वर्तमान महामारीको निराकरण
जेठ १६, २०७८, आइतबार | विहान ०३:२७ बजे | 30
हरिप्रसाद बराल (हरिओम बाबाजी महाराज)
विश्व सृष्टिको पहिलो दिन आइतबार थियो । अक्षय तृतीयको दिन पारेर जनंमेजय राजगद्धिमा बसेका दिन देखि कलियुयको सुरुवात भएको कुरा पौराणीक कथामा पाइन्छ । यस्ता प्रकृतिजन्य स्थायी वा अस्थायी रोग (हैजा) सातहजार दुई सय वर्ष पहिले रामको पालामा र पाँचहजार दुई त्रिचालिस वर्ष तिर कृष्णको पालामा पनि थियो । यो कुरा ऋगवेद १०।९।३।१४ मा उल्लेख छ । यो अहिलेको कोभिड १९ एउटा हैजा मात्र हो । डराएर हाउगुजी बनाए । वि.सं. १९७६ मा पनि आठ दिने यस्तै हैजा आएको थियो । त्यतिबेला नै लेखेको रहेछ सय वर्ष पछि १४ दिने हैजा मानिसबाट मासिनमै सर्ने औषधि पत्ता नलाग्ने आउने छ । नेपालमा बस्नेहरुले डराउनु पर्दैन । यो देशको हिमाली भेगमा औषधि मात्र छ । यो देश हर भनेका शिव र हरि भनेका विष्णुको जन्म थलो खेलमैदान हो । त्यसैले ऋषिमुनिहरुले अभिष्ट सिद्धि प्राप्त गर्ने ठाउँको रुपमा रोजेका थिए । पूर्वीय दर्शनलाई मनन गर्ने हो र प्रकृतिको नियमको पालना गर्दै इन्द्रियका वेगलाई नरोक्ने हो भने यहाँ रोगै लाग्दैन । यसको अध्ययनबाट अंहकार, राग, द्वेश, मोह, मद, ईष्या, क्रोध, दम्भ, लोभ, काम, भय, भ्रम, आलस्य जस्ता घातक तत्वलाई निस्तेज गर्ने सक्ने दम छ । अतः पूर्वीय दर्शनको निर्देशनलाई अनुसरण गर्दै म को हुँ, कहाँबाट आए, कहाँ जानेछु, मेरो कर्तव्य के ? भन्ने विषयमा गम्भिर भएर सोचौं । जीवन धन्य बनाउँ ।
तथाकथित कोभिड १९ हैजाको नियन्त्रण र निर्मुल गर्न सकिन्छ । प्रातः ब्रम्ह मुहुर्तमा उठने, आभ्यन्तर सुद्धि (प्रसन्न मन( बाह्य सुद्धि पानीका स्रोतहरु घरआँगन टोलको सफाइ गरी पर्यावरण शुद्ध राख्ने । त्यस पछि तामाका पात्रमा तिल, जौ, कुश, चन्दन, अक्षता, फूल, बोटैसँग कालो तुलसी र पानी राखी आफ्नो शिर ब्रम्हरंघ्र (क्इँत् क्एइभ्) र नाभिमुनि रहेको कुन्डलीनिसम्म सोजो सम्पर्क हुने हुँदा शिरमा पवित्र जल सेचन गरी न्यास प्राणायाम (अनुलोम विलोम) गर्ने र ध्यय बस्तुलाई नाकको सिधा, भृकुटीको माजमा वा ह्रदयमा मनसा कर्मना वाचा एक टक लगाएर थोरै समय भएपनि ध्यान गर्ने । कुन्डलीनि जागृत नगरी गरिएको ध्यानमा ध्यय बस्तु प्राप्त हुने छैन । अब आफ्नो परिवारका सबै सदस्यहरुलाई त्यो पवित्र जलले सेचन गरिदिने र घरको कोठा चोटा आँगन सबैतिर जल छर्किदिने । त्यसपछि बज्ने शंख तीनपटक बजाउने । शंखको आवाज र तुलसीको बास्ना जहाँसम्म पुग्छ त्यहाँसम्म संक्रामक किटाणु स्वतहः मर्दछन भनि अथर्बवेदमा उल्लेख भएको कुरा प्रविधिको युगमा विज्ञानले पनि स्विकारीसकेको अवस्था हो । हुनत विकसित समृद्ध राष्ट्रका वैज्ञानिक पनि अहिलेको विशम परिस्थितिलाई देखेर चुप बसेका छैनन । अन्तमा पूर्वीय दर्शनलाई नै पछ्याउने छन् । अतः यो हैजाबाट प्रभावित भइयो भने मन तातो पानीमा सिघो नुन वा फट्किरी घोलेर घाँटिसम्म खोकलने र बोजोको टुक्रा मुखमा राख्ने गुरजोको रसले पनि जाति हुन्छ । तर अल्परक्त चाप (एचभककभच ीयध) हुनेलाई गुरजो, जन्डिस हुनेलाई मदिरा गर्भिनीलाई गोमुत्र (गउत) विष बराबर हुनेछ ।
अहिलेको विषम परिस्थितिमा जनता दोहोरो मारमा छन् । प्रशासनको निषेधाज्ञा र नेताको कुर्सिमोहले रोगले भन्दा भोकले जनता मार्न पाइन्न । सरकार कहाँ निदाएको छ । यिनै अवस्थालाई मध्यनजर गरेर २०७७ साल जेष्ठ ११ गते देखि विभिन्न मठ मन्दिर देवालय शिवालय माङहिम गुम्बा चर्च मस्जिदमा ध्यान तप जप गरि कोभिड १९ केहो यसबाट संसारका सात अर्ब मानिसलाई कसरी बचाउने भनेर, प्रभावितहरुलाई निशुल्क उपचार गर्दै आएकोमा दोहोरीएको हैजालाई निमूर्ल पार्न २०७८ जेष्ठ ५ गते देखि भक्तपुर दुधपाटी स्थित सिद्धपोखरीमा पूर्वीय दर्शनको निर्देशन अनुसार पाठ पूजा न्यास ध्यान र जप गरिरहेको अवस्था मेरो छ । यो आध्यत्मिक कर्मबाट क्रमश प्रभावितको संख्या र मर्नेहरुको संख्या राष्ट्रिय तथ्याङ्कका आधारमा घटिरहेको आभास पाइएकोछ । ११ दिन पछि यो हैजा निस्तेज हुने विश्वास गरिएकोछ । वेदका छ अङग मध्ये ज्योतिष आँखा हो । ज्योतिषका मूलभूत सिद्धान्त छकि आकाशिय पिण्डका प्रभाव सम्पूर्ण ब्रम्हाणड र मानव संसारमा पनि पर्दछ । चित्राणी शाकंम दिविरोचनानि शरिसृपाणी भुवने जनानी । भुर्भिसंम सुमति मिच्छमानो अहानि गीर्भिः सपर्या भिनाकंम अर्थव १९।८।१ । तुलसी कसैको जातिय वनस्पति नभएर प्राणीमात्रको प्राण हो । सबैले घरमा मठ बनाएर रोप्नु होस् ।
मानव कल्याण हेतु गरिएको यो कर्मका लागि कहि कसैबाट आर्थिक सहयोग प्राप्त भएको छैन । भक्तपुरका प्रजिअको आश्वासनले कर्म थालेको हो । कर्म गर्दाका प्रत्यक्षदर्शीहरु मेरा अन्नय मित्र भक्तपुर न.पा. ४ का डा. इन्दुल के.सी. पक्का टोल निवासी लक्ष्मी मल्ल, सानु बौद्धाचार्य, अमित सुवाल, सीतादेवी प्रजापति र विजयलक्ष्मी । प्राचिनकाल देखि भक्तहरु बस्ने ऐतिहासिक मन्दिरै मन्दिरको शहर (ख्वप) सफा टोलै पच्छिे एउटा मन्दिर एउटा पोखरी नित्य प्रातः यहाँका महिलाहरु पूजापठमा तल्लिन छन् । यहाँका जनता सिधासोजा हुनाँले फेरी निकट भविष्यमा नेपालको राजधानी हुने बलियो सम्भावना भएकोले भक्तपुरलाई नै कर्मथलो बनाइएको छ । माथि उल्लेख भएका कामकुराका बारेमा नेपाल सरकार र सयुक्त राष्ट्र संघले केहि कदर गर्छ होला ।