काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरोकप २०२० को फाइनलमा इटली प्रवेश गरेको छ ।इटली सन् २०१२ पछि युरोकपको फाइनल पुगेको हो ।
स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४–२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाएका थिए । तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो ।

त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे । निर्धारित समयमा गोल गरेका अल्भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाए । क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमै हराएको स्पेन इटलीविरुद्ध भने त्यही प्रदर्शन दोहो¥याउन सकेन ।

त्यो बेला इटली स्पेनसँग फाइनलमा पराजित भएको थियो । यस युरोकपमा खेलेको ६ वटै खेल जितेको इटलीले अपराजित यात्रालाई ३३ खेलसम्म पु¥याएको छ । विश्वकप र युरोकपमा गरेर स्पेन पहिलो पटक सेमिफाइनलमा हारेको हो । जर्मनीसँगै सर्वाधिक ३ पटकको युरोकप विजेता स्पेनको चौथो पटक उपाधि जित्ने लक्ष्य यस पटक पूरा नहुने भएको छ । इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

...

All Comments.......


Please Login/Register To Comments