बाैध जागरण शिविरकाे समापन


जेठ ३०, २०८३, शनिबार | राति १०:०० बजे | 50


बाैध जागरण शिविरकाे समापन

बाैध्द युवा कमिटी ललितपुरले ललितपुर महानगरपालिका संस्कृति, पर्यटन तथा उद्याेग समितिसंह सहकार्य गरी ललितपुरकाे विभिन्न सञ्चालित बाैध जागरण शिविरकाे शनिबार समापन गरियाे। पाटन दरबार क्षेत्रकाे भण्डारखाल बगैचास्थित सत्यमाेहन जाेशी सभाहलमा अायाेजित साे समाराेहकाे ललितपुरमहानगरपालिका संस्कृति, उद्याेग समिति सदस्यका रूपेन्द्रराज शाक्यले उद्घाटन गर्नुभयाे । ललितपुर महानगरपालिका - ६ का वडाअध्यक्ष समेत रहेका शाक्यले तथागत गाैतम बुध्दकाे व्यावहारिक, वैज्ञानिक र मानवतावादी ज्ञान युवावर्ग र समुदायमा फैलाउन शिविर प्रभावकारी भएकाे बताउनुभयाे। साे शिविरकाे पहिलाे दिन जयमनाेहर महाविहार सुबहाल, दाेस्राे र तेस्राे दिन पाटन दरबार क्षेत्रमा भएकाे थियाे । शिविरकाे पहिलाे दिन जयमनाेहर महाविहार सुबहा ज्ञानमाला भजन खलः र श्री चिरञ्जीवी ज्ञानमाला भजन खलः ले ज्ञानमाला भजन प्रस्तुत गरेकाे थियाे। शिविरमा भिक्षु काैण्डन्य महास्थविर, बाैभिचर्या नेपालका अध्यक्ष अनिल शाक्य, बाैध्द व्यक्तित्वद्वय विश्वन्तर शाक्य र सुनील महर्जन स्राेत व्यक्ति रहनुभएकाे थियाे । साे शिविरबाट करिब ३ सय लाभान्वित भएकाे बाैध्द युवा कमिटीका अध्यक्ष सतिश शाक्यले जानकारी दिनुभयाे।

Comments