पूर्णबहादुर, रवीन्द्र र सिद्धाथको टोली प्रथम


चैत २९, २०७७, आइतबार | दिउँसो ०१:३१ बजे | 50


नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण दुवाकोट भक्तपुरमा शोध क्षेत्रमा उल्लेखनीय क्रियाकलापहरू सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा भएको नेपाल इन्जिनियरिङ डिवेट च्याम्पियनशिप (एनइडीसी) २०२१ मा पूर्णबहादुर शाही, रवीन्द्र महतो र सिद्धार्थ यादवको टोली प्रथम भएका छन् । कार्यक्रममा ‘मेलम्ची खानेपानी परियोजना सफल वा असफल’, ‘प्रतिस्पर्धात्मक परीक्षामा लैंगिक आरक्षणको विरोध’, ‘निजगढ अन्तराष्ट्रिय विमानास्थल वन्नुपर्दछ वा पर्दैन’ भन्ने नेपालका अति महत्वपूर्ण विषयहरूमा पक्षविपक्षमा भएको वादविवाद प्रतियोगितामा प्रज्ज्वल पन्त, कृपा थापा र रक्षा रावतको टिम दितीय हुन सफल भए । पारलियामेन्टरी डिनेट फरम्याटमा सुसपन्न भएको कार्यक्रममा कलेजका विद्यार्थीले देशको समसामयिक विषयमा आफना वक्तत्व प्रस्तुत गरे । विद्यार्थीले प्रतियोगितमा यी विषयहरूमा तार्किक क्षमता अनुसार आफनो विश्लेषण प्रस्तुत गरे । उनीहरूलाई कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठलगायतका व्यक्तित्व उपस्थित भइ हौसला प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा प्रा सावित्री त्रिपाठी (पाण्डे), जुनियर प्रा पीताम्वर वाग्ले, जुनियर प्रा सुजन आचार्य, सहायक प्रा दीपेशप्रकाश गुरागाई, ई सपोज घिमिरे रहेका थिए ।
२००८ सालमा स्थापित कार्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा इन्जिनियरिङ इनोभेसनमा आफनो प्रतिभा प्रस्तुत गर्न सफल भएको कार्डका सञ्चालक अध्यक्ष सचेत जमरकट्टेलले बताए । पढाइका साथै समाजमा आइपर्ने चुनौतीहरूलाई सहजीकरण गर्ने उद्देश्यले कार्ड स्थापना भएको कार्डका प्रमुख सल्लाहकार आशुतोषमणि त्रिपाठीले बताए । एनइडीसी प्रतियोगिताले इन्जिनियरिङ कार्यक्षेत्रलाई नै एक प्रशंशनीय उपदेश दिनसक्ने अतिथि तथा निर्णायक मण्डलले जनाए ।
तस्वीर छ ।

Comments

ताजा खबर