उसु अवार्ड २०७७ चैत्र २१ गते हुने
चैत १८, २०७७, बुधबार | दिउँसो ०३:५० बजे | 10
रत्नकाजी प्रजापति
भक्तपुर । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा यहि चैत्र २१ गते भक्तपुरको यो यो बैंक्युटमा “उसु अवार्ड २०७७“ हुने भएको छ । उक्त कार्यक्रमकोबारेमा जानकारी दिनको लागि आज मिल मि रेस्टुरेन्ट एन्ड बारमा पत्रकार सम्मेलनको आयोजना गरियको थियो।
नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमको प्रायोजन यो यो बैंक्युट तथा नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गर्ने भएका छन् ।
उक्त अवार्ड कार्यक्रमको लागि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक राजिब महर्जनले बताउनुभयो।
उक्त अवार्ड कार्यक्रममा सान्सौं र थाउलोतर्फ १ महिला र १ पुरुष खेलाडी गरी ४ खेलाडीलाई तथा उदीयमान खेलाडी च्ष्कष्लन एबिथभच का रुपमा १ महिला र १ पुरुष गरी २ खेलाडीलाई अवार्ड र नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद बिकास समिती भक्तपुरका अध्यक्ष एब योयो बैंक्युटका संचालक श्री श्रीभक्त कासिछ्वाले यो अवार्ड कार्यक्रम भक्तपुरमा हुन लागेकोमा खुशी ब्यक्त गर्दै उसु खेलको बिकासको लागि सदैब आफुले सक्दो सहयोग गर्ने बचनबद्दता ब्यक्त गर्नु भयो। नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष नुनम सुब्बाले यस अवार्डसंग जोडिन पाउँदा आफू निकै गौरवान्वित भयको बताए ।
उक्त पत्रकार सम्मेलनमा अवार्ड संयोजक राजिब महर्जनले अवार्ड कार्यक्रमको बारेमा थप प्रकाश पार्नु भयो साथै आयोजक कमितिका संयोजक मन्जुर महर्जनले यो अवार्ड कार्यक्रम पछि उसुको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बताउनु भयो । उक्त सम्मेलनमा उसु अवार्ड को ट्रफि पनि सार्बजनिक गरियको थियो।