भक्तपुर । भक्तपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा महेन्द्र विद्या आश्रममा शुल्क सम्बन्धि गुनासो बारे छलफल ३ नं वडाध्यक्ष राजकृष्ण गोराको उपस्थितिमा सरोकारवालाहरु महेन्द्र विद्या आश्रमका प्रतिनिधि, अभिभावकहरु र अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुर र प्याब्सन भक्तपुरका प्रतिनिधिहरु बीच छलफल ३ नं वडा भवन बंशगोपालमा शुक्रबार सम्पन्न भयो ।
उक्त बैठकमा वडाध्यक्ष राजकृष्ण गोराले अभिभावकहरुलाई तनाव र निराश हुन कार्य गर्न नहुने बताउँदै विद्यालयको नकारात्मक प्रचार भई विद्यार्थी संख्या घट्दै जाने भएकोले विद्यालय परिवारले समयमै विचार गरी नगरपालिकाले २०७७ असोज १३ गतेको निर्णय गरे अनुसार समायोजन गर्नुपर्ने गत बर्षको शुल्कमा बैशाख, जेठ र असारको मासिक शुल्क मिनाहा किनकी त्यतिवेला कुने पनि शिक्षण संस्था संचालन नभएको र त्यसपछि मासिक शुल्कमा श्रावण भाद्रको पचास प्रतिशत र असोजदेखि पच्चहत्तर प्रतिशत लिन पाउने अनुसार गर्न निर्देशन दिनुभयो । उहाँले विद्यालय संचालन नभएको बेला खाजा लगायत हुँदै नभएको विल पठाई अभिभावक ठग्ने कार्य गरेको गुनासो समेत अभिभावकहरु मार्फत आएकोले त्यस्तै नगर्न विद्यालयलाई निर्देशन दिनुभयो । उहाँले विद्यालयको नराम्रो संदेश फैलिय विद्यालय ओरालो जाने भएकोले साथै सरकारी वा समुदायक विद्यालयहरु संस्थागत विद्यालयहरु प्नि राम्रो हुँदै आएको र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई विभिन्न छात्रबृति लगायतका सुविधाहरु बढी हुने भएकोले संस्थागत विद्यालयहरुले अभिभावकहरुलाई चिढाउने, अपशब्द र दुव्र्यवहार गर्न नहुने बताउनुभयो । उहाँले शुल्कमा गुनासो गरेकै कारण विद्यार्थीहरुलाई फर्म भर्न नदिने, जाँच दिन नदिने गुनासो समेत आएकोले त्यस्तो गरे विद्यालयलाई कानुनी कार्यवाही हुने बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले अभिभावक, विद्यालय र विद्यार्थी ओढानो भएकोले एकलाई आधात परे पुरै ढल्ने भएकोले एक आपसमा अन्याश्रित सम्बन्ध रहेकोले एक आपसमा सहयोगको भावनाले काम गर्नु पर्ने बताउनुभयो । उहाँले प्रतिस्पर्धात्मक युगमा गुणस्तरीय शिक्षा भएन भने विद्यालय आफै पतन हुने भएकोले त्यस विद्यालयको पाठक पत्रमा आए अनुसार जुन अभिभावक प्रति विद्यालय परिवारले गरको दुव्र्यबहार भएको भने सजयको भागिदार भएको बताउँदै नगर शिक्षा शाखाले नगरपालिकाको निर्णय अनुसार कार्यान्वयन नभएकोमा कायन्वयन गराउन पहल गराउनु पर्नेमा महिनौसम्म निर्णय नहुनु ढिलो निर्णय गर्नु पनि अन्याय गर्नु सरह भएको हुँदा नगरपालिकाको निर्णय अनुसार तुरुन्त कार्यान्वयनको लागि पहल कदमि लिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा शाखाका उपसचिव हरि निरौलाले कोभिडको शुल्क लिन नपाउने र विद्यालयले कोभिडको समयमा अभिभावकहरुको रोजिरोटी गुमेको व्यवासयहरु चौपट भएकोले बेला त्याग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष रमेश चन्द्र श्रेष्ठले प्याब्सनले गरेका गतिविधिहरु बताउनुभयो भने शिक्षा शाखा कृष्णप्रसाद कर्माचार्य, उक्त छलफलमा अभिभावकहरु जगतराम धुख्वा, पुण्य सैजू लगायतले बोल्नु भयो ।
उक्त छलफलमा नगर शिक्षा समिति भक्तपुरको मिति २०७७ असोज १३ गते मंगलबारका दिन भएको निर्णयलाई विद्यालयले पूर्ण रुपमा कार्यान्वयन निर्णय गरियो ।
...

All Comments.......


Please Login/Register To Comments