नोबेल कोरोना भइरस(कोभिड १९)ले गर्दा २०७६ चैतदेखि विद्यालय बन्द भयो । लामो समय विद्यालय बन्द हुँदा बैकल्पिक शिक्षाको कुरा आयो । अन लाईन कक्षा सञ्चालनमा आयो । सुरुमा सरकारले मान्यता दिएन पछि मान्यता दियो । त्यसपछि विद्यालय सञ्चालनको लागि सरकारले स्थानीय तह वा स्थानीय सरकारलाई जिम्मा दियो । सो संगै शुल्क सम्बन्ध के गर्ने भने देखियो । तर भक्तपुर नगरपालिकाले एउटा उचित सबै क्षेत्र विद्यालय र अभिभावकहरुलाई हुने गरी शुल्क तोकि दियो । बैशाख, जेठ र असारको मासिक शुल्क मिनाहा किनकी त्यतिवेला कुनै पनि शिक्षण संस्था संचालन भएको थिएन । त्यसपछि मासिक शुल्कमा श्रावण भाद्रको पचास प्रतिशत र असोजदेखि पच्चहत्तर प्रतिशत मात्र लिन पाउने निर्णय भयो । माघदेखि भौतिक कक्षा सञ्चालनमा आएकोले शतप्रतिशत मासिक शुल्क लिन पाउने भयो । तर नगरपालिकाको उक्त निर्णयलाई अटेर गरी अभिभावकहरुको ढाड सेक्ने गरी जथाभावी शुल्क उठाउने महेन्द्र विद्या आश्रम बाराहि स्थानको विद्यालयले अभिभावकहरुलाई दुव्र्यवहार गरी डिपोजित र ट्युसन वा कोचिङ्ग फिको रुपमा पैसा असुल्न थालेपछि गरिब र इमान्दार अभिभावकहरुले त्यसको विरोध गरे त्यसमा विद्यालय संचालक महेन्द्र मास्के र निजका छोराले अभिभावकहरुलाई र्दुव्यवहार गरे । पटक पटक विद्यालयमा छलफल गर्दा पनि नगरपालिकाले निर्धारण गरेको शुल्क भन्दा बढी नतिर्ने अभिभावकहरुको अनुरोधलाई वेवास्ता गरेपछि भक्तपुर नगर शिक्षामा उजुरी निवेदन दिए । तर उक्त निवेदन उपर नगर शिक्षाका हाकिम हरि प्रसाद निरौलाले वेवास्ता गर्दा अभिभावकहरुलाई महेन्द्र विद्या आश्रमका संचालक महेन्द्र मास्के सरले बच्चाहरुलाई परीक्षामा समस्या पार्ने, भने जति शुल्क नबुझा बच्चा निकालेर लान धम्कि दिने गरेको छ । अभिभावकहरु सो विषयमा निर्णय नहुँदा नगर शिक्षामा पनि धाउँदा समेत विद्यालयलाई के कार्यवाही नहुँदा नगरपालिका प्रति अभिभावकहरुको आशा तुषारापात भएको छ । हुन त अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले भनेको थियो निजि वा संस्थागत विद्यालय भने सरकार  र ऐन कानुन भन्दा पनि आफै सरकार भएर हिड्ने गरेको आरोप लगाउन्थ्यो । आज भक्तपुरमा पनि नगरपालिकाको नियममा बसेर विद्यालय संचालन गर्नुपर्नेमा आफु खुसी विद्यालय संचालन गरेको अभिभावकहरुको निवेदन पर्दा समेत कार्यवाही नहुँदा न्यायको आशा मरेको अनुभुति निमुखा अभिभावकहरुले गर्न थाले । न्याय ढिलो गर्नु पनि अन्याय गर्नु सरह हो ।  
महेन्द्र विद्या आश्रमका एक अभिभावक...

All Comments.......


Please Login/Register To Comments