कहिले हुन्छ हाम्रो वोर्ड परीक्षा ?
जेठ १३, २०७८, बिहीबार | विहान ०४:०९ बजे | 15
सरिता तामाङ
विश्व्ब्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबै क्षेत्रलाई जस्तै शिक्षा क्षेत्रमा पनि ठूलो प्रभाव पारिरहेको छ । विद्यालयमा उपस्थित भएर आर्जन गर्ने विद्यार्थीलाई घरैबाट अनलाइनमार्फत शिक्षा लिन समस्या छ । देशभर जारी गरिएको निषेधाज्ञाका कारण विद्यार्थी विद्यालय जानाबाट बन्चित छन् । विद्यालयहरुले वैकल्पिक माध्य्ममार्फत शिक्षा दिदै आए पनि त्यो प्रभावकारी हुन सकिरहेको छैन ।
कतिपय विद्यार्थीहरु इन्टरनेटको पहुँचभन्दा टाढा छन् । जसले गर्दा सबैमा समान रूपमा शिक्षा पुगिरहेको छैन । आहिले कक्षा १२ सम्मका कक्षाहरु अनलाइनमार्फत संचालन हुँदै आएका छन । तर, दुर्गमका विद्यार्थीहरु यसको पहुँचबाट टाढा छन् । त्यतिमात्र होइन, विपन्न विद्यार्थीका लागि पनि ईन्टरनेट र ल्यापटप वा मोबाइलको सुलभता कठिन छ ।
कक्षा १२ सम्मका कक्षाहरु आन्तरिक मूल्यांकन गरी कक्षा माथि उकाले पनि स्नातक (ब्यचलर ) तह २०७६ मा भर्ना भएका विद्यार्थीहरुले पछिल्लो २ बर्षदेखि बोर्ड परिक्षा दिन पएको छैन । एउटै कक्षामा ३ वर्ष बस्नु परेको छ । यो रहर होइन । बध्याता हो । यस्तै पारा हो भने स्नातक तह पूरा गर्न ११÷१२ बर्ष लाग्न नि बेर छैन । दुई बर्ष त्यसै खेर गएकोमा हामी स्नातक पढ्ने विद्याथिहरु अत्यन्तै चिन्तित छौं ।