फुटसलका विजयीहरुलाई गोर्खा इको प्यानलद्धारा पुरस्कार वितरण
चैत १५, २०७७, आइतबार | विहान १०:२१ बजे | 35
भक्तपुर । भक्तपुरमा भएको पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिताका विजयीहरुलाई गोर्खा इको प्यानलले उपहारस्वरुप पुरस्कार प्रदान गरेको छ । विजेताहरुलाई कम्पनीले कफी कप, क्याप, पेन र व्याग वितरण गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले बताए । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो । यसको कारखाना भक्तपुरको चाँंगुनारायण नगरपालिका हनुमानचामा छ भने कर्पाेरेट अफिस अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमिको राधेराधे नजिकै रहेको छ ।
ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी प्रतियोगिता भएको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरलगायतबाट गरी करिव ३८ वटा टिमहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । दुई दर्जन टिमले प्रतिस्पर्धामा भाग लिने अपेक्षा गरिएको भए पनि अत्याधिक उत्साहजक रुपमा प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न गठित समितिका संयोजक इन्देश अवालले प्रतियोगितामा पहिलो, दोश्रो टिम र अन्य विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र दिने जानकारी गराए । पहिलो टिमलाई २० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र, दोश्रो हुने टिमलाई १० हजार नगदसहित मेडल, ट्र«फी तथा प्रमाणपत्र प्रदान गर्ने उनले जनाए । साथै वेष्ट प्लेयर, वेष्ट किपर, फेयर प्ले टिमलाई पनि मायाको चिन्हो, प्रमाणपत्र प्रदान गर्ने योजना रहेको उनले बताए ।
कोभिडबाट सुरक्षित राख्नका लागि आयोजकले सहभागीहरुलाई माक्ससमेत वितरण गरेको थियो । साथै सहभागी दर्शकलाईसमेत मास्क अनिवार्य गरेको थियो ।
यसअघि पनि ख्वप फुटसल एण्ड टे«निग सेन्टरले भक्तपुरमा विभिन्न फुटसल टुर्नामेन्ट गरिआएकोमा केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट भएको यो पहिलो हो । कोरोनासँंगै असामान्य भएको जनजीवनलाई समान्य बनाई नागरिकलाई स्वास्थ्य राख्न सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाइएको छ । प्रतियोगिता भक्तपुरको सूर्यविनायक सुन्दरवस्तीस्थित ख्वप फुटसल एण्ड टे«निग सेन्टरमा भएको हो । ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले जुनियर टिम अन्तर्गत अन्डर १५ लाई फुटसल तालिम पनि दिंदै आएको छ । आमागी दिनमा ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी स्कुलस्कुलका विद्यार्थीलाई फुटसल तालिम दिने योजना रहेको कोच विकेश सुवालले बताए ।