नेताहरु जसरी भएपनि देश र जनताको सेवामा समर्पित हुनुपर्ने
जेठ १८, २०७८, मङ्गलबार | विहान ०२:२४ बजे | 15
पाठक पत्र
आज जेठ १७ कान्तिपुर टेलिभिजनले राष्ट्रपतिले कोभिड १९ विरुद्ध लगाउने खोपको लागि राष्ट्रपतिको पहललाई लिएर मूर्ख बुद्धिजीवीहरुलाई अगाडि सारेर समारोही राष्ट्रपति सकृय बनाउन खोजेको समाचार आयो । त्योसंगै नेपाली कांग्रेसले पनि खोपको लागि राष्ट्रपतिको पहलको विरोध गर्यो । जनता खोप नपाएर इन्तु न चिन्तु भएको बेला साथै कोभिड १९ संक्रमितहरुको मृत्यु बढी रहेको बेला जनतालाई कसरी खोप ल्याउने बारे कांग्रेस आफैले पनि पहल गरी जनताको सेवा गर्ने सोच ल्याउनु पर्ने हो । शेर बहादुर देउवाको अमेरिकासंगको सम्बन्ध राम्रै भएको अथवा अमेरिकी दलालको रुपमा प्रस्तुत गर्ने गरिन्छ भने प्रचण्डलाई कथित जनयुद्धमा भारतबाट हतियार ल्याएर सशस्त्र आन्दोलन गरेकोले भारतीय दलालको रुपमा सबैले आरोप लगाउने र उनीहरु दुवै ती देशहरुमा राम्रै उठबस छ । त्यसैले ती देशहरु अमेरिकामा शेर बहादुर र भारतमा प्रचण्डले खोपको लागि थप पहल गरे जनताले राहत पाउने थियो । जसरी भएपनि देश र जनताको सेवामा समर्पित हुनु पर्ने नेताहरु राजनीतिलाई फोहर बनाउन कुनीतिमा लागेको देखियो भने दलीय झगडालाई जनतालाई मुछेर जनतामारा काम कोहीं कसैलाई सुहाउने काम होइन यसले सरकार विरोधि जनताहरुलाई समेत चसक हुने गरी सत्तालिप्सा, पदको मोलमोलाई, चुनावि राजनीतिले जनतालाई दुख हुने अभिव्यक्ति दिनु स्वय्म जनताको नजरमा आफ्नो कद घटाउने हुन्छ । जनताको मत पाउने भन्दा तिरस्कार हुने काम गर्नु शासक दलहरुलाई सुहाउँदैन । दलहरुको आआफ्नो राजनीतिक सिद्धान्तहरु होला । ती सिद्धान्तमा पनि जनताको सुख सुविधा सबै पार्टीहरुको प्रथामिकतामा पर्ने नै हुनुपर्छ । त्यसैले सरकारको विरोध, राष्ट्रपतिको विरोध गर्ने नाममा अराजनैतिक कृयाकलापमा संलग्न नहुन र सके विभिन्न देशहरुसंग विभिन्न पार्टीहरुले कुटनीतिक सम्बन्ध राखी खोप ल्याउन सबैले पहल गरौं । यसले सबै पार्टी, देश र जनताको हित हुन्छ । खोप पायो भन्ने कांग्रेस, माओवादीलगायत सबै जनताले खोप लगाउन पाउने छ । कोभिड १९ विरुद्धको युद्धमा विजय हासिल गर्न सक्ने छ । सरकार र राष्ट्रपतिको विरोधै गर्नु परे अरु विषय वा देश र जनताको अहित हुने गरी ल्याएको नागरिकता अध्यादेश, एमसिसि लगायत विषयमा आआफ्नो राजनैतिक सिद्धान्तमा नमिलेको कुरामा विरोध गर्दा जनताले पनि समर्थन गर्ला कि ?
टेजा भक्तपुर