वसन्तमा खोई के को मात्र हावा चल्ने ?
चैत २९, २०७७, आइतबार | विहान ०५:४२ बजे | 50
कुमार लघु
पार्टीहरूको वैठक सिहदरवारमा हुने रे हो? देसमा उपद्र मच्चिरहेको जङ्गलमा आगो दनदन वलिरहेका छन् । वसन्तमा के को हावा चलेको रहेछ । मानिसले स्वास फेर्न गाह्रो भैरहेका छन्। उत्ताफेरी छिमेकी भारतमा एक लाख भन्दा वढि व्यक्तिहरू कोरोनाले थलिएकाछन् । यता सरकारको स्वास्थ मन्त्रलाएले २५ जना भन्दा वढि भेला नहुनु भनेर सन्देस रेडियो र पत्र पत्रिका बक्तव्य भनिरहेकै छन् ।
पशुलाई भने खान्दै हगदै गरिरहेको हुन्छ । देसघाती नेताहरू आफ्नो पार्टी र नातागोता कै लागि स्वार्थले सत्य राजनीतिलाई बङ्ग्याईरहेकोछ । काँग्रेसको सामाजिक प्राणिहरू अब हाम्रो पालो भनी दौडमा लागेकाछन् । जसपा र माओवादीहरू सवै विपक्षलाई खाल्डोमा पुरन न्वारानदेखिको बल लगाई लै लै गर्दै तीन रूख चढ्न हतारेकाछन् ।
क्षणिक मिल्नेलाई विस्वास गर्न हुन्दैन । सत्तामा गएर जनताको निम्ति के गर्ने कार्य योजना र नीति नभएका कुनै दल वा पार्टीहरूको गोठालाहरूलाई नत देस चलाउन आउँछ न प्रशासन चलाउन अउँछ ? सत्तामा गएपछि मोज्जमस्ती गरि देसको सम्पत्ति लुतान फुतान गर्नमात्र जानेकाछन् । हुन त नपत्याउने खोलाले बगाउँछ भने जस्तो यी पार्टीहरूले जनताको जनमत लिन सकेमा शासनको हकदार हुने आसा पलाएकाछन् ।
यी तीन पार्टीहरू एक आपसमा विस्वास जमाउन सकेकाछैन् । तीनकुने वाघचाल जस्तै चलिरहेकाछन् । सत्तामा गए पछि परालको त्यान्द्रोलाई उसले उसलाई उसले उसलाई सर्प नै देख्छन् । एकैछिनमा परालको आगो जस्तै बल्न त बल्छ तुरून्त निभ्छ । दिउँसो नै रात पार्छन् । राजनीतिमा अनुशासन र विस्वास अनिवार्यछ । संसार चलेको एक आपसमा विस्वासले नै हो । यी तीन पार्टीहरूका राजनेता भनाउँदाहरू विस्वासका पात्र वन्न सकेको छैन् । प्रारम्भमा वसेको वैठक नै विना निष्कर्ष टुङ्गो लागेकाछन् । सत्ता समिकरणमा काँग्रेसले पहल खेलेको थियो । माओवादी पार्टी नेपाल कम्युनिष्ट पार्टी भनेले जीवनभर बायाँ वसेर रोल खेल्नु पर्ने पार्टीले काँग्रेस र जसपासित किन सत्तामा जान चलबलाराई रहेकाछन् । जनताकोखुल्दुलीको विषय बनेकाछन् । कम्युनिष्टहरू दक्षिणपन्थीहरू सित कहिले सरकारमा जादैन यो धुर्वसत्य कुरो हो । चुनावमा वा कुनै समयमा सत्तामा आफूले जित्न नसकेमा अरू समयमा जनताको पक्षमा सकारात्मक रूपले जनताको पक्षमा काम गर्छन। यहाँ त जनताको मैदानमा काम गर्ने होईन चुनावमा जनताहरूलाई विभिन्न प्रलोभन देखाई चुनावमा भोट लिई संसाद सदस्य र मन्त्रि वनेर आवसरवादी बने मौका मात्र खोज्छन् । काँग्रेस पार्टी भई समाजवादी गणतन्त्रको भुमिका खेल खेलेर गरिवको पसिना पुच्छने भनेर पूँजिवादी पार्टीको सहयोगी भूमिका खेल्न माहिर छन् । जसपा पनि आफ्नो क्षेत्र र स्थानीय जनताको निम्ति काम गर्ने पार्टी भई सत्तामा जानुको कुनै राम्रो देखिन्दैन्।
यदि तीन पार्टीकाहरू सत्तामा नै जाने हो भने आ आफ्ना कार्य योजना,नीति र कार्यक्रम जनसमक्ष ल्याउनु पर्छ । अनि जनताले पार्टीहरूलाई जनदवाव दिन मिल्न दिनु हुन्छ । यदि जनताको मत लिई जनताको निम्ति काम नगरे जनताले चुनावमा जित्न पार्टी कार्यकर्तालाई भैंसी पिट्ने लठ्ठीले मज्जाले हान्ने अवसर लिनुपर्छ । यहाँ योकामलाई अगाडि नसारेकोले नै खोलो तर्रे लौरो विर्सेकाछन् ।
जनताको पक्षबलियो नभएसम्म देसमा कुनै सुख आउने छैन् । जुनसुकै पार्टीहरूले जनताको सेवा नगरे सम्म पार्टीहरूलाई जनताले विस्वास गर्नेछैन् । सरकार पनि राम्रो आउने छैन् । सत्तामा गएकाहरूले जुगाले झै रगत चुस्नेछन् । जनता नै सचेत हुनुपर्छ ,तब मात्र जनताको उम्मेदावार जित्नेछ । जनताले पनि पैसा लिएर मत दिने होईन जनताको साथ दिने र जनताको काम गर्नेलाई मत दिन्दा असल हुन्छ ।