भोलि नेकमा निःशुल्क प्रवेश मोक टेस्टः प्रथमलाई पाँंच हजार नगद पुरस्कार
असार १७, २०८३, बुधबार | साँझ ०५:५७ बजे | 50
भक्तपुर, असार १७ — नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण–४ भक्तपुरले इन्जिनियरिङ अध्ययनका इच्छुक विद्यार्थीका लागि निःशुल्क ‘फ्री इन्ट्रान्स मोक टेस्ट २०२६’ आयोजना गर्ने भएको छ । कलेजले सार्वजनिक गरेको सूचनाअनुसार मोक टेस्ट असार १८ गते बिहीबार बिहान ९ः०० देखि ११ः०० बजेसम्म कलेज परिसरमा सञ्चालन हुनेछ।
मोक टेस्टमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई रु. ५,०००, द्वितीयलाई रु. ३,००० र तृतीयलाई रु. २,००० प्रदान गरिने कलेजले जनाएको छ ।
कलेजका अनुसार यस मोक टेस्टले विद्यार्थीलाई वास्तविक प्रवेश परीक्षाको अनुभव दिलाउनुका साथै आफ्नो तयारीको स्तर मूल्याङ्कन गर्न सहयोग पु¥याउनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीका लागि बबरमहल काठमाडौबाट पिकअप तथा ड्रपसहित बस सेवाको व्यवस्था गरिएको छ । बस सेवासम्बन्धी जानकारीका लागि ९८४१०९८२९६ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
