महाभूकम्पपछिको सम्पदा ः टहरामा भजन


2020-06-17 12:15:03

 भक्तपुर । भक्तपुरको भजन संस्कृति पुनः सुरु हुन थालेका छन् । भक्तपुर नगरका सार्वजनिक पाटीहरुमा साझविहान गाइने भजन संस्कृति पुनः गाउन थालिएका हुन् । यसअघि लकडाउनसँंगै यस्तो भजन गाउँंन पनि बन्द भएका थिए ।
भक्तपुर नगरपालिका वडा नं ३ नासमनाको ब्रम्हपुर चोकमा भजन गाइएको हो । श्यामसुन्दर राश भजन भजन मण्डल नासमना भक्तपुरको अगुवाइमा लकडाउनपछि पहिलो पटक त्यहाँं भजन गाइएको हो । श्रीमती सावित्री केसीको प्रायोजनमा त्यहाँं भजन गाइएको हो । भजनका लागि कृष्णभजन मण्डल चुपिंघाटका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो ।
भजनका प्रायोजनकर्ता श्रीमती केसीले लकडाउनसँंगै बन्द हुन थालेको भजन संस्कृतिलाई पुनः जागरुक बनाउन आफनो व्यक्तिगत खर्चमा लकडाउन खुकुलो भएसँंगै भजन गाउन लगाइएको जनाइन् । भजनकर्मीलाई चिया, नास्तालगायतका खर्च आफूले व्यहोरी भजन गाउन लगाएको उनले जनाइन् । कला संस्कृतिले धनी भक्तपुरको भजन संस्कृतिलाई जीवन्त राख्न सहयोग होस् भनेर आफूले भजन गाउन लगाइएको उनले जनाइन् ।

कला संस्कृति भजन महागुठीका संस्थापक अध्यक्ष डा इन्दुल झाका अनुसार कुनैबेला भक्तपुर नगरका सार्वजनिक पाटीहरुमा साझविहान जताततै परम्परागत भजन गाउने टोली भेटिन्थ्यो । तर हिजोआज त्यसरी भजन गाइराखेको देख्न मुश्किल पर्न थालेको छ । झाले हालै गरेको ‘भक्तपुरका प्रचलित भजनहरु एक अध्ययन प्रतिवेदन (खण्ड क)’मा उल्लेख भए अनुसार कुनैबेला भक्तपुरमा दुई सय भन्दा वढी ठाउँंहरुमा दैनिक विहान र बेलुकी भजन गाइन्थ्यो । तर अहिले त्यो ५० वटामा खुम्चिएको छ । नगरका टौमढी, तचपाल, सूर्यमढी, चोंछे व्यासी, बाराहीपीठ, लाक्वलाछें, तालाक्व बोलाछें, त्वचा सूर्यमढी, भेलुखेल, बोलाछें, तेखोचा, महेश्वरीपीठ, सूर्यविनायक, राममन्दिर, महाकाली, तुलाछें, मंगलाछें, भार्वाचो, गहिटी, कमलविनायक बाँंसबारी, टिबुक्छें, चुपिंघाट, चासुखेल, तुछिमला, मुलाखूलगायतका स्थानहरुमा हाल भनज चालू रहेको उनले जनाए । यही अवस्था रहिरहने हो भने अवको केही वर्षमा भक्तपुरको भजन संस्कृति इतिहास हुने उनी बताउँंछन् । पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति नारा दिएर पुराना परम्परागत मठमन्दिर, पाटीपौवा, गुम्वा, पोखरी, नाचगानलगायतका कुराहरुलाई जोगाइराख्न प्रयत्नरत भक्तपुर नगरपालिकाले यसमा विशेष ध्यान जानुपर्ने उनको भनाई छ । साथै पर्यटकहरु भित्राएर यहाँं आम्दानी गरिरहेको पर्यटन व्यवसायीहरुले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको जोड छ ।
[[img3]]
श्यामसुन्दर राश भजन भजन मण्डल नासमनाका सचिव विक्रम देउबञ्जारका अनुसार भूकम्पपछि यहाँंको भजन टहरामा चलाउन बाध्य छन् । भूकम्पअघि भएको भजन घरमा क्षति पुगेकोले भजन घर नजिकै बनाइएको अस्थायी टहरामा भजन चलाउन बाध्य हुँदै आएको छ ।
बताइए अनुसार भजन पनि विभिन्न प्रकारका हुन्छन् । ढल्चा भजन, रास भजन, दाफा भजनलगायतका विविध भजनहरु हुन्छन् । पहिलापहिला भजन गर्नकै लागि भजन घरलगायतका धेरै ठाउँं हुन्थे । अहिले पनि साँंझ विहान भक्तपुरका चोक, गली, देवघरलगायतका सार्वजनिक ठाउँंहरुमा बुढापाकाहरु मिलेर भजन गाउने जीवन्त चलन यहाँं बाँंकी छन् । तर यो क्रम दिन दुगुना रात चौगुण लोपोन्मुख भइरहेको छ ।




Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *