ग्रासरूट के हो ?


बैशाख २७, २०७८, सोमबार | विहान ०८:१६ बजे | 50


कुमार लघु
ग्रासरूट नभएको पार्टीमा कोही पनि लाग्नु हुदैन् । त्यस्ता पार्टीको भविष्य अन्धकार हुन्छ । देखि –हालियो तपाईहरूले त्यस्का नेताहरू घरको न घाट भएको हो ? जनताहरूले र कयौ नेताहरूले कति दुःख र अप्थारोमा जीवन जोखिममा जीवन गुजार्न परिरहेकाछन् ।
गाउँले जीवन कस्तो हालत होला ? अनुमान गर्नुस् । कयौ जनताको जन युध्दको वेलामा भएको अङ्गभंगको हालत कस्तो रहयो होला ? कतिका छोराछोरी, आमाबुबा ,दिदीबहिनीहरू बिते  । जनताले के पायो ? जनता नेता विनाको तुहुरा भयो । नेता र कार्यकर्ताहरूले हजार वर्षको अध्ययनगरी पार्टीमा हाम फाल्नुपर्छ । नेताले कार्यकर्ताहरूलाई अनुशासनमा राखेन , अनुशासनमा भएको पार्टी हजार वर्ष वा पुस्तौ पुस्ता लडेर वस्छन् । उतिवेला विपक्ष नेताहरूले माओवादी नेताहरूलाई अनुशासनमा राख्नुस् भनेर भनेको र लेख लेखेको अहिले आँखाको अगाडि झल्झली आईराखेको हुनुपर्छ । युध्दमा जितेकाहरूको स्थिती अरू देसको अध्ययन र अवलोकण गरौँ ।  सधैभरीको लागि राज्यसत्ता आफ्नो काबूमा हुन्छ । आफू दीर्घकालिन रूपमा र जनता कसरी जीवन लामो समयसम्म जीवन यापन गर्लान खोई सोचेको ? जनताको जीवन कष्टकर तवरले गुज्रेरहेकाछन् । जनता संगठित भएकाहरू आज ऐना फुटे झै चकनाचुर भएर पनि छ्यालव्याल भएकाछन्। कसैलाई कोही साहारा छैन् । 
यता केन्द्रीय सदस्यहरू पनि आईमाई पोईलो गए जस्तै अर्काे पार्टीमा गएर आफ्नो जीवन अर्पेर वनाएको घर र पार्टीमा आगोले जलाई दिएर आनन्द लिईरहेकाछन् । त्यस्ता नेताहरूलाई विश्र्वास गर्न हुदैन् जनताले मन मष्टिस्कमा जमाएर हेरौँ । 
     यदि उतिवेला विपक्षले भने जस्तै संगठन तल्लो जगदेखि मजवूट गरेको भए र सिध्दातमा परिपक्व बनाएको भए यस्तो हबिगत भोगन नपर्ने हुने थियो । यहाँ चर्चा गर्न खोजेको कुरा र व्यवहार क्रान्तिले आएको पार्टी र जनताको बेहाल हुने थिएन् भनेर चर्चा गर्न खोजेको हो । सर्वसाधारण जनता त के गर्न सकिएला  ?  केन्द्रेय नेताहरूलाई नै अनुसासन र पार्टीको नियम कानून लगाउन सकिएन है । जनतालाई र विपक्ष पार्टीकालाई आश्चर्य यसै लाग्यो ।  लडाईमा विपक्षसंग नझुकेको कार्यकर्ता र नेता गुलियो पोतेको मिठाईमा भुल्छ भनेको यहि हो ।  अरू पार्टीका नेताहरूले पनि आफ्ना नेता र कार्यकर्ताहौ अरू पार्टीमा गएमा कडा कार्यबाही गर्नुपर्छ । चिनमा पार्टी विरूध्द काम गरे। मृत्यदण्ड र आजिवन जेल वसोवास गराए जस्तै त्यो नेताहरूलाई गर्नुपर्थाे । त्यसले गर्दा अरू नेता र कार्यकर्ता सतर्क हुन्छ । कुनै कार्यबाही नगरेपछि जान्छन मज्जाले अरू पार्टीमा गएर सत्ताको स्वाद जसले पनि चाख्छन् ।  
एक जमानामा भक्तपुरको टौमढीमा चुनावी भाषणमा गिरीजा प्रसाद कोईरालाले माओवादी पार्टीलाई संसदिय भासमा फसाएरै छोड्छु भनेर नै ठोकुवाका साथ बोलेको मेरो मन मष्टिषकमा अहिले ताजै छ । यो कुरा नेपाली काँग्रीसका नेता गिरीजा प्रसाद कोईरालाले भनेको थियो । 
            माओवादी नेताहरू पनि नाकले टेकेर ताची गर्दैछ । बोल्न उठ्न सकेन् । त्यसैले सत्ताको स्वाद पनि कडाछ । जसरी हिडाई गर्ने मानिसहरू पाङगो हिलाम्य माटोमा हिड्न खोजे जस्तै पाइला गाडेपछि निकाल्नलाई बहुत कस्ट हुन्छ । यो कुरा आफ्ना पार्टी कार्यकर्ताहरूलाई सुनाउनु पर्छ र जनताले पार्टीको नियम कडा वनाउनु पर्छ भने नेता वर्गलाई अग्रिम सुझाब अहिले पनि दिनुपर्छ ।
अर्काे पक्ष हो ,जब आफ्नै पार्टीमा पुराना कार्यकर्ताहरू दुःख जिलो गरि परिवार घर देश छोडर आजिवन दुःखगरी पार्टीको लागि जीवन मरन सह्यएर वसेको पार्टी नेता र कार्यकर्ताहरूलाई मन्त्री र संसाद सदस्य नदिई पछि आउने पोईलो आएको नेतालाई अवसर दिने अध्यक्ष र केन्द्रीय नेताहरूलाई पनि जनता र कार्यकर्ताहरूले कार्यबाहीँ आँट गर्नुपर्छ । त्यो हो जुन ठाउँमा ती नेता चुनावमा उठ्छ त्यहाँ जनताले अर्कै उम्मेदवारलाई मत दिएर बदला लिनुपर्छ कार्यबाही गर्नपर्छ । 
ग्रसरूट नभएको पार्टि भनेको जग नभएको घर हो । त्यो घर अलि ठूलो आँधिवेरी आउने बेलामा त्यो ढल्छ । त्यसले अब कुनै पार्टी कार्यकर्ता बन्ने मनस्थिती वा बनिरहेको छ भने बेलैमा ग्रासरूट भएको पार्टीलाई छानिलिनु होस् । 
               क्रान्ति पनि गर्न पर्छ । क्रान्ती गर्दा दिगो तवरले गर्नुपर्छ वा क्रान्तीमा सम्झौता गर्दा के के हुन्छ हाम्रो अवस्था अन्तकालसम्म केहनेला र जनताले के अवस्था भोग्न पर्ला कल्पनाशिल भई लामो अध्यय र चारैतिरको राजनैतिक अवस्थालाई नि नजिर नगरि गरेको सत्तामा विपक्षसंग गरेको स्वादले के स्थितीमा पु–र्यायो । अरू पार्टीले अनुभव लिई राख्नुपर्छ । अब त वीपक्षले धमाधम जन युध्दमा जनता र देशको सार्वजानिक सम्पत्ति र बैङ्क डकैती गर्नेहरू भनी आरोपलाई जेलमा कोच्न नी के वेर ?  सर्वहारा पार्टीका नेताहरू कसरीअरव पट्टि भए जनताको प्रस्न उठेको तड्कारो यो छ ? 
पार्टी नेताहरू जङ्गलमा गोठालोले चराउन लगेको भेडाबाख्राहरू जस्तै बाधले खाई हराएको बाहाना पारेर  फर्के जस्तै गोठ खालिछ ।  त्यो हालत हुनदा गोठालोलाई के भयो होला ? जनता र छिमेकले के भन्ला कसैले विचारेको छ । 
        नेपाली जनताले भनेको थियो । नेपालमा किन माओवाद । चिनमा नै माओवाद छैन भनेर चिनीयाँहरूले आफ्ना प्रकासनमा भनेको छ तर नेपालीहरू नेपालमा माओवाद भनी फलाकेर हिडेकाछन् । जनताहरू फोकटमा जिवनको समय बर्बात पार्न हिडे्काछन भनेर भनेको थियो । जनता पनि अच्चम खालकाछन् । कुनै पनि नेपाली नेताहरूले अराजकतावादीहरूले मिठोमिठो सपना वाडेपछि हुरूकै हुने रहेछ । क्रान्ती र युध्दवाट आएको पार्टीहरू विचैमा धुलोचाट्नु पर्ला भनेर नसोचेको हुन सक्छ । राजनैतिक परिस्थितीमा के हुन्छ ? के होला ? भन सकिन्दैन्। राजनैतिकमा लाग्नु भनेको चुपीको धारमा हिड्नु हो । राजनैतिक परिस्थिती हो । कुन वेला के हुन्छ भन सकिन्दैन
कोही भन्छन राजनैतिक गर्नु पनि व्यापार र पेसा हो । यो बाङ्गोतिङ्गो राजनीति गर्नेले सोच्नेर भने कुरा हो । साँचिकै राजनीति गरि हेर्नुपर्छ राजनीति भनेको जनताको सेवा गर्ने हो । अहिलेका नेताहरूले पहिले सेवा नगरिकन धन कमायो धुस खायो,कमिशन खायो आफ्नै, नातागोताहरूलाई जागिर दियो। पाँच वर्षमा करोड पट्टि,खरब पट्टि र काठमाण्डुमा बङ्गाला वनायो ।। पहिलेको नेताहरूले खानलाउनलाई धौ धौ थियो । म केही नेताहरूको नाम लेख्छु हुन त ती नेताहरू जमिन्दारका छोराछोरीहरू हुन भने भनेकाछन् । जस्तै पुष्पलाल श्रेष्ठ,मोहनचन्द्र अधिकारी,तुल्सीलाल अमात्य,विष्णुबहादुर मान्नधर ,निरञ्जनगोविन्द वैध्य, नारायणमान विजुक्छेँ  र शम्भूराम श्रेष्ठ आदीको जिवनको जिवनस्तर हेर्नुस्। यी पहिलो पुस्ताका नेताहरू हुन् ।
       उनी जहाजहा गए आजसम्म गहिरो जग वा कार्यकर्ताहरू समर्थकहरू अध्यावधि छन्। त्यसरी नै गहिरो विश्र्वासिलो  जनता हरेक पार्टीमा सक्रेय भएर लागेकाछन् । जनतालाई पार्टीले गर्न नसक्ने कुराहरूको आश्र्वाशनहरू दिनु हुन्दैन् ।  पार्टीले जनतालाई दिन सकिने र पुरागर्न सकिने कुराहरूमात्र चुनावी घोषणा पत्रमा अभिलेख गरेर जनतालाई मत हाल्न र दिमागले सुसज्जित गरेर मत माग्नु पर्छ । ठूलठूला आश्र्वाशन दिएर जनतालाई वचन दिएर र पूजीपतिहरूसंग ठूलोमोटो रकम लिएर चुनाव जितेर पूजीपतिहरूको र जनताको स्वार्थ पूर्ति गर्न नसकेकोले माओवादीहरूको केन्द्रीय सदस्यहरू समेत आत्माग्लानी भएर पार्टी परित्याग गरि गएको हुनुपर्छ । 
जनताले त्यसरी पोईलो गएको आईमाईलाई घर नभित्रियाए जस्तै पार्टीमा हुल्याउनेछैन । माओवादी सत्तामा गएर जनतालाई हप्किदप्की गरेकाले पनि समयले नै समयको माओवादीले  परिस्थिती वुझ्न नसकेकोले परिस्थितीहरू विग्रन्दै गएको समयले देखाएकाछन् । 
माओवादीहरूको ठाउँमा खाओवादीहरूले फाइदा लियो अगाडि बढ्दै थियो,पाईलाहरू मेट्दै गएको यादै नगरेको मेरो निष्कर्ष रहयो । कार्यकर्ताहरू धेरै मेहनती,ईमान्दार,सिपालु,आज्ञाकारी,परिश्रमि थियो । अह्याएकोमात्र गर्ने र संगठन गर्न नजानेको परियोकि जस्तो लाग्या छ । अगाडि मात्र बढ्यो पछाडि हेरिएन । क्रान्तिमा क्रान्ती गर्न हिडेपछि सफलता प्राप्त गरेपछिको कक्षा र क्लास नै नसिकेको जस्तो लाग्यो । शहरआयो शहरमा रमायो । संघर्षशिल जनतालाई र कार्यकर्तालाई विर्सेपछिको फल हो । संघर्षपछि जनतालाई विर्सेको फल अहिले चाख्डैछ । सिमित कार्यकर्ताहरूमात्र स्वार्थीले लुटपुटिए पछि नेताले आफूलाई आपतमा ख्वाउने हुर्काउने गरिव जनतालाई विर्सेको घाऊको पाप्रा बल्झेको हो। जनतालाई विर्सने गर्नु हुने थिएन् । 
माओवादी पार्टीमा पनि थोरै पूँजीवादहरू मात्र अगाडि बढेको फल हो । क्रान्तिमा गरिवहरूलाई पनि संगसंगै लान सकेन । जे बोलेको हो जनतालाई त्यही गरिदिनुपर्छ । तब पार्टी बचिरहन्छ । सत्ता भनै नपाउने पायो बोक्रा झै खायो भने केही बाकी हुदैन । त्यसैले तल्लो जात,वर्ग,शोषितहरूको साथ हुनुपर्छ । तल्लो जात,वर्ग र शोषितलाई पनि उथान गर्नपर्छ ।
मार्क्सवाद लेलिनवाद र माओ विचारधारा अनुसार पार्टी संगठन गर्नुपर्ने हो । कहि नभएको माओवादले काम गरेकोलेअसफल भएको नेपाली राजनीतिज्ञहरूको विचारमा ठिकै लाग्यो । मेरै कति साथीहरूले यिनीहरू क्रान्तिकारी भने पनि कर्कलोको पानीको थोपा हो भनेको सत्य थहरियो । जे जस्तो भने पनि तल्लादेखिको जगचाहि बलियो नै चाहिने रहेछ । पहिले आफ्नो पार्टीलाई ठूलो वनाउनलाई जुनसुकै पार्टीका सत्य, असत्य,अर्काको स्वास्नी लाने,चोर,डाकाहरू हुल्याई विशाल पार्टी वनाई धुर्तहरूलाई सदस्यता लिएकाले आज पुरपुरोमा हात विसाई चुचु गरि बस्ने ठाउँ समेत रहेन । 
आउँदा दिनमा अहिले मेरो पार्टी,हाम्रो पार्टी भनी मेहनत गर्न तत्पर साथीहरूलाई उत्साहका साथ लाग्नु हुनेछ भनी आशा राख्दै काम गर्न सकोस भनी कामना सहित लेख टुङग्याउछु । 
२०७८÷०१÷२७ गते


Comments

ताजा खबर