युरोकप ३ पटक विजयी हासिल गरेका स्पेनसंग प्रतिस्पर्धा गर्दै स्वीट्जरल्याण्ड


असार १८, २०७८, शुक्रबार | विहान ०३:५८ बजे | 25


युरोकप ३ पटक विजयी हासिल गरेका स्पेनसंग प्रतिस्पर्धा गर्दै स्वीट्जरल्याण्ड

काठमाडौं । युरोकपमा शुक्रवारदेखि क्वाटरफाइनल खेल सुरु हुँदैछन् । आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुनेछ ।
राति ९ः४५ बजे हुने खेलमा पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र  ३ पटक युरो कप जितेको स्पेनबीच रुसको सेन्ट पिटर्सवर्गमा भिडन्त हुनेछ ।
अन्तिम १६ को खेलमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको स्वीट्जरल्याण्ड उच्च मनोवलका साथ खेल्ने छ ।
साथै आजै मध्यरातमा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुनेछ । जर्मनीको म्युनिकमा हुने सो खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ ।
सन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको स्पेनले १९६४ को दोस्रो संस्करण, सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि उचालेर किर्तिमान बनाएको थियो । आजै मध्यरातमा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुनेछ । जर्मनीको म्युनिकमा हुने सो खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ ।
विश्व बरियताको शिर्ष स्थानमा रहेको बेल्जियम र अर्को दावेदार टोली इटाली चालु प्रतियोगितामा शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका हुन् । छनोटका खेलमा पनि दुवै टोलीले सबै १० खेल जितेका हुनाले यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । इटाली लगातार ३१ खेलमा अपराजित छ ।

पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खानुअघि इटलीले लगातार ११ खेलमा कुनै गोल खाएको थिएन । सन् १९६८ को युरोकप विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो । यसअघि फ्रान्समा सम्पन्न युरो कपमा भने इटली क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

Comments