भक्तपुरमा प्रथम फुटसल प्रतियोगिता हुने


चैत ९, २०७७, सोमबार | दिउँसो ०१:४५ बजे | 25


भक्तपुरमा प्रथम फुटसल प्रतियोगिता हुने
भक्तपुर । भक्तपुरमा पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत १४ गते शनिबार हुने भएको हो । ख्वप फुटसल एण्ड टेनिग सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरलगायतबाट गरी करिव दुई दर्जन भन्दा वढी टिमले प्रतिस्पर्धामा भाग लिने अपेक्षा आयोजकले लिएको छ । हालसम्म दुई दर्जन टिमहरुले प्रतिस्पर्धाका लागि सम्पर्क गरिसकेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न गठित समितिका संयोजक इन्देश अवालले प्रतियोगितामा पहिलो, दोश्रो टिम र अन्य विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र दिने जानकारी गराए । पहिलो टिमलाई २० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र, दोश्रो हुने टिमलाई १० हजार नगदसहित मेडल, ट्र«फी तथा प्रमाणपत्र प्रदान गर्ने उनले जनाए । साथै वेष्ट प्लेयर, वेष्ट किपर, फेयर प्ले टिमलाई पनि मायाको चिन्हो, प्रमाणपत्र प्रदान गर्ने योजना रहेको उनले बताए ।
प्रतियोगिताको प्रमुुख अतिथिको रुपमा फुटवलका पूर्व राष्ट्रिय खेलाडी बाबुकाजी धौबन्जार हुनुहनेछ । साथै पुरस्कार तथा प्रमाणपत्र पनि धौबञ्जारबाट प्रदान गर्ने जनाइएको छ ।
यसअघि पनि ख्वप फुटसल एण्ड टे«निग सेन्टरले भक्तपुरमा विभिन्न फुटसल टुर्नामेन्ट गरिआएकोमा केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट हुन लागेको यो पहिलो हो । कोरोनासँंगै असामान्य भएको जनजीवनलाई समान्य बनाई नागरिकलाई स्वास्थ्य राख्न सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाइएको छ ।
प्रतियोगिता भक्तपुरको सूर्यविनायक सुन्दरवस्तीस्थित ख्वप फुटसल एण्ड टे«निग सेन्टरमा हुनेछ । ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले जुनियर टिम अन्तर्गत अन्डर १५ लाई फुटसल तालिम पनि दिंदै आएको छ । आमागी दिनमा ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी स्कुलस्कुलका विद्यार्थीलाई फुटसल तालिम दिने योजना रहेको कोच विकेश सुवालले बताए ।

Comments