नेक खेलकुद सप्ताह २०७७ सम्पन्न
चैत ५, २०७७, बिहीबार | दिउँसो ०१:३८ बजे | 10
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट‚ चाँगुनारायण–४‚ भक्तपुरको आयोजनामा भएको खेलकुद सप्ताह २०७७ बिहीबार सम्पन्न भएको छ । खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, व्याडमिन्टन, एथलेटिक्स, टेवुलटेनिस, म्याराथुन, कपर्दी, टग अफ वार, हाइजम्प, लङजम्प लगायतका १५ वटा खेलकुदहरू भएका थिए ।
कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रतियोगितामा कलेजका दुई हजार विद्यार्थीहरूको सहभागिता रहेको जानकारी गराए । प्रत्येक दिन एक हजार दुई सयदेखि एक हजार चार सय जना विद्यार्थी खेलकुद प्रतियोगिताहरूमा सहभागी रहेको उनले जनाए ।
दैनिक हजार भन्दा वढी विद्यार्थी खेलकुद प्रतियोगितामा सहभागी हुने भएकाले सम्भावित घाउचोटबाट सुरक्षित राख्न नर्स लगायतका स्वास्थ्यकर्मी टिमको पनि व्यवस्था रहेको कलेज व्यवस्थापनकोतर्फबाट खेलकुदका लागि गठन गरिएको समितिकी सदस्य श्रीमा शर्माले बताइन् ।
यसैवीच कलेजकै आयोजनामा आइतबारदेखि ललितपुरमा नेक वीडीएच (व्याचलर फर डिप्लोमा होल्डर्स्) प्रोग्राम अन्तर्गत खेलकुद दिवस हुने भएको छ । फागुन आठ गतेदेखि १२ गतेसम्म हुने खेलकुद दिवसमा फुटवल, भलिवल, बास्केटवल, टेबलटेनिस, चेस लगायतका आठ वटा खेलहरू हुने कलेजले जनाएको छ ।