ईनर व्हिल क्लव अफ मध्यपुरको ११ औं पदस्थापना तथा सम्मान कार्यक्रम


असार १८, २०८३, बिहीबार | साँझ ०६:५६ बजे | 20


ईनर व्हिल क्लव अफ मध्यपुरको ११ औं पदस्थापना तथा सम्मान कार्यक्रम

आरके थिमि
मध्यपुर थिमि । विशेषतः शिक्षा, स्वास्थ्य र बातावरण क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित ईनर ह्विल क्लव अफ मध्यपुरको ११ औं पदस्थापना तथा पुरस्कार बितरण समारोह साउन १७ गते बुधवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै ईनर ह्विलका डिष्ट्रिक ३५० का नवनिर्वाचित चियरम्यान ईनर ह्विल श्रृष्टि श्रेष्ठ प्रजापतिले क्लवले आप्mनो संगठनको विस्तार मात्र नभई प्रत्येक सदस्यको व्यक्तित्व, मित्रता, सेवा र नेतृत्वलाई पनि फस्टाउन प्रेरणा दिएको बताउनुभयो ।
क्लवले संख्या मात्र होईन गुणस्तरीय सेवा, आत्मिय सम्बन्ध र दिगो प्रभावलाई प्राथमिकता दिनुपर्छ भन्दै चियरम्यान श्रेष्ठ प्रजापतिले ईनर व्हिल क्लवको मुख्य भावना नै मनबाट सेवा उद्देश्यसहित नेतृत्व रहेको बताउनुभयो । 
उहाँले डिष्ट्रिक ३५० को आगामी बर्षकालागि आप्mना दृष्टि स्पष्ट रहेको भन्दै प्रत्येक क्लवले पहिलो महिला सशक्तिकरण तथा सीप विकासमा केन्द्रित एक परियोजना दोस्रो स्वास्थ्य सचेतना सम्बन्धी एक परियोजना विशेष गरी क्यान्सर, मानसिक स्वास्थ्य, महिनावारी स्वच्छता सम्बन्धी र तेस्रो बातावरण संरक्षणका लागि बृक्षारोपण सरसफाई अभियान गरी कम्तीमा ३ वटा प्रमुख सेवा परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा ईनर व्हिल राष्ट्रिय प्रतिनिधि ज्ञानु श्रेष्ठले हरेक ईनर व्हिल क्लवका सदस्यहरुले सानोकाम होस या ठुलो काम सबैले म बाट शुरु गर्दै हामी भन्दै सकारात्मक सोच, नम्र व्यवहार इमान्दारीताका साथ काम गर्ने शैली र सबैलाई समेटेर सँगै लिएर जाने भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । 
पदस्थापना कार्यक्रममा क्लवका बर्ष २०२५÷२६ का अध्यक्ष अमरदेवी कोजुले आफ्नो कार्यकालमा भएगरेका विभिन्न गतिविधिका बारेमा जानकारी दिनुहुदै आप्mनो कार्यकालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा क्लवकालाई सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरेको सोही अवसरमा क्लवका सचिव रोशनी दली, कोषाध्यक्ष चम्पा श्रेष्ठ, नवर्विाचित क्लवका अध्यक्ष दिपा प्रजापतिलगायतका व्यक्तिले क्लवले समुदायमा गरिरहेका कार्य र त्यसको महत्वका बारेमा चर्चा गर्नुभएको थियो । 

नयाँ कार्यसमिति गठन
यसैबिच सोही कार्यक्रममा बर्ष २०२६÷२७ का लागि दिपा प्रजापतिकोे नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गर्दै पदस्थापना गरेको छ ।  जसमा उपाध्यक्ष रोशनी डल्ली, निवर्तमान अध्यक्ष अमरदेवी कोजु, सचिव चम्पा श्रेष्ठ, कोषाध्यक्ष सर्मिला प्रजापति, क्ष्क्इ जेनी श्रेष्ठ सम्पादक जगतलक्ष्मी प्रजापति र कार्यकारिणी सदस्यमा  सुस्मी अमात्य, सरिता लामा श्रेष्ठलगायतका रहेका छन् ।   नवनिर्वाचित अध्यक्ष प्रजापतिले आफ्नो कार्यकालमा पनि अघिल्ला अध्यक्षहरूले गरेका कार्यहरूलाई निरन्तरता दिदै संस्थाको गरिमालाई उच्च कायम गर्नमा आफुले बढि से बढि कार्यक्रम र समय दिने तथा सदस्यहरूको क्षमता अभिबृद्धि, क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिविर, समयसापेक्ष वातावरणमयी कार्यहरू गर्दै जाने बताउनुभयो ।

तीन छात्राहरुलाई विभिन्न छात्रबृत्ति प्रदान
ईनर ह्विल क्लव अफ मध्यपुरले बिगत केही बर्ष देखि नियमित रुपमा प्रदान गर्दै आएको आर्शीयादिभ छात्रवृत्ति यस बर्ष २०८२ सालको एसईई परिक्षामा बोडे माध्यमिक बिद्यालयका छात्रा रोशनी सुनारलाई प्रदान गरेको छ । भक्तपुर क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ एवं रोटरी क्लव अफ मध्यपुर थिमिका पुर्वअध्यक्ष डा. रोशन प्रजापति र अस्पतालकै डाक्टर एवं ईनरह्विलका संस्थापक अध्यक्ष एवं वर्तमान डिष्ट्रिक गभर्नर डा.श्रृष्टि श्रेष्ठ प्रजापतिका छोराछोरिको नामबाट स्थापित १० हजार नगद सहितको उक्त छात्रवृत्ति ईनर ह्विल क्लव अफ मध्यपुरका संस्थापक अध्यक्ष डा. श्रेष्ठ प्रजापतिले प्रदान गर्नु भएको थियो । 
सोही गरी क्लवका पूर्वअध्यक्ष रूपा श्रेष्ठले पनि आप्mना छोराछोरीको नामबाट गत बर्ष स्थापना गरेको रुजी छात्रबृत्ति यस बर्ष बालप्रेमी माध्यमिक विद्यालयबाट २०८२ सालको एसईई परिक्षामा उत्तीर्ण हुने छात्रा सम्झना तामाङ्गलाई प्रदान गरेको छ । नगद रु. १० हजार राशी रहेको उक्त छात्रबृत्ति सोही अवसरमा क्लवका पूर्वअध्यक्ष एवं छात्रबृत्तिका दाता रूपा श्रेष्ठले प्रदान गर्नुभएको छ । उक्त छात्रबृत्ति गत बर्ष २०८१ सालमा आदर्श माध्यमिक विद्यालय लाय्कुबाट एसईई परिक्षामा उत्तीर्ण गर्ने लुनिभा श्रेष्ठलाई प्रदान गरेको थियो ।
यसैगरी यसैबर्षदेखि स्वर्गिय क्याप्टेन सुवेक श्रेष्ठको नामबाट पनि छात्रबृत्ति स्थापना गरेको छ । स्व. क्याप्टेन सुवेक श्रेष्ठ छात्रबृत्ति यस बर्ष पहिलो पटक गणेश माध्यमिक विद्यालय नगदेशबाट २०८२ सालको एसईई परिक्षामा उत्तीर्ण हुने दिया गिरिलाई प्रदान गरेको छ । १० हजार नगद राशी सहितको उक्त छात्रबृत्ति स्व. क्याप्टेन श्रेष्ठका दिदि एवं छात्रबृत्तिका दाता चम्पा श्रेष्ठले प्रदान गर्नुभएको थियो ।

Comments