५५ वर्षपछि डेनमार्कलाई पराजित गर्दै युरोकपको फाइनलमा इंग्ल्यान्ड


असार २४, २०७८, बिहीबार | विहान ०२:३१ बजे | 5


५५ वर्षपछि डेनमार्कलाई पराजित गर्दै युरोकपको फाइनलमा इंग्ल्यान्ड

युरोकप फाइलनमा इंग्ल्यान्ड पुगेको छ । बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो। युरोकप २०२० को उपाधि नजिक पुगेको छ।
इंग्ल्यान्डले युरोकपमा पहिलो पटक फाइनलमा पुगेको हो। यस्तै इंग्ल्यान्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो।
खेलको १०४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए। उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ गोलले अघि बढाएका थिए।
डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए।
अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो।
सन् १९६६ मा भएको विश्वकपको फाइनल खेलेपछि इंग्लिस फुटबल टिम मुख्य प्रतियोगितामा लगातार चुक्दै आएको थियो।

Comments