रत्न काजी प्रजापति
भक्तपुर । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा भक्तपुरको यो यो बैंक्युटमा आयोजना गरिएको “उसु अवार्ड २०७७“ को पुर्ब उधोग मन्त्री, संघीय सभासद, नेकपा एमाले केन्द्रीय सदस्य मा. महेश बस्नेतज्युले समुदघाट्न गर्नु भयो।

अवार्ड समारोहमा पुरस्कृत खेलाडी एब प्रशिक्षकहरुलाई ट्रफी, सम्मान पत्र र नगद पुरस्कार प्रदान गर्दै मा. बस्नेतले नेपाली उसु खेलाडिहरुले दक्षिण एसियायी खेलकुद प्रतियोगितामा गर्नु भएको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुहुदै आफुलाई एसियायी खेलको लागि तयार राख्नुपर्ने बताउनु भयो।

खेलकुद क्षेत्रको बिकासमा महत्वपूर्ण भुमिका पुर्याउने नेपाली ब्यापारिहरु धन्यबाद दिदै उहाहरुलाई नेपाली मिडियाले प्रचार प्रसार गर्नुपर्ने कुरा बताउनु भयो।
खेलकुदका थुप्रै भौतिक सम्रचनाहरु भक्तपुरमा बनिसकेको र दुईवटा रङशालाहरु निर्माणाधीन अवस्थामा रहेको जानकारि दिनुभयो।

समारोहलाई सम्बोधन गर्दै मा. बस्नेतले भक्तपुरमा खेलकुदको बिकासको लागि नेपाल सरकारले गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

उसु अवार्ड २०७७ मा बेस्ट प्लेयर्स अफ दि एयर पुरुष  सान्सौ तर्फ मङल प्रसाद थारु, महिला तर्फ जुनी राई, बेस्ट प्लेयर्स अफ दि एयर पुरुष  थाउलु तर्फ बिजय सिन्जाली, महिला तर्फ निमा घर्तीमगर सम्मानित हुनु भयो।
त्यसै गरि मोस्ट भ्यालुएबल प्लेयर अफ दि एयर सुस्मिता तामाङले जितिन भने राइजिङ प्लेयर अफ दि एयर दिपक हमालले हात पारिन।

उक्त समारोहमा उसु खेललाई नेपाल भित्र्याई यसको बिकास बिस्तारमा महत्त्वपूर्ण भुमिका निभाउनु हुने नेपाल उसु सङका सस्थापक अध्यक्ष श्री प्रनिल ध्वज कार्किज्युलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्नु भयो।

समारोहमा उसु प्रशिक्षकहरु अमर कुमार थिङ, गणेश प्रसाद अर्याल, प्रकाश बहादुर लामा, मोहन बहादुर पाण्डे र बिमल थापालाई कोच अवार्डबाट सम्मानित गरियको थियो।

साथै समारोहमा उसु खेलको थाउलु तर्फ मनोनित खेलाडीहरु बिजय सिन्जाली, दिपक हमाल, विश्व बुढामगर, हरि प्रसाद गोले, निमा घर्तिमगर र भिना ग्लान,  सान्सौतर्फ मनोनित खेलाडिहरु अशोक खालिङ, अमर सुनार, मङल प्रसाद शाह, निकेश श्रेष्ठ, चित्र सिङ थकुरी, किरण सिङ साउद, एलिना चौधरी, जुनी राई, बिन्दु पुन मगर र शिलु डगोल साथै उसुका राष्ट्रिय खेलाडीहरु लुमन्ती श्रेष्ठ, मनिषा रावत, कबिता थापा मगर, पदम ठकुल्ला, पदम राई, सुबास भुलसेठ्ठी, सन्जिब महर्जन, शिव सिलवाल, निषा बिकलाई सम्मानित गरियको थियो।

निकै आकर्षक र भब्य रुपमा सम्पन्न भयको उक्त कार्यक्रममा निन्जा उसु क्वानका खेलाडीहरुले खेल प्रदर्सन गर्नुका साथै चार्मिङ फिटनेश एन्ड डान्स स्टुडियोको तर्फबाट नित्य प्रस्तुत गरियको थियो। गायक प्रकाश तिमिल्सिनाले आफ्नो गित प्रस्तुत गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद बिकास समिती भक्तपुरका अध्यक्ष श्री श्रीभक्त कासिछ्वाले अवार्ड कार्यक्रम भक्तपुरमा आयोजना गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी राष्ट्रिय
उसु प्रतियोगिता भक्तपुरको यो यो ब्यान्क्वेट्मै गर्ने इच्छा ब्यक्त गर्नु भयो। भक्तपुरमा अन्तरराष्ट्रिय रंगशालाको निर्माण भैरहनुका साथै खेल गतिबिधिहरु निरन्तर सन्चालनमा रहेको जानकारी दिनुभयो।

आयोजक संस्थाका अध्यक्ष श्री मन्जुर महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रायोजक नागरिक बिकास साकोसका अध्यक्ष श्री नुनम सुब्बा, हिमाल साकोसका अध्यक्ष श्री बिज्ञान राई लगायतले बोल्नु भएको थियो।...

All Comments.......


Please Login/Register To Comments