मध्यपुर थिमिमा कराँंते प्रतियोगिता हुने
चैत ३, २०७७, मङ्गलबार | दिउँसो ०३:४९ बजे | 5
रत्नकाजी प्रजापती
मध्यपुर थिमि । नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघको आयोजनामा पाँचौ आइक्याफ नेपाल गायन्ड नेशनल फुल कन्टयाक्ट कराते च्याम्पियनशिलप २०२१ मध्यपुर थिमिमा हुने भएको छ।
यहि चैत्र ६ र ७ गते मध्यपुर थिमिको शंखधर पार्टी प्यालेसमा हुने उक्त प्रतियोगितामा नेपालभरीबाट २५० खेलाडीहरुको सहभागिता रहने संघका ब्रान्च चिफ÷ वल्ड बोर्ड मेम्बर, ब्ल्याक बेल्ट पाचौं डान श्री प्रेम नाथ श्रेष्ठले बताउनुभयो। विभिन्न ८ तौल समुहमा उक्त प्रतियोगिता संचालन हुने छ।
पुर्ब उपप्रधानमन्त्री श्री प्रकाशमान सिंहद्वारा उदघाटन हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भै सकेको जानकारी संघका ब्रान्च चिफ÷ वल्ड बोर्ड मेम्बर श्री प्रेम नाथ श्रेष्ठले दिनुभयो। बिगत केही बर्षदेखि विभिन्न खेलकुद प्रतियोगिताको लागि महत्त्वपूर्ण हब बन्दै आइरहेको छ ।