सम्राट प्यानलद्धारा अजमेरा फेसन डिजिटल एक्सिलेण्ड प्रायोजन


जेठ ३०, २०८३, शनिबार | राति १०:५१ बजे | 20


सम्राट प्यानलद्धारा अजमेरा फेसन डिजिटल एक्सिलेण्ड प्रायोजन

काठमाडौं, जेठ ३०
फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रका सर्वाेत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई शनिबार राजधानीमा एक विशेष कार्यक्रम गरी पुरस्कृत गरिएको छ । अजमेरा फेसन डिजाइन एक्सिलेण्ड अवार्ड २०२६ बाट उनीहरुलाई पुरस्कृत गरिएको हो । 
पुरस्कृत हुनेहरुमा तीन वटा विधामा तीन जना रहेका छन् । विधाहरुमा वेष्ट इन्गेजमेन्ट भिडियो, वेष्ट ब्राण्ड भिडियो र वेष्ट कन्सेप्ट एण्ड स्टोरी टेंिलंग रहेका छन् । वेष्ट इन्गेजमेन्ट भिडियोमा नमामी शाक्यले जित हासिल गरिन् । उनले एक लाख नगद पुरस्कार पाइन् । वेष्ट ब्राण्ड भिडियोमा प्रथा जोशी सर्वाेत्कृष्ट भइन् । उनले पनि एक लाख नगद पुरस्कार प्राप्त गरिन् । वेष्ट कन्सेप्ट एण्ड स्टोरी टेंिलंगमा सुभाना कायष्ठ विजयी भएर २५ हजार नगद पाइन् । 
प्रत्येक विधामा अन्तिम छनौटमा परेका तीनतीन जनाको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । उत्कृष्ट तीनतीनजनामध्ये पनि सवोत्कृष्ट हुन सफल एकएकजनाको नाम घोषणा गरिएको थियो । त्यसपछि उनीहरुलाई नगद दिई पुरस्कृत गरिएको थियो ।   
विजयी सवैजनालाई अजमेरा फेशन लिमिटेड भारतका फाउण्डर एण्ड प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय अजमेराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको प्रस्तुति तथा अजमेरा फेसन प्रालिको आयोजनामा उक्त कार्यक्रम भएको हो । 
आयोजकका अनुसार अवार्ड कार्यक्रमले पछिल्लो समय फेसन तथा डिजिटल क्षेत्रमा सक्रिय सर्जक, स्टोरीटेलर, इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सिर्जनशील कार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । 
कार्यक्रममा फेसन क्षेत्रका व्यवसायी, कलाकार, सामाजिक सञ्जाल प्रभावक, डिजिटल क्रिएटर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । आयोजकले यसलाई सिर्जनशीलता, नेटवर्किङ, प्रेरणा र सम्मानको साझा मञ्चका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल कन्टेन्ट सिर्जना र फेसन उद्योगको विस्तारसँगै यस्ता अवार्ड कार्यक्रमहरू पनि बढ्दै गएका छन्, जसले नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । कार्यक्रमलाई प्रिफ्याब प्यानल नेपाल, १०० पसल कुमारीपाटी, जेबी अटोमोटिभ तथा कलश स्टक मार्केटलगायत संस्थाहरूले सहयोग गरेका छन् ।
 

Comments