वायू प्रदुषणको लागि जिम्मेवार को ? विद्यालय ??
चैत १८, २०७७, बुधबार | विहान १०:२९ बजे | 25
डा. राजेन्द्र कोजू
पि.एच.डी, राजनीति शास्त्र
चैत्र १६ गते शिक्षा विज्ञान तथा प्रविधि वातावरण मन्त्रालयले एक्कासी एउटा सूचना जारी गर्यो कि “ वायू प्रदुषणको कारण वातावरणमा देखिएको अस्वभाविक परिवर्तन र यसले जनस्वास्थ्यमा पार्न सक्ने नकारात्मक प्रभावको कारण जनाई ४ दिन विद्यालय बन्द गर्ने ” यो सूचनाले शिक्षा क्षेत्र र सरोकारवालाहरुको मनमा एउटा भयानक तरङ्ग, शंका र भय सिर्जना गर्यो । कोभिड–१९ ले उठ्नै नसक्ने गरी ठाङ्गनामा सुताईएको शिक्षा क्षेत्रमा अर्को आताङ्क सिर्जना त गर्यो नै । यो संगै निजी विद्यालय संचालकहरुको मनमा भयानक भुकम्प पिन गयो । हो, जनताको स्वास्थ्य प्रति, विद्यार्थीहरुको स्वास्थ्य प्रति सरोकारवाला सबै सचेत त हुनै पर्छ । प्रत्येक घटनाको क्रिया–प्रतिक्रिया आउने कुरा निश्चित थियो । तर, प्रतिक्रिया कस्तो हुने, यसले कस्तो प्रभाव पार्छ , यसले सम्बन्धित क्षेत्रमा पर्ने सम्भाव्य क्षतिलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भिर हुन जरुरी छ । सरकारले निर्णय गर्ने अधिकार राख्दछ तर यसले जनताको जीवनस्तर र जीवन पद्धतिमा पार्ने प्रभावका बारेमा पनि पूर्वानूमान गर्न जरुरी छ । यतातर्फ सरकारको ध्यान नगएको र यसले गर्दा सरकार प्रति जनताकोे भरोशा टुटेको आलो घटना सबैलाई सम्झना नै छ । कोभिड–१९ र यस सन्दर्भमा सरकारले गरेका निर्णय, निर्णयले जनताको दैनिकीमा र उत्पादनको क्षेत्रमा पारेको नकारात्मक दंश, आर्थिक क्षेत्रमा ल्याएको उठल–पुठल शान्त हुन नपाउँदै फेरि अर्को आतङ्कको क्षेप्यास्त्र प्रहार गरिएको हो कि भन्ने शंका गर्न थालेका छन् । सबै कुराको समाधान बन्द गर्नु, रोकिनु, भाग्नु र लुक्नु नै मात्र देखेको यो सरकारले शैक्षिक क्षेत्रमा अन्धाधुन्ध निर्णय लिँदै गर्दा जनताका मनमा अनेक प्रश्न उठ्न थालेका छन् ।
प्रश्न नं २ ः विकासका नाममा सरकारको अपरिपक्व योजना र लठालिङ्ग निर्माण जिम्मेवार छैनन् ?
आज जत्ताततै भत्किएका संरचना मात्रै देखिन्छ । जहाँ तहाँ डोजर नै डोजरका लर्को देखिन्छ । सबै तिर छरपष्ट राखिएका निर्माण सामग्रीहरु अलपत्र राखिएको उराठ लाग्दो निमार्णधिन बाटो घाटो र धुलाम्य सडक कारक होईनन् ? विगारिएका सडकहरु समयमा पीच भएका छैनन् । हावाहुरी चल्ने समयमा यत्रतत्र वेपर्वाहसंग खनेका छन् । के सरकार वायूप्रदुषणका लागि जिम्मेवार छैनन् ?
प्रश्न नं ५ सरकार शक्ति र सत्ताको दुरुपयोग गर्दै छ कि ?
पहिला पहिला हरियो बन नेपालको धन भनिन्थ्यो । अहिले हरियो बन डोजरले खन भन्ने नयाँ उखान बन्ने अवस्थामा पुगेको छ । सरकारले गरेका प्रत्येक निर्णय जिम्मेवारपूर्ण ढङ्गले गरिनुपर्छ । कोभिडको थिलथिलोले भर्खर टङिँग्रन्दै गरेको शिक्षा क्षेत्र फेरि उठ्न नपाउँदै टाउकोमै प्रहार गर्न खोजेको छ । सरकारका सबै निर्णय बिना शर्त स्वीकार्नै पर्ने हामी नागरिक हो कि रै ति ? के सरकारका निणर्य विवेकपूर्ण छन् ? सरकारले निर्णय जनताको जिउ धनको सुरक्षा गर्दै छ कि खान नपाएर, गरिखान नपाएर मर्ने अवस्थामा पुगेको छ ? यो विचारणीय छ । ल है, ल है, भाग् – भाग् , लुक् लुक् भन्दै कुखुरा चार्ने स्यालको पाराको निर्णय प्रति सचेत जनता होसियार हुन जरुरी छ ।