आज असार १५ अर्थात् दही चिउरा खाने दिन


2020-06-29 02:28:57

कल्पना महर्जन
असारको महिनाको १५ गतेको सम्झनाले पनि सबैको आँखा अगाडि नाच्ने पहिलो दृष्य भनेको हिलोमा काम गर्नु र दहीचिउरा खानु हो । मानो रोपेर मुरी फलाउने दिनका रुपमा यस दिन अधिकांश स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । किसानको मनोबल उच्च राखी उनीहरुको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने परम्परा बसालेको छ । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेका धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रपमा मनाउने गरेको हो । असार १५ लाई धान रोपाइँ र दही चिउरा खाने पर्वको रुपमा मनाइन्छ । नेपालमा कतिपय पर्व संस्कृतिहरु खाने कुराले पनि चिनिन्छ । असार १५ दही चिउरा, १५ साउनमा खिर । त्यतिमात्र होइन, जनै पूर्णिमाको दिन क्वाँटी, माघेसंक्रान्तिको दिन तरुल घिउ, चाकु, मंसिर पूर्णिमाको दिन योमरी खाने परम्परा रहेका छ । खेतमा रापाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनको रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरु बताउँछन् । यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता पक्कै प्रदान गर्छ नै । दहीमा कार्बोहाडडे«ट, चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै आलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ, जसले शरीरलाई फाइदा गर्छ । असारको गर्मीमा खेलतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोश पनि प्रदान गर्छ । नेपाली संस्कृतिमा पनि दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यको लागि घर बाहिर निस्कने, विदेश जाने, दिन आदि महत्वपूर्ण काम गर्नु अघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाई गरिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थयकर्मी कहाँ जानु नपर्ने बताएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेको बेलामा दही च्यूरा खाएमा औषधिको काम गर्छ । नेपालीको जीवनशैली अहिले दिन प्रतिदिन रुपान्तरित भइरहेको छ । हप्ताको एकचोटि बिदा मनाउन घर बाहिर निस्कने संस्कारको विकास अहिले तीव्र रुपमा भइरहेको छ । विभिन्न कार्यक्रम बनाएर भ्रमणमा निस्कने अहिले फेशन जस्तै बनेको छ, जुन सकारात्मक पक्ष हो । अबको हाम्रो पहल भनेको यसरी निस्ने ब्यक्तिको लागि गन्तब्य स्वरुप हाम्रा गाउँगाउँ र बस्ती बस्तीमा प¥ुयाउन सक्नुपर्छ । आधुनिक प्रविधिमा मस्त रहने शहरका ब्यक्तिहरुलाई कम्तीमा पनि वर्षको एक दिन लाई भए पनि हलो, कुटो, कोदालो समाएर रमाउने वातावरण तयार पारिनु पर्छ । प्राकृतिकरुपमा सुन्दर, विविधतायुक्त तथा सहयोगी स्वभावका जनजातिहरुको वस्ती भएका मुलुकका केही स्थानहरु ग्रामीण कृषि पर्यटन केन्द्रको रुपमा विकास हुन थालेको परिप्रेक्ष्यमा ग्रामिण अर्थतन्त्रलाई सबल बनाउँदै रोजगारीका थप अवसरहरुको श्रजना गरी गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले महानगरपालिका र उपमहानगरपालिका र नगरपालिका र गाउँपालिकाहरुमा सम्भावित कृषि पर्यटन स्थानको पहिचान गरी सहकारी सहयोगको साथै निजी क्षेत्रको सक्रिय सहगागितामा कृषि पर्यटन कार्यक्रम सँचालन गर्नका लागि निजी क्षेत्रसँगको साझेदारीमा प्रतिस्पर्धामा आधारित अर्गानिक कृषि पर्यटन, अर्गानिक भिलेजर ःयमभचल न्चभभल त्यगच ख्ष्ििबनभ  स्थापनाको लागि ५० प्रतिशत अनुदान कार्यक्रम कार्यन्वयन गर्नको लागि कृषि पर्यटन प्रवद्र्धन कार्यान्वयन कार्यविधि, २०७४ स्वीकृत गरी लागु गरिएको छ । ग्रामिण क्षेत्रमा प्रमुख रुपमा प्राकृतिक, दिगो, तथा जैविक कृषिमा आधारित भइ ग्रामिन जीवन, कला सँस्कृति तथा सम्पदाहरुको प्रवद्र्धन मार्फत स्थानीय समुदायलाइ आर्थिक एवं सामाजिक रुपमा लाभ प्रदान गराउन कृषि पर्यटनको नारा लिएको धेरै समय वितिसक्दा पनि सम्बन्धित किसानहरु भने यो कुराबाट अनविज्ञ छन् । त्यसैले कृषि पर्यटनको बारेमा जनतालई सुसूचित गराई प्रवद्र्धन गर्न सक्नुपर्छ । कृषि पेशाा आम नेपालीमा हेलाको हिसाबले हेरिने पेशा बनेको छ । तसर्थः राज्यले कृषि पर्यटनको विकासमा यथोचित ध्यान दिन सकेको खण्डमा कृषि सबैको रोजाईको विषय बन्नुको साथै नेपालको समृद्धिका लागि कोशेढुङ्गा समेत सबित हुन्सक्छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *