पुराना पत्रकार आदित्यमान श्रेष्ठ शब्दयात्रा प्रकाशनबाट अभिनन्दित


असार १५, २०८३, सोमबार | विहान ११:४० बजे | 105


पुराना पत्रकार आदित्यमान श्रेष्ठ शब्दयात्रा प्रकाशनबाट अभिनन्दित

एकान्नब्बे वर्षका पत्रकार आदित्यमान श्रेष्ठको निवासमै गएर हिजो असार १४ गते उहाँमा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ समर्पण गरी अभिनन्दन गरियो । उहाँ उमेर र स्वास्थ्यका कारणले सम्मान ग्रहण गर्न शब्दयात्रा प्रकाशनसम्म पुग्न सक्नुभएको थिएन । गुल्मी जिल्लामा जन्मनुभएका उहाँ काठमाडौँ मैजुबहालमा बस्नुहुन्छ । उहाँमा सम्मान गर्ने क्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सकुल थापाले रुद्राक्षमाला र उपहार एवम् संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । यस सम्मानको कोष व्यवस्थापन सुनील सापकोटाले गर्नुभएको हो ।

Comments