार्यालय कक्षमै भेटे । कुरा र का्र्य ज्यादै सामान्य र कानुनी थियो । तर त्यस कामलाइ भुमिसुधारका फाँटवालाले जटिल बनाइदिएको थियो । यसरी त्यहाँ त्यस कार्यलाई अबगत गराई दिन जादा मलाई बिचौलीया संम्झने हुदा मैले आफ्नो परिचय दिएर किसानलाई अन्याय पर्न गएको कुरा सबै खुलाए । हाकिमले ए हुन्छ भन्नू भयो । तर त्यसैबखत त्यहाँ दोश्रो तहका कर्मचारीले त्यो अहिले हुदैन । पछि मात्र हुन्छ भनी ििभदए । सम्बन्धित प्रमुख पनि अलमल्लमा तब उहाँले वहालाई भनेर गराउनु होस भनेर मालपोत कार्यालय हिडिदिए ।
अब के काम हो ? त्यो जिज्ञासा हुनसक्छ । त्यो किसानले धर बनाउनको निमित्त मोहिको हैसियतले जग्गा बाडफाडको निवेदन हालेको थियो । तर उसको म्याद दुई बर्षसम्म पनि काटिएन । धाउदाँधाउदा आचित भएपछि फाटँवालाले जग्गा धनीका नाउँमा म्याद जारी गरेको उसले मसंग भन्यो । ती म्याद वेजिल्लाका थिए । तसर्थ हुलाकबाट जादा तामेल भई आउन फेरि बर्षौ नै लाग्दथ्यो । मैले आफै म्याद बुझेर अर्को अड्डामा बुझाउछु भन भनीदिएँ । उसले त्यसै गर्यो । ती म्याद काठमाण्डौ र चितवन जिल्लाका थिए । म्याद लिई उ र म काठमाडौमा दर्ता गराई दामेलदारलाई भेटीसंगै लगी धर देखाई दिने कुरा गरी आयौ । भोलीपल्टै तामेलदारलाई लगी घर देखाई बुझाई अफिसमा आई प्रतिवेदन लेख्न लाई चिठ्ठी समेत बनाउनलगाई आफैले बुझिलिई फेरि चितवन म्याद र पत्र लिई चितवन गयौ । त्यहाँ म्यादका बिषयमा कति दुःख पायौ कुरा नगरे हुन्छ । बिषेशत ःत्यस ठाउँमा कस्ता   प्रबृतिका कर्मचारी हुन्छन् । आंकलन गरेको थिए । तीन दिनसम्म होटलका खाना र बासले तनाब भैरहेको मेरो मष्तिकले अन्त्यमा प्रमुखकोमा गई परिचय दिएँ । सरोकारवाला सबै कुरा हाकिमसंग गुनासो गरेँ । यस्तो अबस्थामा रहेको कर्मचारी  र कार्यले म कुण्ठित पनि भएँ । हाकिमलेले तुरुन्तै आजै यो काम सकिदिई आजै दिई पठाइदिनु भनेपछि तामेलदारकै पछि लागी गईयो । जग्गा धनीहरुमध्येका चितवनका जग्गा धनिहरुले जग्गा  छुटाउन नचाहने कुरा गरे । मैले मैले यस्मा जग्गा आधाआधा हकमा आउने हो, तपाईहरुले चाहा पनि यही हुने हो । जग्गाको रोजी छाडी गर्न पनि तपाई नै तर्फराज्नु होस । छाडेको मोहि लिनुहुन्छ । कारण जग्गा समथर चाकिल्ला मिलेको थयो । र जग्गैबाट मोटर सडक थियो । तसर्थ जति जसले लिए पनि सडक परिनै हाल्दथ्यो । कुनै आपत्ति थिएन । तर मोहि र जग्गा जधिका कुरा चितवनवालाहरुले वुझेनन । कारण त्यहाँ मोहि, जग्गा भन्ने बिषय अलि नौलो रहेछ । फेरि मैले म्याद बुझ्नुहोस र वकिलसंग  सल्लाह गरि हाजिर हुन आउनुहोस् भने । जग्गा  भक्तपुरको धनी अन्य जिल्लाका हुनाले तामेली मै झन्झट भएको । आखिर म्याद वुझेनन । बेपत्ते म्याद तामेल गर्न लगाई काम सकि त्यहि दिन चितवनबाट चिठ्ठी समेत लिई भक्तपुर आइयो । बिडम्वना भोली म उसको साथ लागेर भुमिसुधार जान सकिन । चिठ्ठी दर्ता भै कार्यान्वयन गर्ने कुरामा फेरि सार्वजनिक सुचना प्रकाशित गराउनु पर्छ भने भनेर अलाङ्ग टल्याङ्ग गरिदिई राखेछ । कहिले हाकिम नहुने, कहिले फाँटवाला नहुने । गरिव किसान दैनिक अड्डा धाईरहन नसक्ने । फेरि उहीँ रोग ढिल्ला सुस्ति त हुने नै भयो । उसको बास बनाउने कार्यमा र यति ढिलासुस्थी गैर जिम्मेवारीपनले म फेरि रन्थनिय । यहि कुरालाई उसले महशुस गरेको जस्तो बहाना पत्ता पाएँ ।
२०७२ सालमा दर्ता भएको बाडफाँको तामेली पनि सात बर्षसम्म नसकिएको यो उदारहण छ । भक्तपुर फेरि फटाफट पनि दिन सक्छन् । उनीहरु त्यस्मा चाहिँ  कुरा बेग्लै छ बुझे हुन्छ  ।...

All Comments.......


Please Login/Register To Comments