काठमाडौं स्कुल अफ ल भक्तपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जेठ २, २०७८, आइतबार | विहान ११:०१ बजे | 80
भक्तपुर । काठमाडौं स्कुल अफ ल भक्तपुरले अन्तर्राष्ट्रिय रिपब्लीकन इन्ष्टीच्युट–नेपाल र यूएसएआइडिको सहयोगमा संघीय संसद र प्रदेश सभाहरूलाई अनुसन्धानमा आधारित नीतिगत सहयोग प्रदान गर्दै नेपालमा संघीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र सुनिश्चितता गर्न “नीति अनुसन्धान सहायता मार्फत लोकतान्त्रिक शासन सुदृढीकरण” नामक प्राज्ञिक परियोजनाको थालनी गरेको छ । यसबाट नीति र कानून बनाउने प्रक्रियासँग सम्बन्धित राष्ट्रिय तथा प्रदेशीय महत्वका कुनै विषयमा स्पष्ट पारीे लोकतान्त्रिक र पारदर्शी शासन व्यवस्था स्थापना गर्न सहयोग पु¥याउने अपेक्षा स्कुलले गरेको छ ।
यसै कार्यक्रम अन्तर्गत स्कुलले हालै विद्यार्थी सिकाइका वैकल्पिक उपायको सम्भावना ः बागमती प्रदेशको अध्ययन् नामक अनुसन्धान प्रतिवेदन हालै प्रस्तुत गरेको थियो । यस अनुसन्धानको माध्यमबाट कोरोना महामारीका कारणले सिर्जित लकडाउन र शैक्षिक संस्था बन्दले हुन पुगेको शैक्षिक क्षतिलाई न्यून गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकारले जारी गरेको मार्गदर्शनको परिकल्पना र योजना अनुरूप माध्यमिक विद्यालयमा विद्यार्थीको सिकाइ सहजीकरण यकिन गर्न र त्यसको सम्भावना मापन गर्न प्रयास गरेको स्कुलले जनाएको छ । यस प्रतिवेदनले भविष्यमा यस्तै प्रकारका महामारी र आपतकालिन परिस्थितिहरुले ल्याउन सक्ने संकटहरूको सामना गर्नसक्ने गरी शिक्षालाई आधुनिकीकरण गर्न र विद्यालयहरूलाई अत्याधुनिक प्रविधियुक्त बनाउन सरकारी नीतिहरुको परिमार्जन, सुधार र कार्यान्वयनका लागि महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने विश्वास स्कुलले लिएका छ ।
यसै सन्दर्भमा बागमति प्रदेशका सभामुख सानुकुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको आतिथ्यतामा बागमती प्रदेश सभाका सदस्य, प्रदेश सभा सचिवालयका कर्मचारीहरु, सामाजिक विकास मन्त्रालय र सम्बन्धीत सरकारी निकायका पदाधिकारीहरुबीच अन्तत्र्रmया कार्यक्रमको आयोजना गरीएको छ ।
स्कुल पुर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा संचालित मूनाफा आर्जन नगर्ने कानून, न्याय, र कानूनी शासनको प्रवर्धनमा कार्यरत अन्तर्राष्ट्रिय मान्यता प्राप्त कानून शिक्षणसंस्थाको रुपमा रहेको छ ।