इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले जित्यो युरोकप


असार २८, २०७८, सोमबार | विहान ०१:५८ बजे | 15


इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले जित्यो युरोकप

इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै इटालीले युरोकप २०२० को उपाधि हासिल गरेको छ।
सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो।

पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इंग्ल्यान्डका दुई प्रहारलाई विफल पारेका थिए। इंग्ल्यान्डको एउटा प्रहार भने पोस्टमा लागेको थियो।

पेनाल्टी सुटआउटमा इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए।
यस्तै इंग्ल्यान्डका रास्फोर्डको प्रहार भने पोस्टमा लाग्यो। लगत्तै इंग्ल्यान्डका जाडोन सान्चोको प्रहारलाई इटालियन गोलकिपर डोन्नरुम्माले विफल पारे।

इटालीका पाँचौ पेनाल्टी हानेका जोर्गिन्होको प्रहारलाई पनि इंग्लिस गोलकिपरले विफल पारे।

इंग्ल्यान्डका लागि पाँचौ पेनाल्टी प्रहार गरेका बुकायो साकाको प्रहारलाई इटालीलाई गोलकिपर डोन्नरुम्माले छेक्दै आफ्नो टिमलाई विजयी बनाए।

पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे। इंग्ल्यान्डका ह्यारी केन र ह्यारी माग्युर मात्र पेनाल्टीमा सफल भए।युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो।

Comments