उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारी नियुक्ति


असार ५, २०७७, शुक्रबार | दिउँसो ०१:०३ बजे | 60


काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गरेको छ । झापा स्थायी घर भएका अधिकारी निजी प्राविधिक शिक्षालयका सञ्चालक हुन् ।
अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका निवर्तमान अध्यक्षसमेत हुन् ।
असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
उनको गौशालामा विनायक कलेज अफ हेलथ साइन्स सञ्चालनमा रहेको छ । प्रधानमन्त्री निकट अधिकारीलाई प्रधानमन्त्री केपि शर्मा ओलीकै सिफारिसमा सिटिइभिटिको उपाध्यक्षमा नियुक्ति गरिएको स्रोतले जनाएको छ । (इजुकेशन पाटी)

फाेटाेमा हेर्नुहाेस्...

Comments