छिटै परीक्षा संचालन गर्ने तयारीमा पोखरा विश्वविद्यालय
जेठ ३, २०७८, सोमबार | विहान ०५:३० बजे | 25
काठमाडौं । पोखरा विश्वविद्यालयले वैकल्पिक विधि अपनाएर भए पनि परीक्षा संचालनको लागि तयारी थालेको छ । विश्वविद्यालयले कुन वैकल्पिक विधि अपनाएर कसरी परक्षिा संचालन गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा समिति गठन गरेर तयारी थालेको हो ।
व्यावस्थापन संकायका डिन प्रा. हरि बहादुर खड्का संयोजक रहेको समितिले वैकल्पिक विधिमा कसरी परीक्षा संचालन गर्ने र परीक्षालाई मर्यादित कसरी बनाउने , कुन वैकल्पिक विधि अपनाउदा उपयुक्त हुन्छ भनि अध्ययन गरेर उपकुलपति प्रा.डा.प्रेम नारायण अर्याललाई र रजिस्ट्रार डा. डीपक बहादुर भण्डारीलाई रिपोर्ट पेश गरिसकेको छ ।
“गत बैशाख १७ गते देखि परीक्षा नियन्त्रकको पद रिक्त भएकोले परिक्ष समितिको बैठक बस्न नसकेको र परीक्षा सम्बन्धी काम हुन सकेको छैन । तुरुन्त परीक्षा नियन्त्रक नियुक्ति गरेर परीक्षा संचालन गर्ने प्रकृयामा रहेका छौं । त्यसैले परक्षिा सञ्चालन गर्न धेरै समय लाग्दैन खड्काले भन्नु भयो ।”
साथै कोभिड १९ का कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नहुँदा विद्यार्र्थी अफ्ठेरोमा परेको र अझ बढी अन्तिम वर्षका विद्यार्थीलाई नोक्सान भएका कारण ढिला नगरी विद्युतिय माध्यमबाट भएपनि परीक्षा संचालन गर्ने व्यावस्थापन संकायका डिन हरीखड्काले बताउनु भयो ।
कोभिड १९ को महामारी कहिले सम्म रहन्छ भन्ने एकिन नभएकोले पठनपाठन लगायत परीक्षाका कारण विद्यार्थीलाई कुनै तनाब र नोक्सान नहोस भनि विश्वविद्यालयले विकल्प खोजेको हो ।