टाईम पास ः बुद्ध ज्ञान


असार १९, २०७८, शनिबार | विहान ०८:२९ बजे | 10


टाईम पास ः बुद्ध ज्ञान

सुनिल सापकोटा

बुद्ध दर्शनको सारलाई जम्मा  ५५ बुँदामा छोटकरीमा निम्न बमोजिम प्रस्तुत गरेको छु । यस्मा गल्ती त्रुटिहरु भए माफ गर्नु होला।

बुद्ध दर्शनमा
–––––––––––––––––
चार – आर्य सत्य
पाँच – पंचशील
आठ – अष्टांगिक मार्ग
अड़तीस – महामंगलसुत

८ बुद्धको  चार आर्य सत्य

१. दुनियाँमा  दुःख छ
२. दुःखको  कारण छ
३. दुःखको  निवारण छ
४ . दुःख निवारणका उपायहरु छन            

८ पंचशील

१. झूठ न बोल्नु
२. अहिंसा
३. चोरी न गर्नु
४. व्यभिचार न गर्नु र
५.  नशापान÷मद्यपान न गर्नु
                   
८ अष्टांगिक मार्ग

१. सम्यक दृष्टि (दृष्टिकोण)
२. सम्यक संकल्प
३.सम्यक वाणी
४. सम्यक कर्म
५. सम्यक आजीविका
६. सम्यक व्यायाम
७ सम्यक स्मृति
८. सम्यक समाधि     
बुद्धले ३८  प्रकारको  मंगल कर्म भनेका छन , जसलाई महा मंगल सुतक्क नामले बुझिन्छ । जो निम्न प्रकार छन ।

१. मूर्खहरु सङ संगत न गर्नु
२.  बुद्धिमानहरु सङ संगत गर्नु
३ . शीलवानहरु  सङ संगत गर्नु
४. अनुकूल स्थानमा निवास गर्नु
५ . कुशल कर्मको संचय गर्नु
६. कुशल कर्ममा लाग्नु
७ .धेरै ज्ञानहरुको संचय गर्नु
८. तकनीकी विद्याहरु तथा शिल्प ज्ञान आर्जन गर्नु
९. व्यवहार कुशल एवं विनम्र हुनु
१०. विवेकवान हुनु
११. सुंदर वक्ता हुनु
१२. माता पिता लाई  सेवा गर्नु
१३. पुत्र–पुत्री–स्त्री लाई  पालन पोषण गर्नु
१४. अकुशल वा खराव कर्महरु न गर्नु
१५. बिना कुनै अपेक्षाले दान दिनु
१६. धम्मको  आचरण गर्नु
१७. नातागोताहरुको आदर सत्कार गर्नु
१८. कल्याणकारी कार्यहरु गर्नु
१८. मन, शरीर तथा वचनले परपीड़क कार्यहरु न गर्नु
२०. नशालु पदार्थहरुको सेवन न गर्नु
२१. धम्मको  कार्यहरुमा तत्पर रहनु
२२. गौरवशाली व्यक्तित्व बनाइ राख्नु
२३. विनम्रता बनाइ राख्नु
२४. पूर्ण रूपले  संतुष्ट हुनु अर्थात तृप्त हुनु
२५. कृतज्ञता कायम राख्नु
२६. समय समयमा  धम्म चर्चा गर्नु
२७. क्षमाशील हुनु
२८. आज्ञाकारी हुनु
२९. भिक्षुहरु र शीलवान पुरुषहरुको दर्शन गर्नु
३०. मनलाई  एकाग्र गर्नु
३१. मन लाई निर्मल पार्नु
३२. सधैं जागरूकता बनाइ राख्नु
३३. पाँच वटा ( शिलहरु ) आचरणको  पालन गर्नु
३४. चार आर्य सत्यहरु लाई बुझ्नु
३५. आर्य अष्टांगिक मार्गमा हिंड्नु
३६. निर्वाण लाई साक्षात्कार गर्नु
३७. लोक धम्म लाभ हानि, यश अपयश, सुख–दुख,जय–पराजय बाट  विचलित न हुनु
३८.  शोक न गरि , निर्मल एवं निर्भय हुनु

Comments

ताजा खबर