टोल टोलमा गएर कोरोना परिक्षण गरौं


जेठ ५, २०७८, बुधबार | विहान ०१:१५ बजे | 45


हामी यसरी कसरी बन्द कोठा भित्र कति दिन सम्म रहने । अब त खानलाई गाँस समेत सकिन लाग्यो । गोजी रित्व भइसक्यो । बाआमा, छोराछोरी, श्रीमतिको अनुहार हेरर मन भकानो भएर फुत्ला जस्तो भइसक्यो । भोलिको दिन सम्झेर । छोराछोरीले बा मलाई त्यो चाहियो भन्ला , बाआमाले छोरा आज मासु भात खाउन है कति दिन भइसक्यो पहिला हप्ता हप्ता दिनमा खान्थो, श्रीमतिले मेरो अवस्था हेरेर तुलुतुलु हेरिरहने अवस्थाबाट भकानो फुटेर रुन मन लागेको छ । हे सरकार यो निषेधाज्ञा आखिर कहिले सम्म हो ?
 अब न नयाँ समाचर पो बनेर आउला कि भनेर पो सोच्न पर्ने अवस्था आएको छ । कोरोनाको कारण भोगभोकै मरे फलानो । यस्तो दिन आउन लागि सक्यो । दिन रात काम गरि परिवार पाल्नु पर्ने मजस्तो कयौं व्यक्ति अब भोकभोकै मर्नु पर्ने अवस्था आउको छ ।
यतिबेला सरकार केबल सत्ताको राजतिनिक केन्द्रीय हुँदा जनताको बास्तविक अवस्था सम्म पुग्नै सकेको छैन । अब को मन्त्र बन्ने हो , कसलाई निकाल्ने हो भनि मात्र सकार लागि परेको छ । कोरोनाको गुरु योजना खाइ ? निषेधाज्ञा मात्र विकल्प होइन । यो त एउटा भाइरसबाट नयाँ भाइरसको उत्पति हुँदै जान्छ अहिले मात्र तीन किसिमका कोरोना भाइरसको नयाँ रुप देखा प¥यो भन्दै छ ,अब नयाँ रुप देखा पर्दै जान्छ के त्यति बेला सम्म हामी कोठा भित्र बस्ने हो ?
यो हुँन्दैन । यसरी हुँदैन सरकार । यो त अब सबै जनतालाइृ कोरोनाबाट मार्ने योजना भएन र कोरोना भन्दा पनि भोकले मर्नेको संख्या बुद्दि हुने छ । अब सरकारले टोल टोलमा कोरोना परिक्षण गर्नु पयो ।
अब हामीलाई पिच बाटो चाहेन , चहेन अहिले हामीलाई विकास पनि । अहिले हामीलाई कोरोनाबाट मुक्त पारिदेउ सरकार । गाउँ गाउँ टोल टोल गएर पिसिआर लिएर एकै बाजि को पोजितिप को नेगेटिप भनेर छुत्याएर  पोजितिप भएका टोल समुदायलाई सहि स्थानमा आवत जावत नगाराइ त्यस ठाउँमा सबै व्यवस्था मिलाए लागे देश कोराना मक्त हुनेमा विश्वस लागेको छ ।

Comments

ताजा खबर