वागीश्वरी स्कुलले वितरण ग¥यो एकैवर्षमा ६७ लाख भन्दा वढीको छात्रबृति


असार २९, २०७८, मङ्गलबार | विहान ११:०९ बजे | 55


वागीश्वरी स्कुलले वितरण ग¥यो एकैवर्षमा ६७ लाख भन्दा वढीको छात्रबृति

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुरले २०७७ सालको एक वर्षमा कक्षा ११ र १२ मा मात्रै ६७ लाख भन्दा वढी रकमको छात्रबृति वितरण गरिएको छ । उक्त वर्षमा कुल ६७ लाख ७७ हजार पाँंच सय रुपैयाँं बराबरको छात्रबृति वितरण गरिएको स्कुलले जनाएको छ ।
स्कुलले राखेको तथ्यांक अनुसार मेधावी कोटामा ७५ जना विद्यार्थीले २४ लाख ११ हजार सात सय रुपैयाँंको छात्रबृति वितरण गरिएको छ । भक्तपुर नगरपालिबाट पठाएकोमा ३७ जनाले ६ लाख ७९ हजार दुई सय रुपैयाँंको छात्रबृति वितरण गरिएको छ । सन्तीबृति छात्रबृति कोटाबाट ६ जनाले एक लाख ५० हजार र्दुइ सय रुपैयाँंको छात्रबृति पाएका छन् ।
कोभिड छुट अन्तर्गत एक हजार एक सय २२ जना विद्यार्थीले २९ लाख ४२ हजार चार सय रुपैयाँं बराबरको छात्रबृति रकम पाएका छन् । साथै वागीश्वरी दुई महिनाको छात्रबृति अन्तर्गत एक सय आठ जनाले दुई लाख ९६ हजार रुपैयाँं बराबरको छात्रबृति पाएका छन् । २३ जना सिफारिक भइ आएका विद्यार्थीलाई एक लाख ६० हजार बराबरको छात्रबृति प्रदान गरिएको छ । साथसाथै एसईई सर्टिफिकेटको आधारमा एक सय ३८ जना विद्यार्थीलाई एक लाख ३८ हजार बराबरको छात्रबृति वितरण गरिएको छ ।
विद्यालयको कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले यो वर्ष पनि यी छात्रबृतिहरु वितरण गरिने जनाए । प्रत्येक वर्ष यति वढी राशीमा निरन्तर छात्रबृति वितरण गर्दै आएको जानकारी उनले गराए ।

Comments