ब्र्राजिललाई हराउर्दै अर्जेन्टिनाले जिते कोपा अमेरिका उपाधि


असार २७, २०७८, आइतबार | विहान ०२:५८ बजे | 40


ब्र्राजिललाई हराउर्दै अर्जेन्टिनाले जिते कोपा अमेरिका उपाधि

आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको छ। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो।

सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए। मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।


ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए।
पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन। खेलको ५२ मिनेटमा ब्राजिलका रिचार्लीसनले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए।

५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए। खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए।

अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो। पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो।

Comments