वातावरण संरक्षण मञ्चद्वारा बागमती एकिकृत सभ्यता आयोजनालाई ध्यानाकर्षण
असार ५, २०८३, शुक्रबार | राति ०८:०९ बजे | 60
काठमाडौं । वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा बुधबार बागमती एकिकृत सभ्यता आयोजनालाई ध्यानाकर्षण पत्र बुझाइयो । आयाेजना प्रमुख मचाकाजी महर्जनले हनुमन्ते खाेला सफा नभई बागमती सफा नहुने बताउँदै आगामी वर्षकाे कार्यक्रममा हनुमन्ते सफाइकाे लागि १६ कराेडकाे बजेट रहेको जानकारी दिनुभयो । उहाँले हनुमन्तेकाे जल प्रदुषण घटाउनका लागि हुने पछिल्लो छलफलमा मञ्चलाई पनि सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । बागमती एकीकृत सभ्यता आयाेजना प्रमुख मचाकाजी महर्जन र उप निर्देशक बिदुर झा समक्ष वातावरण संरक्षण मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले हनुमन्तेकाे प्रदुषण राेक्ने कार्यक्रमसहित विभिन्न वातावरण सम्बन्धित मागहरू पेश गरिएको थियो ।
