सुर्खेतमा तेश्रो महिला राष्ट्रिय तेक्वान्डो प्रतियोगिता हुँदै
चैत ११, २०७७, बुधबार | दिउँसो ०१:५३ बजे | 5
रत्नकाजी प्रजापति
भक्तपुर । यही चैत्र १३ र १४ गते “तेश्रो महिला राष्ट्रिय तेक्वान्डो प्रतियोगिता“ सुर्खेतमा हुने भएको छ। उक्त प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्दै सल्लाघारी तेक्वान्दो डोजाङ्का प्रमुख चुलाइ मुखियाको नेतृत्वमा १४ खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन।
प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियल हरुलाई आज जिल्ला खेलकुद बिकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाद्वारा एक समारोहका बिच खेल पोशाक हस्तान्तरण गर्दै जितको अग्रिम शुभकामना ब्यक्त गर्दै बिदाइ गर्नु भयो।
उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्री कासिछ्वाले खेलाडी रास्ट्रका गहना हुन भन्दै खेलाडिहरुको आबश्यकता अनुसार आफुले सदैब सक्दो सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नु भयो साथै सहभागी खेलाडिहरुले आफ्नो उत्कृष्ट प्रदर्शन द्वारा भक्तपुरको लागि पदक जित्ने कुरामा आफू आशावादी रहेको बिश्वास ब्यक्त गर्नु भयो।
समितिको कार्यालय भक्तपुरमा भएको उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडिहरु, डोजाङका प्रमुख श्री चुलाइ मुखिया, समितिका सदस्यहरु श्री रत्न केशरी प्रजापती, श्री शैलेन्द्र श्रेष्ठ, कार्यालय प्रमुख श्री बाबुकाजी श्रेष्ठको पनि उपस्थिती रहेको थियो।