एउटा सिने युगको अन्त्य
असार २४, २०७८, बिहीबार | विहान १२:३८ बजे | 20
सुनिल सापकोटा
भारतका हिन्दी सिनेमाका चर्चित महानायक भनेर चिनिने बुढा दिलिपकुमारको हिजो ९८ बर्षको उमेरमा मृत्यु भएको समाचार सुन्दा उनको बारेमा केही कुराहरु पोख्दै उनलाई सर्वप्रथम हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । हुनत दिलिपकुमार मेरो जमानाको फिल्म हिरो न भइ मेरो बुवाको जमानाका हिरो भएपनी आज भन्दा करिब ४५÷५० बर्ष अगाडि म सानो हुँदा बुवा आमा सङ सिनेमाहलमा गइ उनको कतिपय फिल्महरु हेरेको थिए , जो अहिले सम्म पनि मेरो स्मरणमा सेलाउनु पाएको छैन । विगत सन् १९४५ – ५० तिर दिलिपकुमार उर्फ युसुफ खानको भारतिय सिने जगतमा उदय भएको थियो । हिन्दी सिनेमा मा त्यो बेलाको उनको अभिनय कलाले एउटा नयाँ दिशा प्रदान गरेको पाइन्छ । अभिनय कलामा जोड जोडले न कराइकन पनि , हातखुट्टा बढी न चलाएर पनि , आफ्नो अनुहार र आँखाको भाव भंगिमा द्वारा चुपचापले राम्रो सङ अभिनय गर्न सकिन्छ भन्ने सन्देश त्यो बेला उनले अभिनय कला बाट प्रदर्शन गरेका थिए । त्यो बेला उनलाई “ ट्रेजेडि किङ “ पनि भनिन्थ्यो । आफ्नो ६ दशक लामो अभिनय यात्रामा उनले कैयौं फिल्महरु खेले र अभिनयको उचाई र गहराइहरु लाई छोए। उनले भारतिय हिन्दी सेनेमा मा आफ्नो उत्कृष्ट अभिनय कलाको छाप छोडेको पाइन्छ ।
उनी अत्यन्त राम्रो अभिनय गर्ने र चर्चित कलाकार भएकाले भारत सरकारले उनलाई सिनेमाको सर्बोच्च सम्मान “ दादा साहब फाल्के पुरस्कार “ का साथै सन् १९८० मा मुम्बईको शेरिफ पद र सन् २००० मा राज्य सभाको सांसद पद पनि सम्मान स्वरुप प्रदान गरेको थियो। यसका अतिरिक्त पाकिस्तान सरकारले पनि उनलाई सर्बोच्च सम्मान “ निशान – ए – इम्तियाज “ दिएको थियो र उनको पाकिस्तान स्थित पैतृक घर लाई रास्ट्रिय धरोहर घोषित गरेको पाइन्छ ।
अन्त्यमा , उनी विगत धेरै दिन देखि बिरामी थिए । अल्जाइमर रोगले ग्रसित थिए। उनको बारेमा धेरै कुराहरु छन लेख्ने । लेख्दा लामो हुन्छ । यो सानो फेश बुकमा के लेखी रहुँ । फेरि पुनः हार्दिक श्रद्धाञ्जली ।